प्रचण्ड र स्वराजबीच भेट, सदभावपूर्ण भ्रमण-प्रचण्ड (भिडियो)

83 Hits

काठमाडौं, १९ माघ ।
नेपालको भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री शुस्मा स्वराज र नेकपा माओवादी केन्द्रका अधयक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ
राजधानीको सोल्टी होटलमा विहान भएको भेटमा स्वराजले बाम गठबन्धनले बहुमत प्राप्त गरिसेको अवस्थामा बन्ने बाम सरकारसँग भारत सहकार्य गर्न तयार रहेको बताएकी थिइन् ।
हिजो देखि नै राजनीीतक भेटवार्तामा व्यस्त नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता दिइरहेकी छन् ।

बिहीबार काठमाडौं उत्रिएलगत्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् । सोल्टी होटलमा जारी भेटमा पछिल्लो राजनीतिक परिस्थिति र आपसी हितका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ ।

भेटपछि संचारकर्मीलाई जानकारी दिंदै प्रचण्डले भने – राम्रो ढंगले कुरा भयो, नेपालको राजनीतिक र समसामयीक विषयमा कुरा भयो । सदभावपूर्ण भ्रमण रहेको पाएँ । हामी राजनीतिक स्थिरता र विकास चाहन्छों भने उहाँले त्यसको लागि भारत पुरै साथ र सहयोग गर्न तयार छ भन्नुभयो । हामीलाई बधाई र शुभकामना दिनुभयो ।

स्वराजले आज शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछिन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न उनी आफू बस्दै आएको होटल सोल्टीबाट शितल निवास जाने र त्यहाँबाट साढे १२ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जाने बताइएको छ ।

स्रोतका अनुसार, मधेस केन्द्रित दलका नेताहरुसँग पनि स्वराजले भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

विदेशमन्त्री सुष्मा स्वराज सवा २ बजे एयरपोर्टतर्फ प्रस्थान गरी ३ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
स्वराजको भ्रमणबारे कांग्रेस नेताहरु र बाम गठबन्धनका कतिपय नेताहरुले आलोचना गरिरहँदा स्वराजले भने प्रमूख राजनीतिक दलका नेता र सरकार प्रमूखलाई समेत भेटेपछि राजनीतिक वृत्तमा ठूलो तरंग पैदा भएको छ ।
स्वराजको भ्रमण त्यति उचित समयमा नभएको भएतापनि उनलाई स्वागत गर्दै भ्रमणलाई फलदायी बनाउनुपर्ने माओवादी नेता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

 

उनले आफ्नो फेसबुक वालमा शुक्रबार एउटा पोष्ट गर्दै उक्त आशय व्यक्त गरेका हुन् । अंग्रेजिमा गरिएको उनको पोष्टमा नेताहरुलाई राष्ट्रियतामाथि कुनै सम्झौता नगर्न अपील गरीएको छ ।

Related News

Comments are closed