चोटले भरिएको अस्ट्रेलियन ओपनको फाइनल , फेडेररसामु सिलिचको चुनौती

154 Hits

मेलबर्न — रोजर फेडेरर र २० औं ग्रान्डस्लामको बीचमा क्रोएसियाका मारिन सिलिच एकमात्र बाधक बनेका छन् । चोटले भरिएको अस्ट्रेलियन ओपनको फाइनल आइतबार मेलबर्न पार्कमा हुँदै छ ।

३६ वर्ष पुगिसकेका भेट्रान फेडेरर उमेरलाई चुनौती दिँदै ३० औं ग्रान्डस्लाम फाइनल पुग्दा उनका परम्परागत प्रतिद्वन्दी भने पराजित भइसकेका छन् । विश्व नम्बर एक राफेल नाडाल, ६ पटक उपाधि विजेता नोभाक जोकोभिच र पूर्व–विजेता स्टान वावरिन्का चोटका कारण प्रतियोगिताबाट चाँडै बाहिरिए भने एन्डी मरेले सहभागिता नै जनाएनन् । यता, फेडेरर छैटौंपल्ट अस्ट्रेलियन ओपन उपाधि जित्ने दाउमा छन् ।

सिलिचले यसअघि फेडेररलाई सन् २०१४ को यूएस ओपन सेमिफाइनलमा पराजित गरेका थिए । दुवै खेलाडीले खेलेको ९ खेलमा सिलिचले जितेको त्यही एउटा खेल हो । प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन फेडेररले कुनै सेट नगुमाई फाइनलसम्म यात्रा तय गरेका हुन् ।
फेडेरर फाइनल खेल जितेर सर्वाधिक ६ पटक अस्ट्रेलियन ओपन जित्ने तेस्रा खेलाडी बन्ने अभियानमा छन् । यसअघि जोकोभिच र अस्ट्रेलियाका रोय एमर्सनले पनि यो उपलब्धि हासिल गरेका छन् । ‘मैले आफ्नो खेलको कुनै पक्षमा सुधार गरेको हैन । म प्रतियोगिताको सुरुआतदेखि लगातार राम्रो प्रदर्शन गर्न सकेकामा खुसी छु,’ उनले थपे, ‘मैले सबै खेल जितेको छु र कुनै सेट हारेको छैन । जब यस्तो प्रदर्शन हुन्छ, आफूमा आत्मविश्वास बढेको आभाष हुन्छ । ’
नतिजा जेसुकै भए पनि फेडेरर दोस्रो वरीयतामै रहने छन् । यता सिलिच भने छैटौं वरीयताबाट करिअरकै उच्चमा पुग्दै छन् । २९ वर्षीय सिलिच अस्ट्रेलियन ओपनको फाइनल पुग्ने पहिलो खेलाडी हुन् । उनको करिअरको सबैभन्दा ठूलो उपलब्धि १४ औं वरीयता हुँदा सन् २०१४ को यूएस ओपन जित्नु रहेको छ । गत वर्ष विम्बल्डन फाइनलमा चोटका कारण फेडेररलाई चुनौती दिन चुकेका सिलिच यसपालि राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छन् ।
क्वाटरफाइनलमा नाडल र सेमिफाइनलमा काइल एडमन्डलाई पराजित गरेका सिलिच कठिन भिडन्तका लागि तयार रहेको बताउँछन् । ‘केही खेल सोचेभन्दा लामो समयसम्म पुगे पनि म शारीरिक रूपमा बलियो महसुस गरिरहेको छु । यस प्रतियोगितामा मेरो प्रदर्शन निकै राम्रो छ,’ क्रोएसियाली सिलिचले भने, ‘आक्रामक खेल खेल्दा मेरो सट राम्रो लागिरहेको छ । सबै पक्षमा मेरो स्तर सुध्रिएको महसुस भएको छ ।’ फेडेररले पनि राम्रो टेनिस खेलिरहेकाले फाइनल निकै प्रतिस्पर्धात्मक रहने उनको बुझाइ छ ।

Loading...

Related News

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, एकदिवसिय मान्यता प्राप्त

काठमाडौं, १ चैत । क्रिकेटको क्षत्रमा नेपालले अभूतपुर्व सफलता हात पारेको छ । अन्तर्राष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता पाएसँगै नेपालले अभुतपुर्व…

हङकङसँग जितेमा नेपाल सुपर सिक्समा, अफगानिस्तानसँग भने पराजीत

काठमाडौं – विश्वकप छनोटको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले ६८…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी