त्रिविका सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु

132 Hits

मूलखबर
काठमाडौं, १४ माघ

त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ । केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ । त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन् । झापामा खुलेको कृषि क्याम्पससहित त्रिविमा अहिले ६० वटा आंगिक क्याम्पस छन् । ३९ वटा केन्द्रीय विभागमा ०७१ देखि नै सेमेस्टर प्रणाली सुरु भइसकेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले अब त्रिविका स्नातकोत्तर तह पढाइ हुने कुनै पनि क्याम्पसमा वार्षिक विषय प्रणाली नरहेको बताए । प्राविधिक विषयमा पहिलेदेखि सेमेस्टर प्रणाली भए पनि धेरै विद्यार्थीको चाप हुने व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकायका सबै विषयमा देशभरका क्याम्पसमा पहिलोपटक सेमेस्टर सुरु भएको उनको भनाइ छ । कानुन संकायमा स्नातकोत्तरमा सेमेस्टर सुरु भइसकेको छ ।

अहिलेसम्म त्रिविमा केन्द्रीय विभाग र उपत्यकाका क्याम्पसहरूमा सबै विषयमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएको छ । त्रिविमा सेमेस्टर प्रणालीको परीक्षा सञ्चालन र नतिजा सार्वजनिकको काम डिन कार्यालयहरूबाट हुँदै आएको छ । तर, पर्याप्त पूर्वाधार विकास नहुँदा समयमै परीक्षा र नतिजा सार्वजनिक गर्न सकेको छैन । देशभरमा सेमेस्टर प्रणाली लागू भएपछि कसरी समयमै सेमेस्टरको चक्र पूरा गर्ने भन्नेमा प्राध्यापकहरू चिन्तित छन् ।

त्रिवि उपकुलपति खनियाँले डिन कार्यालय व्यवस्थित बनाउँदै लैजाने बताए । डिन कार्यालयमा आवश्यक हुने जनशक्ति तथा अन्य पूर्वाधार थपिँदै लगेको खनियाँले बताए । सिस्टम परिवर्तन हुँदा व्यवस्थित हुन समय लाग्ने र त्यसका लागि ओरियन्टेसनलगायतका काम गर्दै आएको उनले बताए । उपत्यकाबाहिरका क्याम्पसमा समेत विभागको अभाव हुन नदिने बताए ।

थोरै विद्यार्थी हुँदा पनि समस्या
त्रिवि शिक्षाध्यक्षको कार्यालयले दिएको शैक्षिक क्यालेन्डर भत्काएर डिन कार्यालयपिच्छे फरक–फरक सेमेस्टर प्रणाली सञ्चालन भएको छ । कतिपय डिन कार्यालयले सेमेस्टरको परीक्षा सम्पन्न गर्न १० महिना लगाएका छन् । उनीहरूले समयमै परीक्षा सम्पन्न नहुनुमा निर्वाचनलगायत कारण देखाउने गरेका छन् ।

व्यवस्थापन संकायको डिन कार्यालय सबैभन्दा पछाडि परेको छ । त्रिविले स्नातकोत्तर तहमा केन्द्रीय विभागले सुरु गरेको सेमेस्टर प्रणाली उपत्यकाका आंगिक क्याम्पसमा कार्यान्वयन गरेको छ । कसैले पहिलो सेमेस्टरको पढाइ गत वैशाखदेखि र कुनै क्याम्पसले असारबाट सुरु गरेको डिनहरूले जनाएका छन् । यसपटक सबै डिन कार्यालयले एकैपटक भर्ना प्रक्रिया सुरु गरेका छन् । अहिले प्रथम सेमेस्टरको नयाँ भर्ना प्रक्रिया सबैले एकैपटक सुरु गरेका छन् । समयमै परीक्षासमेत लिन नसकेको त्रिविले नतिजा सार्वजनिकसमेत एकैपटक गर्ने जनाएको छ ।

Loading...

Related News

भरतपुर महानगरलाइ शिक्षाकाे क्षेत्रमा पनि पहिलाे बनाउँछाैं- रेणु दाहाल

चितवन, चैत । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरलाइ शिक्षाकाे क्षेत्रमा पनि पहिलाे बनाउने बताएकी छिन् । आजको आवश्यकता…

पाएनन् विद्यार्थीले खाजा, विद्यार्थी खाजाको डेढ अर्ब बढी रकम फ्रिज हुँदै

काठमाडौं २६ फागुन शैक्षिक सत्र सकिन एक महिना मात्र बाँकी रहदा समेत प्रदेश सरकार तथा कर्मचारीको हेलचेक्र्याइँका कारण विद्यार्थीले दिवा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी