नेशनल हेल्थ फाउण्डेशनको यस्तो बदमासी, भविष्य बर्बाद पारेपछि विद्यार्थीहरु आक्रोसित

262 Hits

बनेपा, १८ माघ ।
समाजमा ठगीका अनेक तरीका देखा परिहेका छन् । शिक्षा र स्वास्थ्यका क्षेत्रमा त झन ठगीका अनगिन्ती उपायहरु अवलम्बन गरेको पाइएको छ । यसरी नै ठगी गर्ने मध्ये काभ्रेको बनेपामा रहेको एक इन्स्टिच्युट पनि हो ।
बनेपास्थित नेशनल हेल्थ फाउण्डेशन सिएमए एन एम ट्रेनिङ सेन्टर बनेपाले यस्तै ठगी गरेको हो । यस सेन्टरले शैक्षिक सत्र ०७३/०७५ मा १८ महिने कोर्सका लागि प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद बाट स्वीकृति लिएर पठन पाठन शुरु गरेको थियो । यस सेन्टरले स्वीकृति लिँदा पाएको कोटा भन्दा दोब्बर विद्याथी भर्ना लिएर ठगी गरेको हो ।

परिक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले यस सेन्टरलाई दिएको अधिकतम कोटा ४० जनाको रहेको छ । तर सेन्टरले तोकेको कोटाभन्दा दोव्वर विद्यार्थीलार्य भर्ना गरेको छ । उसले प्रति व्यक्ति १ लाख ६० हजार भन्दा बढि रकम लिएर भर्ना गरी उनीहरुको नाम परिक्षा नियन्त्रण कार्यालयमा पठाएको थियो । सेन्टरले विद्यार्थीहरुलाई रजिष्ट्रेसन फारम समेत उपलव्ध गराएको थियो तर परिक्षा दिने बेलामा ४० जना सिएमए र ४० जना एनएम लाई मात्र परिक्षा दिलायो । बाँकीलाई दोश्रो लटमा भन्दै कुराएर राख्ने काम गर्यो । त्यसपछि पहिलो लटमा भनिएका विद्यार्थीसँग परिक्षा दिन नपाएका विद्यार्थीलाई पनि ओ जे टी को लागि खटाएको छ । तर उनीहरुले तर हालसम्म पनि परिक्षा दिन पाएका छैनन ।
विद्यार्थीहरुले पटक पटक यस विषयमा व्यवस्थापन पक्षसँग छलफल गरेपछि तत्कालै रजिष्ट्रेसन गराउने र जाँचको लागी आवश्यक प्रक्रिया पुर्याउँछु भन्ने आश्वासन दिएको थियो । तर कुनै प्रक्रिया नपुर्याएपछि पीडित विद्यार्थीहरु व्यवसायीक तालिम परिषद सानोठिमी भक्तपुरमा गई सोधपुछ गर्दा उक्त इन्स्टीच्युटले अनियमित ढंगले कोटा भन्दा बढि विद्यार्थीलाइ लिएर पढाएकोले कोटा भन्दा वढि विद्यार्थीले परिक्षा दिन नपाउने बताएपछि हाल पीडित विद्यार्थीहरु आक्रोसित र आन्दोलीत बनेका छन् ।
व्यवस्थापन समितिले विद्यार्थीको आक्रोस र आन्दोलन थामथुम पार्न २०७४ कात्तिक २७ का दिन पीडित विद्यार्थीहरुसँग ४ बुँदे सहमति गरेको थियो । तर उक्त सहमति हालसम्म पनि कार्यान्वयन भएको छैन । हाल पीडित विद्यार्थीहरु आफूले २ वर्ष समय खेर फालेको र १ लाख ६० हजार ऋण काढेर ल्याएको रकमको व्याज तिर्न समेत नसकेकोले उक्त समयको क्षतीपूर्ती र सावाँ व्याज सहित रकम फिर्ता गर्नुपर्ने, परिक्षा दिन पाउनुपर्ने तथा उक्त इन्स्टिच्युटलाई कडा भन्दा कडा कार्वही गर्नुपर्ने माग गरिरहेका छन् । उनीहरु उक्त माग पुरा गराउनको लागि विभिन्न निकायहरुमा धाईरहेका छन् । तर उक्त सेन्टरको व्यवस्थापन पक्ष भने उनीहरुको माग पुरा गर्न भन्दा कसरी हुन्छ फेरी पनि थामथुम गर्ने प्रयासमा देखिन्छ । यस सम्वन्धमा जानकारी लिन खोज्दा सेन्टरका संस्थापक शिला कान्त झा र प्रिन्सिपल सुरज ज्ञवालीसँग सम्पर्क हुन सकेन । उनीहरुसँग सम्पर्क भएपछि यस विषयमा उनीहरुको रायसहित पुनः प्रस्तुत गरिनेछ ।

पीडित विद्यार्थीहरु र व्यवस्थापन पक्षबीच २०७४ कात्तिक २७ गते भएको सहमतिहरु
१.सिएमए तथा एएनएम परिक्षार्थीको पौष मसान्तभित्र प्राविधिक तथा व्यवसायीक तालिम परिषदमा रजिष्ट्रेसन गराई अन्तिम परिक्षाको सुनिश्चितता गराउने
२. नियमित परिक्षाथीृहरुको परिक्षाफल प्रकाशीत हुँदा यीनीहरुको पनि परिक्षाफल प्रकाशित गराई लोक सेवा आयोगमा परिक्षा दिन पाउने सुनिश्चिचतता गर्ने ।
३. परिक्षामा दन आउन जान लाग्ने खर्च र बस्ने खाने व्यवस्था संस्थाले गर्ने ।
४. यदि माथिका सम्झौता कार्यान्वयन नभएको खण्डमा नेपाल सरकारको प्रचलित कानुन अनुसार कार्वाहीको प्रक्रिया अगाडि वढाउने ।

 

Loading...

Related News

रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष क्वाटरमा बस्न मान्दैनन

चितवन,१८ असार । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले विश्वविद्यालय हाताभित्रको आवास प्रयोग नगरी बजारमा भाडामा…

एसईईको नतिजा सार्वजनीक, ५० जनाको रद्ध, यसरी हेर्नुहोस नतिजा

काठमाडौं, १२ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले आज बिहीबार एसईईको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का