बिहारमा गुडिरहेको रेलले ठक्कर दिँदा चार महिलाको मृत्यु

167 Hits

नयाँ दिल्ली ।

भारतको पश्चिमी राज्य बिहारमा गुडिरहेको एक रेलले ठक्कर दिँदा चार महिलाको मृत्यु भएको समाचार छ ।

सडकमा सँगसँगै हिँडिरहेका पाँचजनामध्ये एकजना घाइते भएको समाचारमा जनाइएको छ । पटनाबाट १३४ किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको कचारी रेल स्टेसननजिकै सो दुर्घटना भएको छ ।

रेलको पटरीबाट बाटो पार गर्न लागेका पाँच महिला सो दुर्घटनामा परेका र ती मध्ये चारको भने दुर्घटनास्थलमा मृत्यु भएको बताइएको छ ।

ती महिला गोपालगञ्ज क्षेत्रका स्थानीय वासिन्दा हुन् । यस घटनामा घाइते भएकी एक महिलालाई तत्कालै बिशेष उपचारको लागि पटना अस्पतालमा पठाइएको छ ।

भारत सरकारले सन् २०१५ मा पाँच वर्षको समयावधिमा नयाँ रेल मार्गको निर्माण गरी दु्रतगति र आधुनिक रेलसेवाको लागि १३७ अर्व अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

भारत विश्वको तुलनामा रेलसेवा सञ्जालमा तेस्रो देशमा पर्दछ । भारतमा दुई करोड ३० लाख व्यक्तिले दैनिकरुपमा रेलमा यात्रा गर्ने गर्दछन् ।

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी