बेल्जीयमवासी नेपालीले गरे शितलहरपीडितलाई १६ सय युरो सहयोग

224 Hits

बेल्जीयम, १७ माघ ।
नेपालमा शितलहर बाट पीडित तराईवासी नेपालीहरुलाई गैरआवासिय नेपाली संघ बेल्जीयमले झण्डै २ लाख नगद आर्थिक सहयोग गरेको छ । एनआएनए बेल्जीयमको आव्हानमा बेल्जीयममा रहेका नेपाली संघ संस्था र व्यक्तिहरुबाट संकलन भएको सहयोग रकम नेपाल पठाइसकिएको एनआरएन बेल्जीयमका अध्यक्ष लोक प्रसाद दाहालले जनाउनुभएको छ ।

अध्यक्ष दाहालका अनुसार संकलन भएको १ हजार ६ सय १२ युरो रकम २९ जनवरी २०१८ मा एनआरएन केन्द्रको नेपालस्थित बैंक खातामा पठाईएको । खातामा पठाइएको उक्त रकम केन्द्रीय सचिवालयले रौतहट निवासी एवीसी टेलिभिजनका सम्वाददाता, रिपोर्टस क्लव २ नं प्रदेश कोषाध्यक्ष तथा मधेश प्रदेश अनलाइन अध्यक्ष अभिमन्यूु राउतको सँयोजनमा ३ दिनभित्र सम्बन्धित पीडितहरु समक्ष पुर्याउने दाहालले बताउनुभयो ।

उहाँले संकलन भएको रकम र सहयोग गर्नुहुने सबै दाताहरुको नामावली समेत सार्वजनीक गर्दै विज्ञप्तिमार्फत धन्यवाद दिनुभएको छ ।  संस्थाका अध्यक्ष लोक दाहाल,, प्रबक्ता दीपेन्द्र के।सी। र महासचिव आड।माया लामा द्धारा हस्ताक्षरीत विज्ञप्तिमा सहयोग गर्ने सबै संघ संस्था र महानुभावहरुमा धन्यवाद दिइएको छ ।
त्यसैगरी विज्ञप्तिमा जनवरी २९ देखि शीतलहर सम्बन्धी आर्थिक सँकलन अभियान बन्द गरिएको जानकारी पनि गराइएको छ ।

सहयोगीहरुको विवरणः
लोक दाहाल अध्यक्ष एनआरएन बेल्जियम २००, जनसम्पर्क समिति बेल्जियम १००, साँग्रिला समाज १००, हाम्रो क्लव ब्रुुज १००, लीला शर्मा मानन्धर १०० के।स। एनआरएन, इन्द्र ओली १००, आड।माया लामा महासचिव एनआरएन बेल्जियम १००, यूरो नेपाल कलाकार सँघ १००, तमुधीँ १००, हुुमनाथ पाण्डे ५१, प्रेम पाठक ५०

गँगा शर्मा ५१, मदन दवाडी ५१, इश्वरा शर्मा सहकोषाध्यक्ष एनआरएन बेल्जियम ३०, कमल पन्थी वरिष्ठ उपाध्यक्ष एनआरएन बेल्जियम ५१, किरात समाज १००, बिष्णु भुजेल ५०, चिनिया दुवाल ५१, दिपक न्यौपाने सदस्य ५१, कुल बहादुर कार्की सदस्य ३१, रिता श्रेष्ठ २० र राम प्रसाद सापकोटा संयोजक ब्रसेल्स क्षेत्र एनआरएन २५ ९सवै रकम यूरोमा० । सँकलित जम्मा रकम १६१२,०० एक हजार छ सय बाह्र यूरो ।

Loading...

Related News

एनआएनएले पररास्ट्रमन्त्री ज्ञवालीलाई जुलाई २७ मा बेल्जीयममा सम्मान गर्ने

बेल्जीयम, ९ साउन । गैर आवासिय नेपाली संघ बेल्जीयमले पररास्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई बेल्जीयममा स्वागत तथा सम्मान गर्ने भएको छ ।…

नेपाल महोत्सवसहित यसरी मनाईँदैछ बेल्जीयममा नयाँ वर्ष २०७५

काठमाडौं, ३० चैत । यहि १४ अप्रिल २०१८ का दिन नेपाली नयाँवर्ष तथा नेपाल महोत्सव कार्यक्रम बेल्जियमको केन्द्र लुभेनमा सम्पन्न…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी