भैरहेको रोजगारी हटाएर वेरोजगार भत्ता दिने सरकार ?

1150 Hits

काठमाडौं, १७ माघ ।
सरकारले जागीरबाट बलजफ्ती हटाइएका सामाजिक परिचालकहरुले सरकारले आफ्ना मागप्रति वेवास्ता गरेको भन्दै निरन्तर संघर्ष जारी राखेका छन् ।
विगत ८ वर्षदेखि निरन्तर सामाजिक परिचालकको रपमा जागीरु खाएर काम गरिहेका उनीहरुलाई सरकारले कुनै वैकल्पीक व्यवसथा नगरी एक्कासि जागीरबाट अवकास दिएको भन्दै विगत २० दिनदेखि उनीहरु आन्दोनमा छन् ।
काम चलाउ अवस्थामा रहेको वर्तमान कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले जेष्ठ नागरिकको भत्ता प्राप्त गर्ने उमेर घटाएको, संवेदनशील विरामीहरुलार्य भत्ताको व्यवस्था गरेको, वेरोजगार युवालार्य भत्ता दिन तयारी गरेको सुन्दा आन्दोलनरत सामाजिक परिचालकहरु आश्चर्यमा परेका छन् । भइरहेको न्युन पारिश्रमीकमा काम गर्ने ५ हजार युवाहरुलाई वेरोजगार बनाएर फेरी वेरोजगार भत्ता दिने कुरा गर्नु उनीहरुलाई हास्यास्पद लागेको छ ।

स्थानीय तह कर्मचारी युनियन नेपालका अध्यक्ष ओमराज पौडेलले सरकारले सबै निर्णय गर्न सक्ने तर सामाजिक परिचालकहरुको मागप्रति कत्ति पनि सुनुवाई गर्न नसक्ने व्यवहारप्रति कटाक्ष गर्दै फेसबुक वालमा लेखेका छन् –
‘ज्येष्ठ नागरिकको भत्ता प्राप्त गर्ने उमेर घटाइएको छ, भत्ता बढाइएको छ, अशक्त दीर्घरोगी मिर्गौलापीडितलाई मासिक भत्ता दिने निर्णय गरिएको छ, युवा बेरोजगार भत्ता दिने निर्णय गरिएको छ, यी सबै कुराहरूले अहिलेको सन्दर्भमा वैज्ञानिकता नै प्राप्त गरेका होलान् ।
यत्तिका निर्णय यति हतार–हतारमा गर्ने सरकारले दशौँ वर्षदेखि सरकारकै काममा तल्लीन रहेका, आफ्नो श्रमको धेरै कम मूल्य ९मासिक रु। १२ हजार मात्र० लिएर समाजको तल्लो तह र विशेषगरी दीनदुःखीको सेवामा रातदिन खट्ने समूहको आँसु पुछ्न किन नसकिरहेको हो, केही बुझ्न सकिएको छैन ।’

सामाजिक परिचालकहरुले एक सुत्रिय योग्यता अनुसारको स्थानिय तहलगायतमा समायोजनको माग राखेर आन्दोलन गर्दा कैयौ। पटक प्रहरीसँग झडप समेत भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना, माइतिघर देखि बानेश्वरसम्म दिनहुँ जुलुस र धर्ना, सडकमा सुतेर प्रदर्शन समेत गरिसकेका छन् तर पनि सरकारले उनीहरुको माग सम्बोधन गर्न कुनै पहल गरेको छैन ।

Loading...

Related News

सामाजिक परिचालक आमरण अनशनमा

काठमाडौं, २४ चैत- संघीय संरचनाअनुसार व्यवस्थापन गर्नुपर्ने लगायतका मागसहित गत शनिबारदेखि आमरण अनशनमा बसेका महिला विकास कार्यालयअन्तर्गतका सामाजिक परिचालकले आफूहरूको…

माओवादी एमाले एकताको अन्तिम गृहकार्यमा, प्रधानमन्त्री निवास बालुवाटरमा भित्र बैठक, बाहिर पत्रकार

काठमाडौँ, ७ फागुन । लामो आशंका र अधैर्यतालाई चिर्दै अन्नतः नेपालका दुई ठूला वामपंथी पार्टीहरु एकताको अन्तिम तयारीमा जुटेका छन् ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी