चलचित्रलाई ‘फिल्म’ बनाउने उत्कृस्ट भिजुअल इफेक्ट आर्टिस्ट सत्यम

407 Hits

काठमाडौँ । नेपाली चलचित्रहरु आज अन्तरास्ट्रिय स्तरका बन्न थालेका छन् । नेपाली चलचित्र उधोगमा नयाँ नयाँ प्रविधि र नौलो प्रयोगहरु हुन थालेका छन् । पछिल्लो समय नेपाली चलचित्रलाई उच्चस्तरको बनाउनमा भिजुअल इफेक्टको ठुलो हात रहेको पाइन्छ । चलचित्र निर्माणका बिभिन्न पाटाहरु जस्तै निर्देशक, कथा, गीत, संगीत छायाँकन, सम्पादन जस्तै आज नेपाली चलचित्रमा भिजुअल इफेक्टको पनि ठुलो भूमिका भएको पाइन्छ ।
भिजुअल इफेक्ट आजको चलचित्र दुनियाँमा एक अति नै महत्वपुर्ण भाग भएको छ । कुनै पनि चलचित्रमा छायाङकन गर्न अतिनै गाह्रो वा असम्भव दृष्यहरु भिजुअल इफेक्टको प्रयोग गरी कम्प्युटरमा नै बनाउन सकिन्छ । बिना कुनै धनजनको क्षति, खतरनाक तथा काल्पनिक दुनियाँको दृष्यहरु भिजुअल इफेक्टबाट बनाउन सकिन्छ । आज नेपाली चलचित्रमा यस्तै किसिमको काम गर्ने प्रविधिकहरुको ठुलो माग छ । नेपाली चलचित्रमा भिजुअल इफेक्ट सम्बन्धि कार्य गर्ने नेपालकै उत्कृस्ट भिजुअल इफेक्ट आर्टिस्ट हुन् सत्यम राना ।
नेपाली चलचित्र उधोगमा भिजुअल इफेक्ट नहुँदा चलचित्रहरुमा निर्देशकले इच्छा गरे अनुरुप कतिपय बस्तुहरु पर्दामा उतार्न कठिन हुन्थ्यो । यसले गर्दा चलचित्रहरुमा माग गरिएको दृष्यको कमिका कारण अधुरोपनको आभाष हुन्थ्यो । तर नेपाली चलचित्रमा भिजुअल इफेक्टको प्रयोग अहिले दिनानुदिन बढ्दै गएपछि नेपाली चलचित्र जगतमा अहिलेको भिजुअल इफेक्ट आर्टिस्ट को छन् भनेर प्रश्न गर्दा उत्तर भने सत्यम राना हुन ।

सत्यम अहिलेका सबैभन्दा महङ्गा र उत्कृस्ट भिजुअल इफेक्ट आर्टिस्ट हुन । अहिलेका नेपाली चलचित्रहरुमा कथाले मागेका दृष्य चाहे त्यो काल्पनिक दुनियाँको होस् चाहे त्यो वास्तविक दुनियाँको लागी असम्भव होस्, त्यस्ता दृष्यहरु सत्यमले भिजुअल इफेक्टको प्रयोग गरेर सजिलै पर्दामा उतार्ने गरेका छन् । नेपालगञ्ज स्थायी घर भएका ३० वर्षे जवान सत्यम यस विधामा माहिर छन । उनले चलचित्र फेसबूकमा अन्तरिक्षबाट नेपाल र नेपालबाट फेरी अन्तरिक्षमा फर्किने भिजुअल इफेक्ट मार्फत दृष्य बनाएर निकै चर्चा कमाएका थिए । यस्तो ‘अर्थ जूम’ इफेक्ट उनले नेपाली चलचित्रमा पहिलो पटक गरेका थिए ।
यसरि जहिले पनि नयाँ नयाँ तरिका प्रयोग गरेर उनले नेपाली चलचित्र उद्योगको भिजुअल इफेक्टको पाटोमा ठुलो योगदान पुर्याएका छन । उनको कामप्रतिको इमान्दारिता तथा उत्कृष्ट कार्यको कारण उनले विभिन्न राष्ट्रियस्तरका अवार्डहरु प्राप्त गरेका छन । यसै सिलसिलामा एलजी फिल्म अवार्ड २०१६ र २०१७ मा लगातार उत्कृष्ट भिजुवल इफेक्ट अवार्ड उनले हात पारेका थिए ।

आज अन्तराष्ट्रिय जगतमा पनि भिजुअल इफेक्ट आर्टिष्टको माग ज्यादै छ । उनले ३ दर्जन जति फिल्ममा काम गरिसकेका छन् । नेपाली चलचित्र फेसबुक, ड्रिम्स, ए मेरो हजुर २, जय परशुराम, बाटो मुनिको फूल २ आदि थुप्रै फिल्ममा भिएफएक्सको काम उनले गरेका हुन् । उनको काम, नयाँ प्रयोग तथा नौलो परिकल्पना आदिलाई आज आएका नयाँ भिजुअल इफेक्ट आर्टिस्टहरुले अनुशरण गर्दै आएका छन् । यसरि उनको ज्ञान, शीप तथा परिश्रमले आज उनी नेपाली चलचित्र क्षेत्रमा विशेस स्थानमा रहेका छन् । ‘भिजुअल इफेक्टबिना आज नेपाली चलचित्र बनाउन सोच्नै सकिदैन ।’ चलचित्र विरंगनाका निर्माता श्याम थापा भन्छन्- नेपाली चलचित्रमा अव्वल ढङ्गमा कार्य गर्ने सत्यमले नेपाली चलचित्र जगतको भिजुअल इफेक्ट आर्टमा ठुला योगदान पुराएका छन् । चलचित्र विरंगानामा अहिले सत्यमले भिएफएक्सको काम गरिरहेका छन् । काम राम्रो भएतापनि राज्यले यसलाई उचित ध्यान नदिएको गुनासो सत्यमको छ ।

नेपाली चलचित्र फेसबुक, ड्रिम्स, ए मेरो हजुर २, जय परशुराम, बाटो मुनिको फूल २ आदि थुप्रै फिल्ममा भिएफएक्सको काम उनले गरेका हुन् ।

सत्यमको परिचय
सत्यम को वास्तविक पुरा नाम सत्यम राना हो । उनी नेपालगञ्जका स्थायी वासिन्दा हुन् । अध्ययनको सिलसिलामा काठमाडौं प्रवेश गरेका युवा सत्यम ३० वर्षको हाराहारीमा नेपालको नाम चलेका भिएफएक्स इडिटरमध्येमा उत्कृष्ट बन्न सफल भएका छन् । सात वर्षको छँदा घरमा रहेको श्याम श्वेत टिभिमा हिन्दी सिरीयल चन्द्राकान्तामा मान्छे उडेको, फाइट गरेको आदि दृश्यले प्रभावित सत्यमले ठूलो भएपछि त्यसैको छापले यो फिल्डमा आएको बताउँछन् । राजधानीको भानुभक्त माविबाट एसएलसि गरेका सत्यमले युनिभर्सल कलेजबाट व्यवस्थापन विषयमा १२ कक्षा उत्तिर्ण गरेका थिए । त्यसपछि उनले एरिना मल्टीमिडियाबाट भिएफएक्बारे ज्ञान हासिल गरेका हुन् । अहिले भिएफएक्सबारे पढाउने काम समेत गरेका रानाले भविष्यमा यस सम्वन्धी विश्वव्दिालय नै खोल्ने सपना देखेका छन् आफूले जनोको कुरा सिकाउन कत्ति पनि नहिच्किचाउने सत्यमले भिएफएक्स इफेक्टबारे बताउँदै भन्छन् यसमा विभिन्न प्रकारका इफेक्टहरु हुन्छन् ।
वायर पेष्टिङ्ग, थ्रि डि क्यमरा ट्रयाकिंग, प्लानर ट्रयाकींग, सिजिआई आदि । वास्तकि रुपमा जोडिएका तार वा डोरीहरुलाई हटाई हावामा उँडेको बनाउने लगायतका इफेक्टहरु वायर पेष्टिंगमा पर्दछन् । व्याकग्राउण्ड (पृष्ठभुमि) लाई फेरेर अर्कै बनाउने इफेक्टहरु थ्रि डि ट्रयाकींगमा पर्दछन् । त्यसैगरी गोली लागेको र ढलेको आदि इफेक्टहरु प्लानर ट्रयाकींगमा पर्दछन् । सत्यम यस क्षेत्रमा आफ्नो अग्रज वा गुरु अच्युत गजुरेललाई मान्दछन् । म भन्दा अगाडि अच्युत दाईहरुले यो क्षेत्रमा हात हाल्नुभएको हो राना भन्छन् त्यसपछि अहिले यसप्रति विस्तारै आकर्षण बढ्दै गएको छ ।

बिना कुनै धनजनको क्षति, खतरनाक तथा काल्पनिक दुनियाँको दृष्यहरु भिजुअल इफेक्टबाट बनाउन सकिन्छ । आज नेपाली चलचित्रमा यस्तै किसिमको काम गर्ने प्रविधिकहरुको ठुलो माग छ । नेपाली चलचित्रमा भिजुअल इफेक्ट सम्बन्धि कार्य गर्ने नेपालकै उत्कृस्ट भिजुअल इफेक्ट आर्टिस्ट हुन् सत्यम राना ।

भिएफएक्स इफेक्टहरु नेपाली भन्दा वलिउड र हलिउडमा अत्यन्त प्रचलित र प्रख्यात छन् । सत्यम यदि उच्च प्रविधि र लगानी हुने हो भने आफू बलिउड र हलिउडका फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने दावी गर्दछन् । हामी सँग उच्च प्रविधियुक्त कप्युटर र क्यामराहरु छैनन् तैपनि हामीले जे गरेका छौं कम लगानी र प्रविधिबाट यत्तिको गरेका छौं । उनले भने यदि राज्यले यस बारेमा चासो देखाउने र लगानी गर्ने हो भने नेपालले बलिउड र हलिउड्का स्टायण्डर्डका फिल्महरु यही उत्पादन हुन्छन् । उनले त्यसो गन सकेमा हाम्रो देशमा पुँजी वृद्धि हुने मात्र नभई बाहिर गएका पैसाहरुको क्रम पनि रोकीने दावी गर्दछन् । उनले नेपालमा रिग्ड क्यामरा, मोसन क्याप्चरींग डिभाइस र कम्पयुटर सहतका वर्क स्टेशन निर्माणमा राज्यले लगानी गनुपर्ने बताए । अहिले फ्रि ल्यान्सरको रुपमा काम गरिरहेका रानाले भिएफएक्स इफेक्टको कन्सेप्टलाई इन्जिीनियरिंगमा उपयोग गर्ने हो भने धेरै असम्भव मानिएका संरचना निर्माणमा पनि सहज हुन सक्ने तर्क गर्दछन् ।

Loading...

Related News

‘वीराङ्गना’को मसला एक्शन ट्रेलरमा यस्तो छिन् शिल्पा

मूलखबर। काठमाण्डौ   अभिनेत्री शिल्पा पोखरेल तथा अनुप विक्रम शाही स्टारर ‘वीराङ्गना’को एक्शनमय ट्रेलर सार्वजनिक भएको छ। असार २९ गते…

Why sexual harassment is a reality in Bollywood ?

Media captionBollywood actresses Radhika Apte and Usha Jadhav are speaking out about sexual harassment Every year thousands of young men…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी