यी हुन् नेपालका १० उत्कृष्ट होटलहरु, ५ पोखरा र ५ काठमाडौंमा

272 Hits

काठमाडौं , १४ माघ ।

विश्वभर रहेका होटल तथा रेष्टुरेन्टको बारेमा समीक्षा गर्ने वेबसाइट ‘ट्रिप एडभाइजर डट कम’ले सन् २०१८ का लागि नेपालका १० उत्कृष्ट होटलहरु छनौट गरेको छ । जसमा ५ वटा पोखरा र ५ वटा काठमाडौंका परेका छन् ।

यी होटलको सेवा लिइसकेका पर्यटकहरुले गरेको समीक्षाका आधारमा वेबसाइटले बिभिन्न शीर्षकमा उत्कृष्ट होटलको नाम सूचीकृत गर्छ । ‘ट्राभलर च्वाइस अवार्ड’ नाम दिइएको यो सूचीको पहिलो स्थानमा पोखराको देलिया बुटिक होटल परेको छ ।

सूचीको दोस्रो स्थानमा काठमाण्डौ गौशालामा रहेको द्वारिका होटल रहेको छ । यस्तै तेस्रो नम्बरमा पोखराको दा यात्रा कर्टियार्ड होटल एण्ड रिसोर्ट परेको छ भने चौथोमा काठमाडौको होटल टिबेट इन्टरनेशनल र पाँचौंमा काठमाडौंकै होटल मुनलाइट परेको छ ।

काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टलाई ट्रिप एडभाइजरले छैटो नम्बरमा राखेको छ । सातौमा पोखराको ग्रान्डी, ८ नम्बरमा काठमाडौंको साम्बाला, नौ नम्बरमा अतिथि रिसोर्ट र १० नम्बरमा पोखराको माउण्ट कैलाश रिसोर्ट परेको छ ।

टि्रप एडभाइजरलाई बहुसंख्यक पर्यटकहरुले होटल छनौटको मार्गदर्शक मान्ने गरेका छन् । यहाँ प्रकाशित रिभ्युका आधारमा पर्यटकहरुले ती होटललाई आफ्नो गन्तब्य बनाउने/नबनाउने निर्णय गर्ने भएकाले यो सूचीलाई पर्यटन उद्योगमा महत्वका साथ हेरिन्छ ।

अहिले यो अनलाइनका ३१ करोड ५० लाख सदस्य छन् । त्यस्तै ५० करोड समिक्षा तथा बिचार यसले सार्वजनिक गरेको छ ।

ट्रिप एडभाइजरले विश्वभरका होटललाई विभिन्न श्रेणीमा वर्गिकरण गरी उत्कृष्ट होटल छनौट गर्ने गर्दछ । उत्कृष्ट होमस्टे तथा गेष्ट हाउस, उत्कृष्ट बार्गेन होटल, लक्जरीयस होटल, रोमान्टिक होटल, फेमिली होटल लगायत बिभिन्न शीर्षकमा ट्राभलर च्वाइस अवार्ड पनि प्रदान गर्दछ ।

यस्तो छ टेपटेन सूची

१. देलिया बुटिक होटेल, पोखरा

२. द्वारिका होटेल, काठमाडौं

३. दा यात्रा कर्टियार्ड होटेल एन्ड रिसोर्ट, पोखरा

४. होटेल टिबेट इन्टरनेसनल, काठमाडौं

५. होटेल मुनलाइट, काठमाडौं

६. गोकर्ण फरेस्ट रिसोर्ट, काठमाडौं

७. होटेल पोखरा ग्रान्डी

८. होटेल साम्बला, काठमाडौं

९. अतिथि रिसोर्ट एन्ड स्पा, पोखरा

१०. माउन्ट कैलाश रिसोर्ट, पोखरा

Loading...

Related News

सिजीले ल्यायो १० वर्षको वारेण्टीसहित अत्याधुनिक वासिङ्ग मेशीन, माग बढ्दो

काठमाडौं, १७ बैसाख । सि.जी.ले आफ्नो ग्राहक महानुभावहरुको बढ्दो आधुनिकरण र व्यस्ततालाई ध्यानमा राखि विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको…

‘पीपीए गरेर काम नगर्नेको लाइसेन्स खारेज गर्छाै।’-उर्जामन्त्री

काठमाडौं–उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले ३ करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाइने बताएका छन्। रसुवामा निर्माणाधिन विभिन्न जलविद्युत आयोजनाको निरीक्षण…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी