गाउँपालिकाको निर्णयविरुद्ध स्थानिय आन्दोलीत, सडकमा चक्काजाम

85 Hits

मूलखबर
वीरगन्ज, १८ माघ ।
आफैंले भोट दिएर जिताएका जनप्रतिनिधिले गरेको निर्णय विरुद्ध उत्रन कसलाई पो रहर हुन्छ र ? तर यसतै भयो यहाँ । पर्साको ठोरी गाउँपालिकाको निर्णय विरुद्ध आन्दोलित भएका स्थानियले सडक समेत जाम गरी अवरोध गरेका छन् । गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णयविरुद्ध आन्दोलन चर्किएको हो । पर्साको सुवर्णपुरवासी स्थानियहरु सेवा केन्द्र सार्ने निर्णयको विरोधमा आन्दोलित भएका हुन् ।

गत माघ १५ गते बसेको गाउँ भेलाले ठोरी गाउँपालिका–५ मा रहेको सेवा केन्द्र वडा नं ४ घ्याङडाँडामा सार्ने निर्णय गरेपछि सुवर्णपुरवासी संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका थिए।

आन्दोलनरत स्थानियवासीले वीरगञ्ज–ठोरी सडकखण्डमा चक्काजाम गरेका छन् । सरकारले नै तोकेको ठाउँलाई गाउँपालिका प्रमुखले एकलौटी ढंगले परिवर्तन गर्न खोजेको आरोप लगाउँदै उनीहरुले आन्दोलन गरेका हुन् ।

आन्दोलनका क्रममा उनीहरुले गाउँपालिका कार्यालयको मूल गेटमा बुधबार बिहानदेखि अनिश्चतकालीन तालाबन्दी गरेका छन् । सेवा केन्द्र यथास्थान राख्नुपर्ने, सबै वडामा समान ढङ्गले बजेट विनियोजन गर्नुपर्ने, अस्पताल सबैलाई पायक पर्ने ठाउँमा राख्नुपर्नेलगायत माग संघर्ष समितिले राखेको छ ।
यस सम्वन्धमा गाउँपालिकाले केही प्रतिक्रिया दिएको छैन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी