सामुदायीक विद्यालय चलाउने तरिका सिक्न लक्ष्मीनारायण जाऔं !

426 Hits

लमजुङ्ग, १० माघ ।
चारैतिर काँडेतारले बेरीएको कम्पाउण्डभित्र तीन वटा ठूला विल्डींग छन् । यो पुरानो भवन रहेको स्थान हो अहिले नयाँ भवन बन्दैछ । यो मध्य मस्र्र्यांगदी जलविद्युत परियोजनाको सामाजिक उत्तरदायीत्व अन्तरगत २७ लाखमा निर्माण गरिएको भवन हो । भुकम्पले खासै क्षती त पुर्याउन सकेन तर पनि पूर्ण सुरक्षीत भने छैन । विद्यालयका पुर्व प्रधानाध्यापक तथा हाल व्यवसथापन समितिका अध्यक्ष रामप्रसाद पौडेलले लमजुङ्गबाट प्रतिनिधि सभामा हालै विजयी बनेका माओवादी नेता देव प्रसाद गुरुङ्गलाई विद्यालयको भौतिक पक्षबारे सामान्य जानकारी गराउँदा ४७ औं वार्षिकोत्सव समारोहमा प्रमूख अतिथि बन्न पुगेका गुरुङ्गले जिब्रो टोके । २७ लाखमा यत्रो विल्डींङ्ग ?

यो हाम्रो स्टाफ रुम हो, यो कम्प्युटर कक्ष, यो लाईब्रेरी र यो चाहिँ साइन्स ल्याव एक एक गरि पौडेलले परिचय गराउँदै जाँदा गुरुंगले सोधे विद्यालयको शैक्षिक स्थिति कस्तो छ त ? कार्यक्रममा अतिथिको रुपमा सहभागि हुन आएका जिल्ला शिक्षा कार्यलयका विद्यालय निरिक्षक नारायण रेग्मीले ओभरटेक गर्दै जवाफ दिए यो विद्यालय त जिल्लाकै सर्वोत्कृष्ट सामुदायीक विद्यालय हो । रेग्मीकै पहलमा विद्यालयका शैक्षिक र भौतिक पक्षमा विभिन्न गतिविधिहरु सञ्चालन हुँदै आएका छन् ।

लमजुङ्ग जिल्लाको दोर्दी गाविस वडा नं २ अलैंचेमा २०३९ सालमा स्थापित लक्ष्मीनारायण माध्यामिक विद्यालय सामुदायीक विद्यालय हो । नेपाल सरकारबाट अझैसम्म मावि स्वीकृति प्राप्त हुन नसकको उक्त विद्यालय जिल्लाकै उत्कृष्ट सामुदायीक विदालयमा पर्दछ । तीन वर्षसम्म लगातार एसएलसीमा सर्वोत्कृष्ट नतीजा ल्याउन सफल यस विद्यालयमा सबै वर्ष पुरै विद्यार्थी उत्तिर्ण भएको रेकर्ड जिल्ला शिक्षा कार्यलयमा छ । सरकारले स्वीकृति नदिएपछि स्थानिय जनता र अभिभावकले श्रोतजुटाएर संचालन गरिरहेको यस विद्यालयमा हाल करिब ३ सय विद्याथीमात्रै अध्ययन गर्दछन् । भुगोलको अपायकता र निजीविद्यालयको विगविगीले विद्याथीृ संखया वृद्धि हुन नसकेको प्रधानाध्यापक इश्वरीप्रसाद अधिकारी बताउँँछन्

। उनका अनुसार वस्ती तल वेसीमा झर्दै जानु र जनसंख्याको धेरै हिस्सा शहरमुखि हुनु पनी विद्यार्थी नबढ्नुको मुख्य कारण हो ।
लक्ष्मी नारायण माविले माघ ५ गते ४७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाईरहँदा करिब एक दर्जन अक्षयकोषबाट पुरस्कृत हुने विद्यार्थी करिब २ सयको हाराहारीमा थिए । व्यवस्थापन समितिका अध्यक्ष पौडेलले प्रधानाध्यापक भएको बेला शुरुवात गर्नुभएको अक्षयकोष स्थापना अभियानले अहिले विद्यालयको मुख्य आर्थिक आधारको काम गरेको छ ।

अक्षयकोषमा मात्रै अहिले करिब १० लाखको पुजि छ । त्यसैगरी विद्यालय संचालनमा आर्थिक सहयोग जुटाउन तथा अभिभावकलार्य विद्यालयमा आकर्षीत गर्न पौडेलकै पहलमा शुरु भएको मावि सहायक संस्थापक अभियानले पनि वर्षैपिच्छे तिव्रता लिंदै गएको छ । अहिले व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी लिंदै गर्दा पौडेलले त्यतिवेला शुरु गरेका अभियानले सार्थकता पाएको देख्दा पौडेल दंग मत्रै छैनन् धेरै खुशी पनि छन् । ‘आफैंले जन्माएको सन्तानले प्रगति गरेको जस्तो अनुभति भएको छ’ विद्यालयको प्रगतिबारे प्रतिकृया दिंदै पोडेलले भने -‘यसमा मलाई गर्व लागेको छ तर यो मेरो व्यक्तिगत मात्रै होइन त्यतिवेला देखि अहिलेसम्मका शिक्षक, अभिभावक र विद्यार्थी सबैको साथले सम्भव भएको हो ।’

वार्षिकोत्सव कार्यक्रममा अभिनन्दीत भएका पुर्व प्रधानाध्यापकद्वय शम्भुप्रसाद रेग्मी र भरतराज पौडेलले पनि विदालयको प्रगति र उन्नतीमा आफूहरु खुशी भएको बताए । कार्यक्रमका प्रमूख अतिथि प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङले विद्यालयको प्रगति प्रति खुशी व्यक्त गर्दे व्यवसथापन समिति, शिक्षक विद्यार्थी र अभिभावकलार्य धन्यवाद दिए । उनले आफूले अझै विद्यालयको प्रगतिमा र विकासमा आफूले सक्दो सहयोग र सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरे । मायाको चिनो दिंदै विदाई गर्दै गर्दा माओवादी नेता समेत रहेका गुरुङले सामुदायीक विद्यालय चलाउन लक्ष्मीनारायणमा जाऔं भन्न आफूले नभुल्ने बताउँदा उपस्थित अभिभावक र शिक्षक एवं विद्यार्थीले तालीले समर्थन जनाएका थिए ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक अधिकारीले विद्यालयमा १० जोड दुईमा प्राविधिक शिक्षको विषय अध्यापन गराउने योजना सार्वजनीक गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले स्वागत गित र नृत्य तथा स्थानिय लोकभाका र आधुनिक गितसंगित पनि प्रदर्शन गरेका थिए भने अभिभावक स्तरिय खेलकुद, हाजिरीजवाफ र श्रोत केन्द्रस्तरीय विभिन्न प्रतियोगिताहरु संचालन गरिएका शिक्षक इश्वरी लामिछानेले बताए ।

कार्यक्रमको संचालन शिक्षक रामकृष्ण खनालले गरेका थिए भने सभापतित्व व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पौडेलले गरेका थिए । विद्यालयका शिक्षकहरुलाई समेत अभिनन्दन गरिएको उक्त कार्यक्रममा विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्षहरु विश्वनाथ लामिछाने, कृष्ण पौडेल, श्याम अधिकारी, जग्गदाता तथा संस्थापक सदस्य मायानाथ अधिकारी, मानबहादुर कोपीला सहित मावि सहायक संस्थापकहरु, छिमेकी विदालयका प्रधानाध्यापकहरुसमेत अतिथिको रुपमा सहभागि भएका थिए ।

विद्यालयमा १५ वटा कम्प्युटर सहितको कम्प्युटर कक्ष, विभिन्न विधागत पुस्तकहरुसहितको सुविधा सम्पन्न पुस्तकालय, विज्ञान प्रयोगशालाहरु रहेका छन् । पुर्वाधारहरु विभिन्न संघ सस्था र जिल्ला शिक्षा र्कालय तथा शिक्षा मन्त्रालयको सहयोगमा प्राप्त भएको पुर्वप्रधानाध्यापक भरतराज पौडेलले बताए ।

विद्यालयमा १० कक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रावासमा राखेर पढाउने गरिएको छ । अंग्रेजी, गणीत, विज्ञान सहित सबै विषयहरुमा अध्ययापन गर्ने गरिएको विज्ञान शिक्षक किनुल भुजेल र गणित शिक्षीका विमला धितालले बताए । उनका अनुसार छात्रावासमा विद्यार्थीहरुलाई रुटिङ बनाएर पढाइने गरिएको छ । शिक्षक र विद्यार्थीहरु होस्टलमा सँगै खान्छन असाध्यै पारिवारिक वातावरणमा पढाइ हुन्छ छात्रावासमा बसेर पढ्दै गरेका एक विद्यार्थी सुनिल मरेटाले भने हामी असाध्यै खुशी छौं ।

देशभरका सामुदायीक विद्यालयमा शैक्षिक अवस्था गिर्दै गएको रिपोर्टहरु सार्वजनीक भइरहेका बेला लक्ष्मीनारायण माविले भने प्रत्येक वर्ष शैक्षिक प्रगति गरिरहेको खबर पत्याउनै मुस्किल छ । त्यतिमात्रै होइन यस विद्यालयले आफ्नो स्वामित्वमा रहेको करिब २३ रोपनी जग्गामा वृक्षारोपण समेत गरेको छ । दोर्दी गाउँपालिका वडा नं ३ अन्तरगत केराबारीमा रहेको उक्त जग्गामा कागती, बकाइनो लगायतका विरुवा रोपिएको छ । भविष्यमा यो राम्रो आर्थिक श्रोतको माध्यम हुन सक्ने समिति अध्यक्ष पौडेलले बताए ।

कार्यक्रममा विद्यालय निरिक्षक नारायण रेग्मी, श्रोतव्यक्ति केदार न्यौपाने, अखिल नेपाल शिक्षक संघका अध्यक्ष सिताराम अधिकारी, वडाध्यक्ष गोविन्द अधिकारी, अभिभावकहरु रवीन्द्र अधिकारी, गिरबहादुर अधिकारी, प्रकाश कुँवर लगायतले विद्यालयको प्रगतिबारे खुशी व्यक्त गर्दे प्राविधिक १० जोड २ को स्थापनाको लागि पहल गरिदिन प्रमूख अतिथि देवप्रसाद गुरुङको ध्यानाकर्षण गराएका थिए । रेडियो भोटेओडार ९०.८ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरेको विद्यालयको वार्षिकोतसव समारोहमा विभिन्न विधामा प्रथम द्धित्तिय र तृतिय एवं सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

 

Loading...

Related News

राजनीतिक दलसँग जोडिए शिक्षकको जागीर जान्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं, २५ कात्तिक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा हुँदै आएको राजनीतिक खिचातानीले पठनपाठन अस्तव्यस्त बनाएको भन्दै राजनीतिक…

बच्चालाई कसरी पढ्ने बनाउने ? लाै सिकाैं !

काठमाडौं, १८ कात्तिक – विहान उठेर राम्ररी तङ्गि्रन नपाई विद्यालय गएका बच्चा साँझ घर र्फकन्छन् । हामी सोध्छौं, ‘आज के…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी