छोटी भन्सारको स्तरोन्नतीमा प्रचण्डको जोड

110 Hits

काठमाडौं, १५ माघ ।
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री एवं प्रचण्डले छोटी भन्सारको स्तरोन्नति गरी सूदुरपश्चिमको ब्यापार प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।
सोमबार दिउँसो कैलालीमा आयोजित भजनी महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले ‘छोटी भन्सारलाई स्तरोन्नति गर्न जरुरी भएको बताएका हुन् । प्रचण्डले भने ुयसले समग्र सूदुरपश्चिमको ब्यापारको क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्छ । यस विषयलाई मैले गम्भीरतापूर्वक लिएको छु, यसले राष्ट्रिय अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान दिन सक्दछ ।’

भजनी कृषिको विविधिकरण, पर्यटन र ब्यापारका दृष्टिले अत्यन्तै महत्वपूर्ण ठाउँ हो’, प्रचण्डले थपे, ‘विगतमा राज्यले उपेक्षा गर्दा समग्र सूदुरपश्चिमको विकास पछाडि पर्न गयो । आगामी दिनमा सूदुरपश्चिममा पर्यटनको विकास, कृषिको विविधिकरण र ब्यापारको बिस्तार गर्न राज्यले जोड दिनुपर्दछ, त्यसमा मेरो तर्फबाट तपाईहरुलाई पुरै सहयोग हुनेछ । अहिले तपाईहरुले जुन माग प्रस्तुत गर्नुभएको छ, त्यसलाई मैले गम्भीरतापूर्वक लिएको छु, कार्यान्वयनका लागि आफ्नो ठाउँबाट पहल गर्नेछु ।’

राजनीीतिक स्थिरताले विकासलाई टेवा पुग्ने बतउँदै प्रचण्डले भने ‘हामीले समृद्धि र विकासको संकल्पसहित बाम गठबन्धन बनाएका हौं’, ‘राजनीतिक स्थिरता र आर्थिक विकासमा हाम्रो जोड छ । तपाईहरुले बाम गठबन्धनप्रति जुन भरोसा गर्नुभएको छ, त्यसलाई सफल पार्न हामीले संकल्प गरेका छौं । उनले बामपन्थीहरुको नेतृत्वमा सरकार बनेपछि विकास र समृद्धिको योजना तिब्रताका साथ अघि बढ्ने बताए ।

Loading...

Related News

सिजीले ल्यायो १० वर्षको वारेण्टीसहित अत्याधुनिक वासिङ्ग मेशीन, माग बढ्दो

काठमाडौं, १७ बैसाख । सि.जी.ले आफ्नो ग्राहक महानुभावहरुको बढ्दो आधुनिकरण र व्यस्ततालाई ध्यानमा राखि विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको…

‘पीपीए गरेर काम नगर्नेको लाइसेन्स खारेज गर्छाै।’-उर्जामन्त्री

काठमाडौं–उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले ३ करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाइने बताएका छन्। रसुवामा निर्माणाधिन विभिन्न जलविद्युत आयोजनाको निरीक्षण…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी