बेल्जीयमका पर्यटन मन्त्रीलाई नेपाली टोपी, होलिडे फेयरमा नेपालको प्रचार

218 Hits

बेल्जीयम, १८ माघ ।
नेपालको मौलिक पहिचानमा साधनहरु विश्वभर लोकप्रीय बन्दै गइरहेका छन् जसले नेपाललाई विश्वभर स्थापित पनि गराइरहेको छ । यसै सिलसिलामा आज बेल्जीयमका पर्यटन मन्त्रीलाई एक कार्यक्रममा नेपाली टोपी लगाएर स्वागत गरिएको छ ।
बेल्जीयममा आजदेखि शुरु भएको चार दिने होलिडे फेयरमा नेपाली दुतावासद्धारा स्थापित स्टल उद्घाटनमा आउनुभएका बेल्जीयमका पर्यटन मन्त्री मिस्टर बेन वेट्सलाई वेल्जीयमका लागि नेपाली राजदूत महामहिम लोक बहादुर थापाले नेपाली ढाका टोपी लगाइ स्वागत गर्नुभएको हो ।
उक्त उद्घाटन समारोहमा दुतावास बेल्जियम का उपनियोग प्रमुख सुधीर भट्टराई, एन आर एन केन्द्रीय सचिव जानकी गुरूड, महिला संमयोजक रजनी प्रधान, युरोप संमयोजक शिव बरूवाल, एन आर एन बेल्जियम का अधक्ष्य लोक दाहाल,को सहभागिता रहेको थियो । त्यसैगरी एनआरएन बेल्जीयमका महासचिव आड़ माया लामा, उपाधक्ष्य योगीता थापा, आई सी सी सदस्य द्वय पदम गुरूड, सरस्वती चापागाई, पर्यटन दुत तथा एन आर एन सदस्य बिनोद नेउपाने, निर्वतमान अधक्ष्य गंगाधर गौतम पनि सहभागि हुनुभएको थियो ।

गैर आवासिय नेपाल संघ वेल्जीयमको सहयोग रहेको उक्त स्टल उद्घाटन कार्यक्रममा पत्रकार दिल्ली अमगाई, ओम शर्मा, हनरी काउन्सिल रबिनद्रमान श्रेष्ठ लगायत बिभिन्न संघसंस्थाका अध्यक्षहरूको पनि बाक्लो सहभागिता रहेको थियो । होस्ट अफ अनर पाएका थाईल्यान्डका राजदूतले नेपालको स्टल निकै राम्रो र आकर्षक रहेको भन्दै धन्यबाद दिनुभएको थियो
स्टलमा भिजिटरहरूलाई नेपाली चिया र कफी निशुल्क खुवाईयको थियो भने नेपालको पोस्टरहरू पनी निशुल्क वितरण गरिएको थियो /

तस्विर सौजन्य- लोक दाहाल (एन आर एन बेल्जियम का अधक्ष्य)

Related News

नेपाल महोत्सवसहित यसरी मनाईँदैछ बेल्जीयममा नयाँ वर्ष २०७५

काठमाडौं, ३० चैत । यहि १४ अप्रिल २०१८ का दिन नेपाली नयाँवर्ष तथा नेपाल महोत्सव कार्यक्रम बेल्जियमको केन्द्र लुभेनमा सम्पन्न…

विदेशमा बसेर पनि नेपालीलाई लगातार सहयोग बेल्जीयमवासी नेपाली

गोरखा घर भई हाल बेल्जियममा सुशी ब्यावशाय गरिरहेका एक परोपकारी जोडी बिना र राम घलेबाट बाबु–आमा नभएका टुहुरा विद्यार्थीको पठनपाठनमा…

Comments are closed