प्रधानन्यायाधीश पराजुलीले नै ज्यान मार्ने धम्की दिएपछि….

123 Hits

काठमाडौं, १७ माघ ।
प्रधानन्यायधिश भन्ने व्यक्ति होइन संस्था हो । नेपालको सबैभन्दा ठूलो न्यायीक निकाय सर्वोच्च अदालतका प्रमूख व्यक्ति प्रधानन्यायधिशले नै कोही व्यक्तिमाथि ज्यान मार्ने धम्की दिए भन्दा पत्याउन मुस्किल पर्ला तर यहाँ भयो यस्तै ।

नेपालमा केही समय यता प्रधान न्यायाधिश नै विवादमा आउन लेका छन् र उनीहरुमाथि नै महाअभियाग देखि किर्ते नागरिकता बनाएको सम्म अभियोग आउन थालेका छन् । प्रधानन्यााधिश गोपाल पराजुलीमाथि पनि यस्तै अभियोग दर्ता भएका छन् । सर्वोच्च अदालतमै बहस भएको प्रधानन्यायाधिशविरुद्धको भ्रष्टाचार अभियोग अहिले छानविनको क्रममा छ ।

प्रधानन्यायाधिश पराजुली विरद्ध अभियोग लगाउँदै कार्वाहीको माग गरि वरिष्ठ चिकित्सक गोविन्द केसीको पक्षमा बहस गर्ने एक वरिष्ठ न्यायधिशले आफूलाइ प्रधानन्यायाधिशले ज्यान मार्ने धम्की दिएको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुरक्षा माग गरेका छन् ।

डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका भण्डारीले शान्ति सुरक्षा पाउँ भन्दै बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन समेत दिएका छन् । भण्डारीसँगै डा. केसी, अधिवक्ता ओमप्रकाश अर्याल पनि जिप्रका पुगेका थिए ।

प्रधानन्यायाधीश पराजुलीले २६ पुस अन्दाजी ५.३० बजे तथा बिहीबार बिहान अन्दाजी ९.३० बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको भण्डारीको निवेदनमा उल्लेख छ । माघ १६ गते २ बजेतिर केही मानिस आफ्नो घरमा आएर पुनः धम्की दिएको भन्दै भण्डारीले प्रधानन्यायाधीशबाटै आफ्नो ज्यानमा खतरा भएको बताएका छन् ।

वरिष्ठ अधिवक्ता भण्डारीले भनेका छन्, ‘मेरो ज्यानमा प्र.न्या.बाट खतरा भएको हुनाले मेरो ज्यूज्यानको सुरक्षा गरी पाउँ र मेरो ज्यू ज्यानमा तलमाथि भएमा निज प्र.न्या. गोपाल पराजुलीमाथि कानुनी कारबाही गरिपाऊँ ।’

Loading...

Related News

विदेश बस्नेलाई पनि मताधिकार देऊ – सर्वोच्च

काठमाडाैं, १८ भदौ । सर्वोच्च अदालतले विदेश बस्ने नेपालीलार्य निर्वाचनमा मतदानका लागि कानुनी प्रबन्ध गर्न आदेश दिएको छ । न्यायाधीश…

ज्यान गुमाएका बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति देउ – सर्वाेच्च

काठमाडाै, १८ असार । सर्वोच्च अदालतले खोप लगाउने क्रममा सरकारी निकायबाट लापरबाही गर्दा ज्यान गुमाएका चार बालबालिकाका परिवारलाई जनही १०…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी