कांग्रेस नेताहरु वानेश्वर चोकमा जुत्ता पालिस गर्न थालेपछि……

145 Hits

काठमाडौं, १६ माघ ।

नेपाली कांग्रेस सत्ताको नेतृत्व गरिरहेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेर बहादुर देउवाले सत्ता छोड्ने अन्तिम समयमा लोकप्रीय निर्णयहरु गरिरहेका छन् । पाटीृको नीति सिद्धान्त र नेताहरुको आचरणबारे सर्वसाधारण र पार्टी कार्यकर्ताहरुबाटै आलोचना आइरहकै छ । प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा पार्टीले नराम्रो हार वेहोरेपछि कांग्रेसले आफूलाई समिषा गर्दै रुपान्तरण गर्ने दिशामा जाने बताइरहेको बेला पार्टीको विचारका पवर्तक विपीलाई सम्झना गर्ने कांग्रेस कार्यकर्ताहरुले आज बानेश्वरमा अनौठो हर्कत देखाए ।

पार्टीकै युवा नेताहरु चन्द्र भण्डारी र धनराज गुरुङ्गको नेतृत्वमा भएको उक्त हर्कत सर्वसाधारणले खुब चासोका साथ हेरे र ग्रहण गरे । कार्यक्रम थियो कांग्रेस नेताहरुले सर्वसाधारणको जुत्ता पालिस गर्ने । हातमा जुत्ता पालिस र ब्रस लिएर सडकमा बसेका सुट प्यान्टवाला पुर्व सांसदहरुलाई देखेर सर्वसाधारण अक्क न बक्क परे । कुनै सडक नाटक जस्तो उक्त दृष्यमा कांग्रेसी कार्यकर्ताहरुका साथमा उपस्थित भण्डारी र गुरुङ्गले आर्थिक संकलनको लागि जुत्ता पालिस गर्ने नै कार्यक्रम गरिएको थियो ।
कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्धारा आयोजित भ्रष्टाचारविरोधी अभियानको क्रममा कांग्रेसी नेताहरुले थालेको यो अभियान साँच्चै नै अवलोकन गर्न लायक मात्रै थिएन वर्तमान सम्भ्रान्त नेताहरुको लागि सबक पनि थियो ।

पञ्चायतकालमा बाल कांग्रेस भन्ने संगठन थियो। नेता कृष्णप्रसाद भट्टराईले बाल कांग्रेसलाई स्कुल जानुपर्छ र किताब पढ्नु पर्छ भनेर सम्झाउथे। भट्टराईले यसरी सम्झाउँदा एक बाल कांग्रेसले भनेछन्, ‘हामी त गरिब छम्, स्कुल जाउँ भने किताब कापी किन्न पैसा छैन, अनि कसरी पढ्नु?’ भट्टराईले ती बाल कांग्रेसलाई भनेछन्, ‘त्यसो भए तिमी दिनको एक घन्टा शहरको चोकमा बसेर जुत्ता पालिस गर!’ ती बाल कांग्रेसले भट्टराईको सल्लाह माने या मानेनन्। पञ्चायत ढलेको २८ वर्षपछि नेता भट्टराईको यही सन्देश सम्झेर मंगलबार बिहान १० देखि ११ बजेसम्म राजधानीको बानेश्वरमा कांग्रेसका केही केन्द्रीय नेताहरूले सर्वसाधारणका जुत्ता पालिस गरे।

‘हामी सधैँ जुत्तामा पालिस गर्ने जस्ता थिएनौं, सुरुमा हामीलाई देखेरमा मान्छे अलमलिए। पछि ब्यानर पढेपछि मात्र खुट्टा दिए,’ जुत्ता पालिस गर्नेमध्येका एक नेता धनराज गुरुङले भने, ‘ हामीले पैसा तोकेका थिएनौं आफूखुसी उनीहरूले नै पैसा दिए।’ त्यसमध्ये किसुनजीले सधैँ चिया खाने गरेको चिया पसल लक्ष्मी दिदीले २ हजार रुपैयाँ दिएकी थिइन्।

पूर्वराज्यमन्त्री एंव कांग्रेस नेता राजेन्द्र खरेलले जुत्ता पालिस गरेवापत् पाँच हजार रूपैयाँ दिए। ‘कसैले १०० पनि दिनु भयो कसैले हजार पनि दिनुभयो,’ गुरूङले भने। बानेश्वर चोकमा सर्वसाधारणको जुत्ता चम्काएका कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीका अनुसार एक घन्टा जुत्ता पालिस गर्दा उनीहरूले ३० हजार रुपैँया कमाएका छन्।

‘राजनीतिमा भएको भ्रष्टीकरणलाई व्यंग्य गर्दै हामीले किसुनजीको सन्देशअनुसार जुत्ता पालिस गर्ने कार्यक्रम राखेका हौँ। श्रमको सम्मान गर्नुपर्छ भन्ने सन्देश पनि जाओस भन्ने हो,’ भण्डारीले भने, ‘ सहिद दिवसकै दिन पारेर किसुनजी जस्ता अग्रज भएको हाम्रो पार्टी अहिले सही दिशामा छैन त्यसमा सुधार आवश्यक छ। नैतिकताको राजनीति आवश्यक छ भन्ने सन्देश दिन खोजेका हौँ।’

कांग्रेसका नेता धनराज गुरुङ, चन्द्र भण्डारी, राधेश्याम अधिकारी, विनोद भट्टराई लगायतले सडकमा बसेर सर्वसाधारणका जुत्ता पालिस गरेका थिए। कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको थियो।

‘हाम्रा सहिदले जुन बलिदान देशको लागि दिएका थिए, अहिलेको राजनीतिमा त्यस्तो बलिदानी भावना छैन। त्यसैले मुलुकको राजनीतिमा सुधार आवश्यक छ भनेर हामीले व्यङ्ग्यात्मक रूपमा जुत्ता पोलिस गर्ने कार्यक्रम राखेका हौँ,’ नेता धनराज गुरुङले भने, ‘देशमा जुन भ्रष्टाचार व्याप्त छ, राजनीति भ्रष्ट छ यी सबैलाई हटाएर राजनीतिक शुद्धीकरण आवश्यक छ। हामीलाई किसुनजीले नैतिकताको राजनीति गर्न सिकाउनुभएको थियो। नैतिकताको राजनीतिका निम्ति आजै बाट हामी लाग्नुपर्छ भनेर सांकेतिक कार्यक्रम गरिएको हो,’ गुरुङले भने।

जम्मा भएको पैसा प्रतिष्ठानको कोषमा जम्मा हुने गुरुङले जानकारी दिए। जुत्ता पालिस गर्न चाहिने सबै सामान प्रतिष्ठानले नै व्यवस्था गरेको थियो।

Related News

अग्रज काँग्रेसी नेता भन्छन, ‘गुटमा नलाग्नेको अस्तित्व छैन

मूलखबर,२७ असार । काठमाडौँ, पार्टीका पुराना तथा अग्रज नेता एवं पदाधिकारीसँगको भेटघाट तथा अन्तक्र्रियामा नेपाली काँग्रेसको ६३ वर्ष राजनीति गरेका…

Comments are closed