वास्तविक शहीदलाई पहुँचका आधारमा बनेका शहीदले बर्खास्त गर्लान् भन्ने डर !

124 Hits

zlxb lbj;sf] pknIodf cfof]hLt ¥ofnLdf ;xefuL g]kfn k|x/Lsf Jof08sf hjfgx? . tl:j/ k|bLk/fh jGt /f;;

आज शहीद दिवस ! जहाँनिया राणा शासन विरुद्ध आन्दोलित हुँदा हाँसी हाँसी फाँसी स्विकार गरि देशको लागि बलिदानी हुने महान् चार शहीद सहित सम्पूर्ण शहीदहरुको स्मृतिमा हरेक वर्ष सरकारले माघ १६ गतेलाई शहीद दिवसका रुपमा मनाउने गर्दछ । कुनै पनि मान्छेको लागि आफ्नो ज्यानभन्दा ठुलो अरुकेही हुदैन तर जब त्याग र बलिदानको भावनाले मान्छे अभिप्रेरित हुन्छ तब आफ्नो अमुल्य जीवन नै आहुति दिन तयार हुन्छ ।

देश प्रेमले ओतप्रोत भएका महान् मान्छेहरुले निस्वार्थ रुपमा देशको लागि आफुलाई बलिदान गरिदिन्छन् । यिनै महान् मान्छेहरुका कारण नै हरेक देशले स्वतन्त्रताको स्वास फेर्न संभब हुन्छ । देश परिवर्तनका लागि जसको बलिदान हुन्छ भौतिक रुपमा उसैलाई नै शहीद भनिन्छ । हरेक वर्ष झै यस वर्ष पनि औपचारिकरुपमा माल्र्यापण गरेर प्रधानमन्त्री शेर बहादुर देउवाले सरकार प्रमुखका हैसियतले शहीद दिवसमा सहभागि भए । तर उनैले केही दिन अघि मात्रै द्धन्दको समयमा विद्रोही पक्षबाट विभिन्न आरोपमा मारिएका आफ्ना पार्टीका व्यक्तिलाई शहीद घोषणा गरिदिए । विभिन्न आन्दोलनमा हाँसी हाँसी शहीद हुनेहरुको लामबन्दमा आजभोली घरायसी झगडा मा होस् वा विभिन्न आरोपमा मारिएका हुन् उनीहरु समेत पहुँचका आधारमा शहीदको सुचिमा चढ्न थाले ।

नेपाली राजनीतिमा यतिसम्म विकृति फैलियो कि राजनीतिक दलका नेताहरुले कहिले प्रहरीद्धारा इन्काउन्टरमा मारिएका गुण्डाहरुलाई नै शहीद घोषणाको माग गर्न चुकेनन् भने कहिले विभिन्न समुह विचको भिडन्तमा मारिएकालाई शहीद घोषणा गर्न माग गरे । नेपाली राजनीतिमा भित्रिएको यो विकृतिले शहीद शब्द कै अपमान गरिरहेको छ ।शहीदका सपना पुरा गरेरै छाड्ने कसम खादै शहीद शब्दलाई नै बदनाम बनाउन दलका नेताहरुपछि परिरहेका छैनन् । यदि शहिदहरुप्रति थोरै पनि सम्मान गर्ने हो भने शक्तिको दुरुपयोग गर्दै व्यक्तिगत रिसिइवि , आग्रह पुर्वाग्रहमा विभिन्न घटनामा मारिएकालाई पनि शहीद घोषणा गर्न बन्द गर्ने कि ।

सायद मरेपछि पुगिने स्वर्ग साच्चै हुने र शहीदले आफ्नो देशको हविगत देख्ने हो भने कत्ति भावविह्ल हुन्थे होला । आफुहरु जस्ता शहीदको सपना पुरा गर्छौ भन्नेले सपना पुरा गर्नु त कता हो कता उल्टो वास्तविक शहीदलाई पहुँचका आधारमा बनेका शहीदले बर्खास्त गर्लान् भन्ने डर !

Loading...

Related News

मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन

नुवाकोट, २९ कात्तिक सडक निर्माण्का क्रममा प्रभावित उपभोक्ताहरुले मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् । राष्ट्रिय गौरवको आयोजनाको…

सिन्धुपाल्चोकका सबै प्रहरी चौकी पालबाट सुविधासम्पन्न भवनमा

सिन्धुपाल्चोक, २१ कात्तिक । भुकम्पले क्षतीग्रस्त भएका सिन्धुपाल्चोकका प्रहरी चौकीहरु अब सुविधासम्पन्न भवनमा स्थानान्तरण भएका छन् । विनाशकारी भूकम्पमा कार्यालयहरु…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी