माओवादी निकट शिक्षकको सम्मेलन सम्पन्न, अध्यक्षमा पुन सिताराम

232 Hits

लमजुङ्ग, १६ माघ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन लमजुङको चौथो जिल्ला संम्मेलन भब्यताकासाथ सम्पन्न भएको छ । माघ १३ गते सदरमुकाम बेशीशहरमा सम्पन्न भएको सम्मेलनले सिताराम अधिकारीको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति निर्बाचित गरेको छ। अधिकारी यस अघि पनि अध्यक्ष नै रहेका थिए ।
माओवादी नेता तथा लमजुङबाट प्रतिनिधि सभामा निर्वाचित सांसद देव प्रसाद गुरुङको प्रमूख आतिथ्यमा सम्पन्न सम्मेलनबाट बरिस्ठ उपाध्यक्षमा पुस्पराज घिमिरेलार्य निर्वाचित गरेको छ । त्यसैगरी कार्यसमितिमा उपाध्यक्षद्वय लोकहरि मरहट्टा, मदनहरि पौडेल रहेका छन् भने महिला उपाध्यक्षमा बिस्नु मरहट्टा र सचिवमा काजीबाबु पौडेल, तथा अर्थ सहसचिव श्रीधर पन्थी र सहसचिव सन्तोष कोइराला पदाधिकारीमा छानिएका छन् ।

त्यसैगरी सम्मेलनबाट सदस्यमा चित्र ब अधिकारी, श्रीकान्त अधिकारी ,रामचन्द्र सोती, रामबरण मण्डल, पदम पोख्रेल, टङ्क न्यौपाने, लालमाया घले, सुकदेव, श्रीकृष्ण अधिकारी, चिन ब.बि क चयन भएका छन् । त्यसैगरी शम्भुलाल श्रेष्ठ, प्रेम थापा, सीता देवी घिमिरे सोमनाथ ढकाल, गम ब दनाई, शान्ता पौडेल पनि जिल्ला कार्यासमिति सदस्यमा निर्वाचित भएका छन् ।
सम्मेलनको उद्घाटन गर्दै सांसद देव प्रसाद गुरुङले जनवादी र जनपक्षीय शिक्षा नीतिले मात्रै देशको अहिलेको शैक्षिक वेरोजगार अन्त्य हुन सक्ने भउकाले शिक्षकहरुले पेशाप्रति इमान्दार, राष्ट्रप्रति बफादार र माटो सुहाउँदो शिक्षा तर्फ ध्यान केन्द्रीत गर्नुपर्ने बताएका थिए । उनले अब बन्ने वाम गठबन्धनको सरकारले शिक्षामा भउको निजीकरणको क्रमश नियनत्रण गर्दे सार्वजनीक र सामुदायीक शैक्षिक संस्थाको विकासमा जोड दिने बताएका थिए ।

Loading...

Related News

भरतपुर महानगरलाइ शिक्षाकाे क्षेत्रमा पनि पहिलाे बनाउँछाैं- रेणु दाहाल

चितवन, चैत । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरलाइ शिक्षाकाे क्षेत्रमा पनि पहिलाे बनाउने बताएकी छिन् । आजको आवश्यकता…

पाएनन् विद्यार्थीले खाजा, विद्यार्थी खाजाको डेढ अर्ब बढी रकम फ्रिज हुँदै

काठमाडौं २६ फागुन शैक्षिक सत्र सकिन एक महिना मात्र बाँकी रहदा समेत प्रदेश सरकार तथा कर्मचारीको हेलचेक्र्याइँका कारण विद्यार्थीले दिवा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी