सिमा अतिक्रमणको स्थलगत भ्रमणपछि के भन्दैछन् विद्यार्थी नेता बस्नेत ? (भिडियो)

196 Hits

काठमाडौं, १७ माघ ।

नेपाल र भारत असाध्यै नजीकका र पुराना छिमेकी हुन् । नेपालको सामाजिक, साँस्कृतिक र आर्थिक सम्वन्ध भारतसँग यति धेरै जोडिएको छ की कुरै नगरौं । त्यतिमात्रै होइन नेपालको पुर्व पश्चिम र दक्षीण तीनै तिरबाट भारततर्फ खुल्ला सिमाना छ यानेकी स्वतन्त्र रुपमा जोडिएको छ । नेपाल र भारतका तीनै दिशामा सिमामा कुनै एक ठाउँमा पनि कृतिम पर्खाल वा काँडेतार लगाइएको छैन ।

नेपाल र भारतको सिमामा केही दुरीमा पिलरहरु खडा गरिएका छैनन् । जसलाई जंगे पिलर भनिन्छ । जुन पिलरहरु पटक पटक रातारात गायब हुने गरेका घटनाहरु प्नि सार्वजनीक भइरहेका छन् । नेपाल र भारतका बीचमा ५ ठाउँमा भन्सार कार्यलयसहितका मुख्य नाका रहेका छन् । सिमामा दशगजा भन्ने निर्धारण गरिएको छ । जसलाई नो म्यान्स ल्याण्ड पनि भनिन्छ । जसमा कोही पनि मानव वस्ती राख्न वा रहन पाइन्न । दुबै देशले उक्त दशगजा क्षेत्र भित्र कुनै भौतिक संरचना निर्र्माण गर्न पाउँदैन ।

यी सबै प्रावधान हुँदा हुँदै पनि भारतले पटक पटक दशगजा क्षेत्र भित्र नहर, बाँधलगायत विभिन्न संरचना निर्माण गरेको मात्रै होइन नेपालको भुभाग नै कव्जा गरेको समाचारहरु आइरहेका छन् । सुस्ता र महेशपुर, कालापानी, टिंकर, दार्चुला, झापा, र रौतहट लगायतका स्थानहरुमा भारतले सिमा अतिक्रमण गरेको समाचारहरु आइरहेका छन् ।

पछिल्लो अवस्थामा पर्साको छपकैया र नवलपरासीको सुस्तामा भएको थप अतिक्रमण र नेपालीमाथिको आक्रमण तथा प्रतिरोधको घटनाले नेपाल र नेपालीलाई तरंगीत मात्रे पारेन त्यहाँ स्थलगत भ्रमण गर्ने र सिमामा नेपालको झण्डा गाड्ने काम समेत युवाहरुले गरे ।

नेपाल सरकारले रौतहटको छपकैयामा सिमा नमिचिएको दावी गरीरहेको बेला अखिल माओवादी निकट क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत भन्छन् ‘सरकारले झुटो बोलीरहेको छ छपकैयामा भारतले पुरै सिमा मिचेको छ । सिमा अतिक्रमण भएको छ, नापी अधिकृत र महानिर्देशकलाई कार्वाही गर्नुपर्छ, नेपालले खुला सिमामा तारबार र पर्खाल लगाउनुपर्छ ।’

लौ सुनौं सिमा अतिक्रमणको स्थलगत भ्रमणमा गएका अन्य नेताहरु सिमाविद् बुद्धिनारायण मानन्धर र फणीन्द्र फुयालको साथमा आक्रमक रुपमा तथ्य सहित प्रस्तुत भएका विद्यार्थी आन्दोलनमा जुझारु नेताको रुपमा स्थापित निडर र प्रखर बक्ता बस्नेतले विभिन्न टेलिभिजनहरुमा प्रस्तुत गरेको आक्रामक विचारहरु ।

सिमा अतिक्रमण वारे यो टेलिभिजन बहस हेर्नुस् !!

Posted by Surendra Basnet on Tuesday, January 30, 2018

महानिर्देशक ज्यु तत्कालीन सुस्ता गाविसका ९ वडा मध्ये ७ वटा वडा कहाँ गए ? ( हेर्नुस् मात्र ३ मिनेट !)

Posted by Surendra Basnet on Thursday, January 25, 2018

Loading...

Related News

मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन

नुवाकोट, २९ कात्तिक सडक निर्माण्का क्रममा प्रभावित उपभोक्ताहरुले मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् । राष्ट्रिय गौरवको आयोजनाको…

सिन्धुपाल्चोकका सबै प्रहरी चौकी पालबाट सुविधासम्पन्न भवनमा

सिन्धुपाल्चोक, २१ कात्तिक । भुकम्पले क्षतीग्रस्त भएका सिन्धुपाल्चोकका प्रहरी चौकीहरु अब सुविधासम्पन्न भवनमा स्थानान्तरण भएका छन् । विनाशकारी भूकम्पमा कार्यालयहरु…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी