सरकारले दियो अवकास, ५ हजारको खोसियो गाँस

५ हजार सामाजिक परिचालक आन्दोलनमा, सरकारी वेवास्तापछि आन्दोलन झन सशक्त बन्दै
1262 Hits

काठमाडौं, १४ माघ ।
सरकारले गरेको एक सामान्य निर्णयबाट ५ हजार सामाजिक परिचालकहरुको जागिर खोसिएको छ । सामाजिक परिचालकहरुलाई सरकारले जागिरबाट विमुख गराईदिएपछि निरन्तर आन्दोलनमा छन् । स्थानिय निर्वाचनबाट बनेका स्थानिय तह र प्रदेश संरचनाका लागि कर्मचारीहरु आवश्यक भइरहेको वेला देशका ७७ जिल्लाका साविकका गाविस र नगरपालिकाका वडाहरुमा सामाजिक परिचालकको रुपमा विगत ८ वर्षदेखी कार्यरत ४ हजार ७ सय ६४ जना सामाजिक परिचालकहरुलाई पौष १६ गतेदेखि राज्यमन्त्री स्तरिय निर्णयबाट अवकास दिइएको हो ।

दिनहुँ विहान ११ वजेदेखि राजधानीको माइतिघरमा जम्मा भई नाराजुलुस र धर्ना गर्ने तथा बानेश्वरसम्म नाराजुलुस गर्नु सामाजिक परिचालकहरुको दैनिकी बनेको छ ।
आफूहरु ८ वर्षदेखि कार्यरत रहेकोमा सरकारले विनाकुनै परामर्श र विकल्पविना नै आफूहरुलाई जागिरबाट हटाएको विरोधमा आन्दोनमा उत्रिएका उनीहरुले उमेरको हद नलगाईकन योग्यता अनुसारको स्थानिय तहमा समायोजन गर्नुपर्ने एक सुत्रिय माग राखेका छन् ।
पुस ३० गते खुल्लमञ्चबाट शुरु गरिएको आन्दोलनको तयारी पौष २७ गते निर्माण भएको सामाजिक परिचालक आन्दोलन कमिटिले गरेको थियो । आन्दोलन परिचालन कमिटि बनेपछि संस्थागत रुपमा आन्दोलनमा उत्रिएका सामाजिक परिचालकहरुले दुई पटकसम्म प्रधानमन्त्री निवास बालुवाटार घेरो गरिसकेका छन् । वालुवाटार घेराउका क्रममा प्रहरीले आन्दोलनमा दमन गरेपछि झडप समेत भएको थियो । झडपका क्रममा तीन जना घाइते र केही गिरफ्तार समेत गरिएको थियो ।
सरकारले सामाजिक परिचालकहरु विदेशी दातृ निकायले राखेका कर्मचारी भएकाले निरन्तरता दिन नसक्ने भन्दै अवकास दिएपनि परिचालकहरुले भने यसमा सरकारको पनि दायीत्व भएको दावी गर्दै आफूहअरुले रोजगारीको निरन्तरता पाउनुपर्ने बताएका छन् ।

परिचालक आन्दोलन कमिटिको सदस्य तथा प्रचार प्रसार संयोजक, सिता माया पौडेल र परिचालन कमिटिको सदस्य भावना श्रेष्ठले सरकारले आफूहरुको मागप्रति कुनै सुनुवाई नगरेको आभाष भएको बताए । १५ औं दिनसम्म पनि लगातार आन्दोलन गरिरहँदा पनि वार्ताको लागि पहल नगरिनु, सरकारको कुनै पनि निकायले यसलाई गम्भीरतापुर्वक नलिनुले परिचालकहरु थप अक्रोसित बनेको उनीहरुले बताए ।
आफ्ना मागहरुबारे प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं स्थानिय विकास मन्त्री विजयकुमार गच्छेदार, अर्थ मन्त्रालयमा ज्ञापन पत्र सहित ध्यानाकर्षण गराईसकेको उनीहरुले बताए । विभिन्न राजनीतिक दलका नेताहरु, ट्रेड युनियनहरु तथा संघ संस्थाहरुले समेत आनद्योलनमा ऐक्यवद्धता प्रकट गरिसकेको आफ्नो आन्दोलन अब थप शशक्त बनेर अगाडि वढ्ने आन्दोलन परिचालन कमिटि सदस्य श्रेष्ठले बताईन् ।
आनदोलनको लागि प्रदेश संयोजक र जिल्ला संयोजक नै तोकेर अगाडि वढेका उनीहरु अब सडकमा सुतेर प्रदर्शन गर्नेदेखि आमरण अनसनसम्म जाने योजना रहेको उनले जानकारी दिइन् ।
विगतमा उत्कृष्ट कार्यसम्पादन गरिएका परिचालकहरुलाई पुन कामममा राख्न सक्ने निर्णय पनि गरिएकोले राजनीतिक चलखेल हुन सक्ने आशंका पनि आन्दोलनकारीहरुले गरेका छन् ।
एकातिर शैक्षिक वेरोजगार बढिरहेको चिन्ता भइरहेका वेला सरकारले अवकास दिएर थप शैक्षि वेरोजगार बनाउन लागेको भन्दै नागरिक समाज लगायतबाट पनि सरकारलाई परिचालकको माग पुरा गर्न दवाव दिइरहेका छन् ।

जागीरबाट हटाइदिएपछि यस्तो गरे सामाजिक परिचालकहरुले

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी