अमेरिकामा बन्दुकधारीको गोली लागि एक नेपालीको मृत्यु

93 Hits

टेक्सास–

अमेरिकाको टेक्सास डालासस्थित गारल्याण्डमा रहेको एक ग्याँस स्टेशनमा लुट्न आएका बन्दुकधारीको गोली लागि एक नेपालीको मृत्यु भएको छ । ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यहाँ कार्यरत गोरखाका ३५ वर्षीय मनिष पाण्डेको मृत्यु भएको हो।

उक्त ग्याँस स्टेशनका मालिक मृतकका आफन्त कृष्ण पन्त पनि नेपाली नै हुन् । ग्याँस स्टेशनमा कार्यरत मृतक पाण्डेकी श्रीमती केही समय अघि मात्रै नेपालबाट आएको बताइएको छ। पन्तले उक्त ग्याँस स्टेशन सन् २०११ देखि सञ्चालन गर्दै आएका थिए। मृतककी पत्नी गर्भवती छिन्।

स्थानीय गारल्याण्ड प्रहरीलाई उधृत गर्दै स्थानीय सिबिएस डिएफडब्लु अनलाइनले जनाए अनुसार शनिबार मध्यरातमा दुई व्यक्तिहरू पसेर लुट्न खोजेपछि प्रतिरक्षाको क्रममा लुटेराको गोली लागि पाण्डेकोे मृत्यु भएको हो। स्थानीय प्रहरीले सिसि टिभीमा राखेको भिडियोमा देखिए अनुसार दुबै लुटेरा कालो वर्णका छन्। राति स्टोर बन्द गर्ने तयारी गरिरहेको बेला साँढे ११ बजे उक्त घटना भएको हो ।

पछिल्लो समय ग्याँस स्टेसन तथा स्टोरहरूमा जोखिम बढ्दै गएको छ । लुटपाटको क्रममा लुटेराहरूसँग वादविवाद र भीडन्त नगर्न जानकारहरूको सुझाएका छन । अमेरिकामा प्रत्येक वर्ष ग्यास स्टेसनमा यसरी लुट्ने र प्रतिकारमा गोली लागि ठूलो संख्यामा मानिसहरूको मृत्यु हुने गरेको छ । ग्याँस स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो । यसरी ग्यास स्टेशनमा हत्या हुने नेपालीको संख्या दिनानुदिन बढ्दो छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी