अब सरकारको कुनै पनि गलत निर्णयको विरोध गर्ने अधिकार कांग्रेसले गुमायो

243 Hits

काठमाडौं, १३ माघ ।
नेपाली कांग्रेसका नेता तथा काठमाडौं ४ बाट प्रतिनिधि सभाका साँसद गगन थापाले शेर बहादुर देउवा नेतृत्वको आफ्नै सरकारले गरेका निर्णयहरुले अब कुनै पनि सरकारले गने गलत कामको विरोध गर्ने अधिकार कांग्रेसले गुमाएको बताएका छन् । कामचलाउ अवस्थामा रहेको आफ्नै सभापति नेतृत्वको सरकारले गरेका कामबारे टिप्पणी र आलोचना गर्दै गगन थापाले भने अब केही समय पछि हामी प्रतिपक्षमा बस्नुपर्नेछ । प्रतिपक्षमा जाँदै गरेको पार्टीले अब बन्ने सरकारले गरेका गलत कामको प्रतिवाद गर्नुपर्ने हुन्छ तर अहिले जसरी बृद्ध भत्ता, शहीद घोषणा, नियुत्ति लगायतका गम्भीर निर्णयहरु गरिएका छन् त्यसले अबको सरकारले जे गरेपनि हामीले विरोध गर्न सक्ने अवस्था रहँदैन । त्यसले स्वयं लोकतन्त्रलाई समेत सिध्याउँछ ।
कान्तिपुर टेलिभिजनसँगको प्रतिक्रियामा सांसद थापाले अहिले गरिएका निर्णयले कांग्रेसको राजनीतिक नैतिकताको धरातल कमजोर बनाएको बताए । उनले सरकारले गम्भीर प्रकृतिका महत्व राख्ने निर्णयहरु गर्न तत्काल रोक्नुपर्ने समेत बताए । उनले कांग्रेसका केही व्यत्ति र प्रवृत्तिले गर्दा सिंगो कांग्रेसको अस्तित्व खतरामा पर्ने सम्भावना भएकाले गर्दा इमान्दार कार्यकर्तालाई सरकारको आलोचना गर्न पनि आग्रह गरेका छन् ।

Loading...

Related News

गच्छदारलाई महासमितिपछि मात्रै जिम्मेवारी : प्रबक्ता शर्मा

काठमाडौं, २७ कात्तिक । उपसभापति विजयकुमार गच्छदारले महासमिति बैठकपछि मात्रै पार्टीमा जिम्मेवारी पाउने भएका छन् । नेपाली कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माका…

कांग्रेसमा देउवा विरुद्ध पुर्व संस्थापन पक्ष एक, सुजाता निवासमा भेला

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा विरुद्धको मोर्चाबन्दी शुरु भएको छ । १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी