एकता भाँड्न प्रतिक्रियावादीहरु सल्बलाए : प्रचण्ड

156 Hits

काभ्रे, १८ माघ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीच हुने भनिएको पार्टी एकता भाँड्न प्रतिक्रियावादीहरु सल्बलाएको बताएका छन् । निर्वाचन अघि नै एकता गर्ने गरी अगाडि वढेका नेकपा माओवादी केन्द्र र एमालेबीच निर्वाचन सम्पन्न भएको दुई महिना वितिसक्दा पनि एकता हुन नसकिरहेको बेला प्रचण्डले उक्त खुलासा गरेका हुन् ।
बिहीबार काभ्रेको महाभारत गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्र्दै प्रचण्डले प्रतिक्रियावादीहरुको योजना विफल बनाउन आफुहरु लागेको भन्दै जनतालाई नयाँ सन्देश दिनेगरि पार्टी एकता हुने बताए ।

प्रचण्डले ७० वर्षदेखि अहिलेसम्म यस्तै प्रतिक्रियावादीहरुले देशलाई अगाडि बढ्न नदिएको भन्दै अब उनीहरुको योजना सफल हुन नसक्ने दावी गरे । ’वाम एकता रोक्न प्रतिक्रियावादीहरु सल्बलाएका छन्,’ उनले भने, ‘हामी केही दिनमै पार्टी एकता गरेर नयाँ संदेश दिन्छौं ।’

अहिलेको सरकारले तोकेको राजधानी अस्थायी भएको भन्दै काभ्रेवासीलाई प्रदेश ३ को राजधानी काभ्रेमै हुनसक्ने आश्वासन समेत प्रचण्डले दिए । प्रचडले आवश्यकता अनुसार प्रदेशसभा सरकारले काभ्रेमै राजधानी बनाउन सक्ने बताएका हुन् ।
जनयुद्धको आधार इलाका रहेको महाभारत गाउँपालिकामा हेलिकोप्टरमार्फत पुगेका प्रचण्डले आफूहरु जनयुद्धको मल्य र मान्यतामा दाया बाँ नगरेको स्पष्ट पारेका थिए । उनले पाटीृ उकतामा जनयुद्धको मान्यताको सम्मान हुने बताए ।

माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई महाभारत गाउपालिकाको अवस्थाबारे जानकारी गराउने र प्रचण्ड लगाएत जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सात जना सांसदलाई सम्मान गर्ने कार्यक्रममा विहिवार हेलिकप्टरबाट डाडापारि पुग्नु भएका अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिबारे बोल्दै भन्नुभयो– बाम गठबन्धनको सरकार बन्न र एकता रोक्न प्रतिक्रियाबादीहरु लागि परेका छन् । उहाले छिट्टै बाम गठबन्धनको जनवादी सरकार गठन हुने पनि सो कार्यक्रममा बताउनु भएको थियो ।

कार्यक्रममा महाभारत गाउपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विकट क्षेत्र डाडापारिको विकासको लागि माओबादी अध्यक्ष प्रचण्डलाई चौधवुदे मागपत्र पेश गर्नुभएको थियो । गाउपालीका अध्यक्ष जिम्बाको माग बमोजिम अध्यक्ष प्रचण्डले नया सरकार गठन लगत्तै काभ्रेको खानीखोला र महाभारत गाउपालिकालाई तत्काल विषेश क्षेत्र घोषणा गरिने पनि बताउनु भएको थियो । संविधानमा विकट गाउपालिकालाई विशेष क्षेत्र घोषणा गरिने प्राब्धान रहेको छ ।

‘सडक पु-याउने व्यवस्था तत्काल मिलाउछु’

केन्द्रिय राजधानीसंग जोडिएको जिल्लामा पनि सडक सञ्जाल नपुगेको बारे अध्यक्ष प्रचण्डले अचम्म मान्दै भन्नुभयो– यहा सडक पु¥याउने व्यवस्था तत्काल मिलाउछु । जिल्ला सदरमुकाम बाट यहा सम्म सडक विस्तार गर्न १० किलोमिटर ट्राक खोल्न बाकी छ । काभ्रेको विकट मानिएको डाडापारि क्षेत्रमा ललितपुर, सिन्धुली र मकानपुर बाट आउने ६ वटा सडकको लागि पनि बजेट व्यवस्था गरिदिन गाउपालिका अध्यक्ष जिम्बाले राखेको मागलाई पनि प्रचण्डले तत्काल संवोधन गर्ने बचन दिनुभएको थियो ।

डाडापारि क्षेत्रमा सामुदायीक अस्पताल खोल्ने कुरामा पनि माओबादी अध्यक्ष प्रचण्डले तत्काल सहयोग गर्ने भन्दै सामुदायीक अस्पताल खोल्न स्थानीयतह प्रक्रिया पुरा गरि तत्काल आउन पनि आग्रह गर्नुभएको थियो । प्रचण्डले डाडापारि क्षेत्रमा विधुतको केन्द्रिय प्रशारण लाईन पनि तत्काल जोड्न प्रक्रिया थालनी गर्ने आश्वासन पनि यहाका जनतालाई दिनुभएको थियो ।

इलाका प्रशासन कार्यालय डाडापारिको बनखुमा राख्ने बारेमा पनि माओबादी अध्यक्ष प्रचण्डले विहिवार नै प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको थियो । तीन वर्ष अघि साविक घर्तिछाप गाविसमा इलाका प्रशासन कार्यालय खोल्ने निर्णय भई र कर्मचारी र वजेटको पनि व्यवस्था भएको थियो । तर, कर्मचारीहरुले भने सदरमुकममै बसि तलब भक्ता खाएको र त्यहा गएका थिएनन् । अब बनखुमा तत्काल इलाका प्रशासन कार्यालय स्थापना गर्न माओबादी अध्यक्ष प्रचण्डले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको थियो ।

डाडापारि क्षेत्रमा स्थानिय खोलाबाट विधुत उत्पादन, कफि र जडिबुटी प्रशोधन केन्द्र स्थापनाका साथै क्याम्पस खोल्ने कुरामा पनि अध्यक्ष प्रचण्डले नया सरकार गठन लगत्तै सबै काम अघि बढाउने बताउनु भएको थियो । सम्मान कार्यक्रममा जिल्लाबाट निर्वाचित सांसदहरु गोमा भुर्तेल, गोकुल बास्कोटा, बमध्वज, रत्न ढकाल, चन्द्रलामा, लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईका साथै नुवकोटका सांसद हितवहादुर तामाङलाई पनि सम्मान गरिएको थियो ।

Loading...

Related News

कुरामात्रै होइन काम गर्ने समय हो यो : प्रचण्ड

चितवन, ८ असोज । पुर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समय कुरामात्रै गर्ने नभई काम गर्ने बेला…

नेकपाले तोक्यो प्रदेश पदाधिकारीहरु (नामावलीसहित)

काठमाडौं। सत्तारुढ दल नेकपाले आफ्ना प्रदेश कमिटिका मुख्य पदाधिकारीहरु टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको केन्द्रीय सचिवालयको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी