भारतीय विदेशमन्त्री स्वराजलाई तत्काल नेपाल भ्रमणमा नआउन सुझाव

440 Hits

काठमाडौं, १६ माघ ।
नेपालमा अहिले काम चलाउ सरकार छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले गरेका केही गम्भीरर निर्णयहरुले सरकाप्रतिको आलोचनाको पारो निरन्तर बढ्दैछ । वर्तमान सरकारका अधिकांश मन्त्रीहरु निर्वाचनमा पराजित अनुहारहरु छन् । निर्वाचनमा विजयी बनेको बाम गठबन्धन छिटो भन्दा छिटो सरकार निर्माण गर्ने कसरतमा छ ।

काम चलाउ अवस्थामा भएको र सत्ता हस्तान्तरणको प्रक्रियामा रहेको सरकारको निमन्त्रणामा भारतकी विदेशमन्त्री सुष्मा स्वराज यहि फेब्रुअरी १र२ मा नेपाल आउने समाचार आएको छ । सरकारी स्तरबाट उक्त भ्रमणको औपचारिक पुष्टि भइसकेको छ । उनले अहिले गर्न लागेको भ्रमण नेपालमा बन्दै गरेको बाम गठबनधनको सरकार रोकने प्रयास हुन सक्ने भन्दै भ्रमण नगर्न सुझाव र दवाव आउन थालेका छन् ।
उनको भ्रमण उचित समयमा नभएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गर्नेमा माओवादी केन्द्रका विदेश विभाग संयोजक तथा युवा नेता युवराज चौलागाईं पनि छन् । चौलागाईले आफ्नो फेसबुक स्टाटसमा स्वराजको भ्रमण अहिले भन्दा नयाँ सरकार बनेपछि भारतीय प्रधानमन्त्रीको दूतको रुपमा स्वागत र शुभकामना दिनको लागि उपयुक्त हुने सुझाव दिंदै भ्रमण नगर्न दवाव समेत दिएका छन् ।
उनले आफ्ने स्टाटसमा लेखेका छन् नयॉ सरकार बन्दै गरेको अबस्थामा उनको भ्रमण असान्दर्भिक, अनुपयुक्त र गलत देखिन्छ। नयॉ प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा मोदीको प्रतिनिधी बनेर उनी आउंदा भारतको इज्जत बढ्ने थियो।
चौलागाईले उनले यतिवेला गर्ने भ्रमणले उल्टै नेपालमा भारत विरोधी भावनाको वृद्धि हुने ठोकुवा गरेका छन् ।
उनले लेखेका छन् ।
तर, कुबेलामा आएकी उनले नेपालमा भारत प्रति अविश्वास मात्रै पैदा गरेर जानेछिन्। यसले स्वयम् भारतकै अहित गर्ने छ।
भारतले नेपालमा बाम गठबन्धनको सरकार नरुचाएको चर्चा चलिरहँदा स्वराजको हुन लागेको भ्रमणलार्य राजनीतिक रुपमा अत्यन्त चासो र आलोचनात्म रुपमा लिइएको छ ।
पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराका स्वकिय सचिव समेत रहेका चौलागाईंको स्टाटस हेरौं ।

Loading...

Related News

सत्तारूढ नेकपाकाे चियापान भृकुटीमण्डपमा (फोटो फिचर)

काठमाडौं, १० कात्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अाज राजधानीमा केन्द्रीय स्तरको चियापान कार्यक्रम अायाेजना गरेकाे छ । दशैं,…

पार्टी एकता नभएसम्म माओवादी सरकारमा सामेल नहुने, के होला एकता ?

काठमाडौं, ४ फागुन । एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी