अनुगमन आउने सूइँको पाएपछि अधिकांश औषधि पसलहरु बन्द

122 Hits

उदयपुर, १४ माघ ।

औषधि व्यवस्था विभागको अनुगमन आउने सूइँको पाएपछि कटारीका अधिकांश औषधि पसलहरु शुक्रबार र शनिबार बन्द गरिए।

विभागको शाखा कार्यलय विराटनगरबाट खटिएको टोलीले कटारीका औषधि पसलको छड्के चेक गर्ने सूचना औषधि पसलेहरुले पहिल्यै थाहा पाएका थिए। दर्ता नभएका, बिल दुरुस्त नराख्ने, म्याद गुज्रेका औषधिहरु राखेका हुन सक्ने औषधि पसलहरुले अनुगमनको सूचना पाउनासाथ पसल बन्द गरेका थिए।

अधिकांश औषधि पसल किन बन्द भन्दै इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनील पौडेललाई अनुगमन टोलीले जानकारी मागेका थिए । तर उनले यसमा अनविज्ञता प्रकट गरे।  अनुगमन आउँदा औषधि पसल बन्द भएपछि स्थानीयले गुणस्तरमा आशंका व्यक्त गरेका छन्।

जनता साझा पोलीक्लीनिक, सगरमाथा हास्पिटल, बारा मेडिको, देव मेडिको र रोहित रोशन मेडिको बन्द थिए। अनुगमनका क्रममा ओवैस फर्मामा बिक्री बितरणको बिल दुरुस्त नरहेको, पसल दर्ता प्रमाणपत्र नबिकरणको म्याद सकिएको र औषधि मिश्रीत साबुन (भ्याटमा खरीद) संचय गरेको भेटिएको औषधि व्यवस्था विभाग बिराटनगर शाखाका फार्मेसी अधिकृत बिजय कार्कीले  जानकारी दिए।

बन्द फार्मेसी दर्ता नभएका, बिल दुरुस्त नराख्ने, म्याद गुज्रेका औसधिहरु हुन सक्ने र विभागको मापदण्ड  पूरा नगरेके हुनसक्ने फार्मेसी अधिकृत कार्कीले बताए।

कटारी मोडल हेल्थ केयर प्रा.ली, आस्था हस्पिटल प्रा.ली., उज्वल मेडिको, ओवैस फर्मा, शाह मेडिको ,कटारी आस्था मेडिको र हलेसि फार्मेसी भने खुलेका थिए।

अनुगमनमा असहयोग गरेकाले बन्द फार्मेसीलार्इ जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय मार्फत पत्रचार गरी कारबाहीको प्रकिया अगाडि बढाउने फार्मेसी अधिकृत अबिनाश प्याकुरेलले बताए।

Loading...

Related News

मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन

नुवाकोट, २९ कात्तिक सडक निर्माण्का क्रममा प्रभावित उपभोक्ताहरुले मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् । राष्ट्रिय गौरवको आयोजनाको…

सिन्धुपाल्चोकका सबै प्रहरी चौकी पालबाट सुविधासम्पन्न भवनमा

सिन्धुपाल्चोक, २१ कात्तिक । भुकम्पले क्षतीग्रस्त भएका सिन्धुपाल्चोकका प्रहरी चौकीहरु अब सुविधासम्पन्न भवनमा स्थानान्तरण भएका छन् । विनाशकारी भूकम्पमा कार्यालयहरु…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी