देउवा सरकार राष्ट्रिय ढुकुटी नरित्याउ, बरु शिक्षामा २० प्रतिशत बजेट देउ: तामाङ

114 Hits

काठमाडौं, २० माघ ।
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले शिक्षा क्षेत्रमा सरकारले २० प्रतिशत बजेट छुट्याउनुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रको भातृ संगठन क्रान्तिकारीले यस अघि शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन माग गर्दै आन्दोलन समेत गरेको थियो ।
अमृत साइन्स क्याम्पसमा शुक्रबार आयोजित नवआगन्तुक विद्यार्थीहरूकोे स्वागत कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले भने, ‘देउवा सरकार राष्ट्रिय ढुकुटी रित्याउन नलाग, बरु शिक्षामा २० प्रतिशत बजेट छुट्याउने हाम्रो माग पूरा गर ।’
उनले विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखहरू खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिनुपर्ने बताए । कुनै दल निकट भएकै आधारमा नियुक्त हुनेहरूबाट विश्वविद्यालयको प्रगति नहुने भएकाले खुला प्रतिस्पर्धाबाट योग्य र सक्षम व्यक्ति चयन हुनुपर्ने आफ्नो संगठनको धारणा रहेको उनले दाहोर्याए । तामाङले भने, ‘दलीय भागबण्डामा आएका पदाधिकारीले विश्वविद्यालय ध्वस्त बनाए।’

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवद्वय डीबी साउद, पवन कार्की लगायतले शुभकामना दिएका थिए।

Loading...

Related News

त्रिविका उपकूलपति, रेक्टर र रजिस्ट्रारलाई २ महिनाभित्र बर्खास्त गरिने !

काठमाडौं, ११ साउन । त्रिभुवन विश्वविद्यालयका उपकूलपतिसहितका पदाधिकारीलाई २ महिनाभित्र बर्खास्त गरिने भएको छ । चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न…

विधयेक माथेमा कार्यदलमै आधारित छ, पहिले डा. केसीको उपचार चाहन्छु : मन्त्री पोखरेल

काठमाडौं, ३ साउन । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले संसदमा पेश भएको विधयेक माथेमा कार्यदलकै मर्म र भावना समेटेर आएको दावी गरेका…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी