खुशीराम सम्झँदै भावुक भए प्रचण्डसहितका नेता नाचघरमा

266 Hits

काठमाडौं, १७ माघ  /

नेपालका केही औलामा गन्न सकिने जनवादी कलाकार मध्ये एउटा महत्वपूर्ण हस्ति हुन् खुशीराम पाख्रिन । विशेषत माओवादी आन्दोलनमा सहभागि भएर युद्धमा गितका भाका मार्फत लाखौंलाई परिवर्तनको बाटोमा हिड्न सिकाउने खुशीराम पाख्रिनको करिब दुई महिना अघि २०७४ मंसिर ५ गते निर्वाचनको अभियान तथा माओवादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गित गाउँदा गाउँदै हृदयघात भइ निधन भएको थियो ।

२०३७ साल देखी २०७४ मंसिर ५ गते सम्ममा सयौं गितको रचना ,संगित र गायन गर्नुभएका तिनै जनवादी गायकको सम्मानमा आज जनसाँस्कृतिक महासंघ,नेपाल ३ नं. प्रदेशको आयोजनामा काठमाण्डौंमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष प्रचण्ड सहित माओवादी केन्द्रका सबैशिर्ष नेता सहभागि रहेको उक्त कार्यक्रममा  पाख्रिनको रचना ,संगित र स्वरबद्ध भएका निक्कै चर्चित गितहरुलाई कलाकारहरुले पस्तुत गरेका थिए । प्रचण्डले चुनवाङ सम्झीए र भक्कानिए तर उनी झल्याँस्स भए त्यहाँ खुशीराम थिए यहाँ थिएनन् ।

जनवादी गायकहरु जेबि टुहुरे , टेक बहादुर वलम्पाखी , झंकार बुढा मगर , सीता आचार्य , लक्ष्मि गुरुङ , महेश श्रेष्ठ लगायतका कलाकारहरुले पाख्रिनको स्वरबद्ध गीतलाई गाएका थिए भने केही गीतमा कलाकारहरुले राम्रो नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा १४ वटा प्रस्तुती रहेको थियो ।

जनयुद्धका क्रममा निक्कै सशक्त मोर्चाका रुपमा साँस्कृतिक मोर्चा रहेपनि शान्तिकाल संगै कलाकारको टोली छिन्नभिन्न हुन पुगेको थियो । पार्टी फुट देखी थुप्रै समस्याका कारण विकेन्द्रीत भएका कलाकारमध्ये उक्त स्मृति कार्यक्रममा भने धेरै जसो कलाकार जुटेका थिए । आफ्नो प्रस्तुति दिदैंगर्दा कलाकारहरु निक्कै भावुक भएका थिए भने लामो समयको अन्तरालपछि पंचायतकालदेखी जनयुद्धसम्मको स्मरण हुनेगरि कलाकारले दिएको प्रस्तुति हेरेर माओवादी अध्यक्ष प्रचण्ड सहित सबै शिर्ष नेताहरु भावुक भएका थिए ।

Loading...

Related News

काँग्रेससँग सहकार्य र सहमति अावश्यक छ – प्रचण्ड

चितवन, ११ असार – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग सहकार्य र सहमतिकाे…

नेपाली धनी बन्न देश धनी हुनुपर्छ : प्रचण्ड

चितवन, २८ चैत । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली धनी…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का