लमजुङ ‘ख’ को काठमाडौ सम्पर्क समितिमा मगरातीको नेतृत्व

299 Hits

काठमाडौं, १६ माघ ।
लमजुङबाट काठमाडौ आएर विभिन्न पशा व्यवसायमा संलग्न प्रदेश ४ अन्तरगत लमजुङ ‘ख’ का माओवादी समर्थकहरुको भेलाले अर्जुन मगरातीको अध्यक्षतामा २५ सदस्यीय कमिटि निर्माण गरेको छ । काठमाडौको म्हैपीमा माघ १३ गते सम्पन्न भेलाले समितिको इन्चार्जमा महिला नेतृ सावित्रि कोइरालालाई चयन गरिएको छ । पुर्व सभासद लालबहादुर तमुको प्रमूख आतिथ्यमा सम्पन्न भेलाले उपाध्यक्षमा गणेश गोतामे र सचिवमा उदय देवी सेढाईलाई चयन गरेको छ । त्यसैगरी कोषाध्यक्षमा सुमिरा भण्डारी धिताल चयन भएकी छिन् ।

भेलाले कमिटिका सदस्यहरूमा सुदर्शन जोशी, मनोज न्यौपाने, राजेश खनिया, आनन्द घिमिरे, चन्द्रबहादुर भुजेल र अर्जुन पन्त चयन भएका छन् । त्यसैगरी राजेन्द्र मग्राती, अनिश ढकाल, प्रमोद मजाकोटी, भिम बसेल, वीना गोतामे, केश ब गुरूङ, अर्जुन खनिया पनि सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी अन्य सदस्यहरुमा राजेन्द्र उपरकोटी, बिशाल सेढाई क्षेत्री, प्रज्वल सुनार, प्रज्वल खाती, रन्जना घिमिरे, कृण्ण दनाई पनि सदस्यमा चयन भएका हुन् ।

सावित्रा कोइरालाको सभापतित्व र सुदर्शन जोशीको सञ्चालनमा सम्पन्न भेलामा लमजुङ काठमाडौं संघिय जनसम्पर्क मञ्चका अध्यक्ष गुणराज घिमिरे, सल्लाहाकारहरु डिवी मजाकोटी, सन्तोष पौडेल, इश्वर न्यौपाने, सचिव तिर्थ न्यौपानेलगायतका अतिथिहरु रहेका थिए । नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै पुर्व सभासद तमुले भेलाले लमजुङको माओवादी राजनीतिलाई क्रियाशील र व्यविस्थत बनाउन सहयोग पुर्याएको बताएका थिए ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नगरपालिका संयोजक पनि चयन गरेको अध्यक्ष मगरातीले बताए । उनका अनुसार बेशिशहर नगरपालिका संयोजकमा गणेश गोतामे, सुन्दरबजार नगरपालिका संयोजकमा राजेश खनिया र मध्यनेपाल नगरपालिका संयोजकमा चन्द्रबहादुर भुजेल लाई जिम्मेवारी दिइएको छ ।

Loading...

Related News

सांसद देब गुरुङको विकास कोषको रकम पुर्वाधार विकासमा मात्रै

लमजुङ्ग, २७ कात्तिक । नेकपाका मुख्य सचेतक तथा लमजुङ प्रतिनिधि सभा सदस्य देब प्रसाद गुरुङले आफ्नो विकास कोषमार्फत प्राप्त हुने…

अमेरिकी सेनाको अगुवाइमा काठमाडौँमा सम्मेलन, चीनलाई बिच्काउने !

काठमाडौँ- काठमाडौँमा तीन दिनसम्म चलेको विभिन्न २४ देशका सेनाका उच्च अधिकृतहरुको सम्मेलनबारेमा संसदमा प्रश्न उठेको छ। अमेरिकी सेनाको अगुवाइमा भएको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी