निर्मलाको ‘सिरीरी हावा चल्यो’ ४ दिनमा १ लाखले हेरे (म्युजिक भिडियोसहित)

326 Hits

काठमाडौं, १७ माघ ।
जनकलाकारको रुपमा स्थापित निर्मला घिसिङको स्वरमा सजिएको सिरीरी हावा चल्यो बोलको म्युजिक भिडियोलाईे युट्यबमा ४ दिनमा करिब १ लाखले हेरेका छन् । अत्यन्त सालिन कलाकारको रुपमा परिचित निर्मलाले गाएका आधुनिक गितहरुमध्ये सबैभन्दा छिटो चर्चित बनेको यो म्युजिक भिडियोको छायांकन नेपालमा गरिएको हो ।

निर्मलाको एल्बम खबरमा समेटिएको यो गितलाई म्युजिक भिडियोको रुपमा बुढासुब्बा म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
भिडियोमा स्वस्तिमा पहिलो पटक डबल रोलमा देखिएकी छन् ।
यो समाचार तयार पार्दासम्म युट्युवमा ९७ हजार २७ पटक हेरिसकिएको छ । निर्मलाको स्वर रहेको यस म्युजिक भिडियोमा बबिराज घतानीको शब्द, संगीत रहेको छ भने निकेश खड्काले निर्देशन गरेका छन् । त्यसैगरी यस म्युजिक भिडियोमा कोरियोग्राफि राजिव समरको रहेको छ ।
बुद्ध थापाले खिचेका भिडियोको सम्पादन भने प्रकाश तुलाधरले गरेका छन् । मलेसियामा हुन लायेको अन्तराष्ट्रिय प्रतिस्पर्धामा छनौटमा परेकी किशोरी निर्मलाले सानै उमेरमा दर्जनौं गितहरुमा स्वर दिएकी छिन् । जनकलाकार खुशीराम पाख्रीन, माइला लामा, माओवादी नेता नेत्र विक्रम चन्द विप्लवद्धरा लिखित थुप्रै गितहरुमा स्वर दिएकी निर्मलाले विप्लवद्धारा रचित ‘कसले बनायो दाजै उडि जाने बस’ बोलको गीत पनि यसै एल्बममा समावेश गरेकी छिन् ।
सिरिरी बोलको गीत नेपाली समकालीन संगीतको ट्रेन्ड भन्दा नितान्त अलग धारको कन्सेप्टमा बनेको दावी निर्मलाको छ । उनले यस एल्बममार्फत थुप्रै आशा संगालेकी छिन् ।

 

Loading...

Related News

गायीका निर्मला घिसिङ्ग अन्तरराष्ट्रिय म्युजिक अवार्डको लागि छनौटमा, यसरी दिनुुहोस भोट

काठमाडौं, १९ पुस । जनतामा लोकप्रयि गायीकाको छवी बनाउन सफल निर्मला घिसिङ्ग मलेसियामा हुन गैरहेको पहिलो हिमालयन अन्तरराष्ट्रिय म्युजिक अवार्डको…

गायीका निर्मला घिसिङ्ग अन्तरराष्ट्रिय म्युजिक अवार्डको लागि छनौटमा, यसरी दिनुुहोस भोट

काठमाडौं, १९ पुस । जनतामा लोकप्रयि गायीकाको छवी बनाउन सफल निर्मला घिसिङ्ग मलेसियामा हुन गैरहेको पहिलो हिमालयन अन्तरराष्ट्रिय म्युजिक अवार्डको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी