यसरी टुगियो माओवादी एमालेबीच मुख्यमन्त्री र सभामुखको बाँडफाँड

135 Hits

 

काठमाडौं, १५ माघ
नेकपा माओवादी केन्द्र र एमालेबीच प्रदेश सत्ताको बाँडफाँडमा सहमति भएको छ । प्रदेशसभाको बैठकको तयारी भइरहेका बेला एमाले माओवादी कार्यदलले मुख्य मनत्री र सभामुखसहित मन्त्रीमण्डलमा समेत भागबण्डामा सहमति गरेको हो । आइतबार भएको बैठकमा एमालेलाई ४ र माओवादीलाई २ मुख्यमन्त्रीसहितको भागबण्डामा सहमति भएको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको हो । अाइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख पद भागबण्डा टुंगो लगाएको हो ।

जसअनुसार चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने र माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाएको छ । त्यसैगरि उपसभामुख माओवादीले चार वटा र एमालेले दुई वटा प्रदेशमा पाउनेछ ।

प्रदेश नम्बर ३, ४, ५ मा एमाले र ६ र ७ मा माओवादीले मुख्यमन्त्री पाउनेछ । त्यसैगरि सभामुखमा भने प्रदेश १, ३, ६ र ७ को एमालेले पाएको छ । त्यस्तै ४ र ५ को सभामुख माओवादीले पाएको छ । एमालेले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएको प्रदेशमा एमालेबाट उपसभामुख हुनेछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ललितपुरको मानभवनमा ६ घण्टा भएको गोप्य वार्तापछि बसेको कार्यदलको बैठकले मुख्यमन्त्री र सभामुख तथा उपसभामुखहरुको टुंगो लगाएको हो। मन्त्रालय भागबण्डाबारे मुख्यमन्त्रीहरुसँग बसेर अन्तिम टुंगो लगाइने कार्यदलका सदस्य मातृका यादवले जानकारी दिए। कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोख्रेल र राजेन्द्र पाण्डे छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव सदस्य छन्।

Related News

पार्टी एकता नभएसम्म माओवादी सरकारमा सामेल नहुने, के होला एकता ?

काठमाडौं, ४ फागुन । एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने…

ओलीलाई प्रधानमन्त्री बनाउन बाम गठबन्धनले गर्यो दावी पेश

काठमाडौं, ३ फागुन । बाम गठबन्धनले एमाले अध्यक्ष तथा काम गठबन्धनका नेता के पी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेबी…

Comments are closed