माओवादी युवा एमालेका नेतासंग आक्रोशित, भन्छन्-यसरी नि हुन्छ एकता ?

405 Hits

काठमाडौं, १४ माघ/

नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) विच केही महिना अघि अप्रत्यासित रुपमा निर्वाचन अघि वाम गठबन्धनका रुपमा र निर्वाचन पछि पार्टी एकता गरेर एउटै कम्युनिष्ट पार्टी बनाएर अघि बढ्ने सहमति भएको थियो । पार्टी एकताको विषय झट्ट सुन्दा मिठो ललिपप भएपनि फरक फरक विचार बोकेका दुई पार्टी विचको एकता केही जटिल थियो ।

नेताहरुले अप्रत्यासित रुपमा यो निर्णय लिंदा शुरुमा दुबैपक्षका नेता कार्यकर्ता केही दिन तरंगित बनेपनि आखिर देशको समृद्धिका लागि नयाँ संकल्पका साथ पार्टी एकता हुन्छ भने आखिर के फरक पर्छ र ! भनि कार्यकर्ताले नेताहरुको निर्णयलाई स्विकृति दिएका थिए । कार्यकर्तामा नेताप्रति विस्वास थियो कि नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर साच्चै देशको समृद्धिको एक मात्र संकल्प बोकेका छन् ।

विगतमा राजनीतिक दलका नेताहरुप्रति देखिएको अविस्वासको वातावरणलाई अब नेताहरुले व्यवहार बाटै विस्वासमा परिणत गर्नेछन् भन्ने कुरा दुबै दलका कार्यकर्ताले गरेका थिए । तर निर्वाचनबाट ठुलो दल बनेको नेकपा(एमाले)का अध्यक्ष केपि ओलि सहित एमालेका अन्य शिर्ष नेताहरुले केही समययता देखाएको व्यवहारबाट भने माओवादीका नेता र कार्यकर्ता झस्किन थालेका छन् ।

निर्वाचन सकिएको करिव दुइ महिना पुग्दा नपुग्दै एमालेका नेताहरुमा देखिएको दम्भ र व्यवहारले माओवादी कार्यकर्ताहरु कतै यो एकताको नारा केवल सत्ता स्वार्थ मात्रै त थिएन भन्ने आशंका गर्न थालेका छन् । दुई पार्टी विचको एकता भन्ने तर राष्ट्रपति ,प्रधानमन्त्री, सभामुख , पार्टी अध्यक्ष लगायत सबै प्रमुख पद आफैलाई चाहिन्छ भनेर जसरी एमाले वृतबाट तर्कहरु श्रृखलाबद्ध ढंगले आइरहेका छन् यसप्रति माओवादी कार्यकर्ताहरुले सामाजिक संजालमा तिव्र असन्तुष्टि जनाइरहेका छन् । उनीहरुले एमालेका शिर्ष नेताहरुको व्यवहार प्रति आपत्ति मात्रै प्रकट गरेका छैनन् यस्तै व्यवहार रहेमा एकता गर्नुको कुनै अर्थ नहुने भन्दै आफ्ना शिर्ष नेताहरुलाई पनि खबरदारी गरेका छन् ।

माओवादीको भातृ संगठन वाइ.सि.एल.का अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले माघ १२ गते फेसबुकमा आफनो स्टासस लेख्दै एकताको कुरा गरौं तर आत्मसर्मपण गर्न आइज भनेर एकता हुदैन । उनले अगाडि लेखेका छन् -एमाले ठूलो पार्टी हो उसले दुईवटा मुख्य पद मध्ये एउटा रोजेर लेओस् तर सबै पद एमाले वा माओवादी एउटैले लिएर एकता हुन सक्दैन । यो कुराको हेक्का सबैमा रहोस्’ भन्दै उनले सचेत गराएका छन् ।

त्यसैगरि अर्का चर्चित युवा विद्यार्थी नेता एवं उपराष्ट्रति नन्द बहादुर पुनका छोरा दिपेश पुनले पनि माघ ११ गते सामाजिक संजाल फेसबुकमा स्टासस लेख्दै भनेका छन् आजकल एमालेहरु आफू एक्लै बहुमत ल्याएको जसरी सरकारर पार्टी एउटैव्यक्ति हुने भन्दा रहेछन् त्यसो भए सरकार पनि एउटै पार्टीले बनाएर देखाउन उनले एमालेलाईचुनौति दिएका छन् ।

यसैगरि अर्का एक माओवादी कार्यकर्ता जो पूर्व जनमुक्ति सेनाका बटालिएन कमाण्डर पनि हुन् उनले माघ १४ गते एउटा स्टाटस सामाजिक सजाल फेसबुकमा लेख्दै आक्रोस पोखेका छन् — डाडु पन्यु सबै आफ्नो हातमा चाहिने रे ! के हामी चाहीं डेक्चि मस्काएर बस्ने ! भन्दै भो यस्तो पार्टी एकता नगरेकै राम्रो ! भन्दै एमालेको व्यवहार प्रति आक्रोस पोख्छन् ।

एकता हुन सकेमा पक्कै पनि देशले समृद्धिको काचुली फेर्न सक्ला तर दुबै पार्टीका शिर्ष नेताहरुले बेलैमा एकताका बारेमा स्पष्ट पार्न नसके बल्ल तल्ल जुट्न आटेका कार्यकर्ताको मन आक्रोसले भरिन सक्छ । यसकारण वामगठबन्धनका नेताहरुले कार्यकर्तामा छाउन सक्ने आक्रोसका बारेमा बेलैमा संवेदनशिल हुन सकेमा नै वेस होला की !

Related News

पार्टी एकता नभएसम्म माओवादी सरकारमा सामेल नहुने, के होला एकता ?

काठमाडौं, ४ फागुन । एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने…

ओलीलाई प्रधानमन्त्री बनाउन बाम गठबन्धनले गर्यो दावी पेश

काठमाडौं, ३ फागुन । बाम गठबन्धनले एमाले अध्यक्ष तथा काम गठबन्धनका नेता के पी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेबी…

Comments are closed