हरेक पुरुषले महिलाबाट चाहने मुख्य ६ चिज के के हुन ?

326 Hits

काठमाडौं, १९ माघ ।
पुरुष र महिलाको सम्वन्ध अत्यन्तै गाढा र मधुर हुन्छ । पुरुष र महिलको सम्वन्ध राम्रो र नराम्रो हुनुले घर र समाजकै प्रगति र उन्नतीमा विकास र वाधा उत्पन्न हुन्छ । पुरुषले महिलाबाट र महिलाले पुरुषबाट के चाहेका हुन्छन् भन्ने कुरा सजिलै बुझ्न गाह्रो हुन्छ । तर पनि हरेक पुरुषले महिलाबाट के अपेक्षा गर्दछन् यहाँ अध्ययन गरौं ।

अघिकांश पुरुष महिलाबाट आफू के चाहन्छन्, भन्न हिच्किचाउँछन् । तर, त्यसको अपेक्षा भने राखिरहन्छन् । अपेक्षा पूरा नहुँदा व्यवहार पनि बदलिने गरेका उदाहरण धेरै छन् । जानौँ, के चाहन्छन् पुरुषहरू महिलाबाट :

प्रोत्साहन : पुरुषहरू प्रोत्साहनका निकै प्यासी हुन्छन् । आफूले माया गर्ने व्यक्तिले आफूलाई प्रोत्साहित गरोस् भन्ने उनीहरूको इच्छा हुन्छ । त्यस्तै, आफूलाई विश्वास गर्ने पुरुषहरू निकै मन पराउँछन् । महिलाको साथले पुरुषको इच्छाशक्ति नै परिवर्तन गर्न पनि मद्दत पुर्‍याउँछ ।

सम्मान : पुरुषलाई सम्मान निकै प्यारो लाग्छ । तर, यो कुरा उनीहरू भन्दैनन् । त्यसैले उपयुक्त विषय र समयमा कुरामा सम्मान व्यक्त गर्न नचुक्नुहोस् ।

प्रशंसा : प्रशंसा पुरुषको पनि प्रिय हुन्छ । तर, झुटो प्रशंसा गर्नाले फाइदा गर्दैन । राम्रो कुराको तारिफले सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

स्वतन्त्रता : स्वतन्त्रता पुरुषलाई निकै प्रिय लाग्छ । यसको अर्थ उनीहरूलाई एक्लै छाडिदिने भन्ने होइन । तर, केही काम आफ्नै खुसीले गर्न चाहन्छन् भने त्यसमा हस्तक्षेप नगर्दा खुसी हुन्छन् । त्यस्तै उनीहरूलाई आफ्ना साथीहरूसँग समय बिताउन दिनुहोस् ।

साथ : पुरुषहरू महिलाको साथ निकै मन पराउँछन् । उनीहरूलाई प्रिय लाग्ने क्रियाकलापमा महिलाको सहभागिता खोज्छन् ।

मधुर आवाज : पुरुषहरू महिलाले सुरिलो आवाजमा बोलेको मन पराउँछन् । महिलाको मधुर आवाजले पुरुषलाई प्रभावित पार्न र शान्त बनाउन पनि धेरै मद्दत गर्छ ।कदर : आफूले गरेको कामको कदरको अपेक्षा पुरुषको स्वाभाव हो । आफ्नो काममा धन्यवाद मात्रै पाए पनि उनीहरू फुरुंग हुन्छन् ।

Loading...

Related News

अस्पतालमै यस्ताे छ हालत अन्यत्र के हाेला ?

काठमाडौँ, कात्तिक  । काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण…

जमरा जुसबारे नयाँ तथ्य : कसले खाने कसले नखाने ?

काठमाडौं, २६ कात्तिक । जमराको जुस स्वास्थ्यको लािग अत्यन्तै लाभदायक भनेर धेरै प्रचार र प्रसार भएका छन् र यसको व्यवसायीक…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी