देउवा सरकारको कदम लोकतन्त्रको उपहास !

339 Hits

-संगिता खड्का-
जनताद्धारा छानिएका प्रतिनीधिले जनताका लागि गरिने शासन पद्धती नै प्रजातन्त्र अर्थात लोकतन्त्र हो । यो भनाई आजको नभै करिब डेढ सय वर्ष अगाडि राजनीतिज्ञ अब्राहम लिङ्कनले भनेका थिए । नेपाली राजनीतिमा सबैभन्दा पूरानो र आफुलाई प्रजातन्त्रको जननी सम्झने दल नेपाली कांग्रेसले सरकारका नाममा गरेका निर्णयहरुले भने यतिबेला लोकतन्त्रकै खिल्ली उडाएको छ । यस निर्वाचन अघिको सबैभन्दा ठुलो र निर्वाचन पछि सानो आकारमा खुम्चन बाध्य भएको नेपाली कांगेस निर्वाचन सकिएको झण्डै २ महिना वित्न लाग्दा पनि प्राविधिक कारणवस जो सत्तामा नै छ उसले जाँदा जाँदै गरिरहेका निर्णयहरुले लोकतन्त्रको उपहास गरेको छ ।

काम चलाउ सरकारमा रुपान्तरण भैसकेको सरकारले केवल दैनिकि मात्रै संचालन गर्ने मान्यता सामान्य नैतिकताको विषय हो । तर कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट विदा लिदैं गर्दा मानौंकि सरकारको नीति तथा कार्यक्रम ल्याउन खोजे जस्तै कथित लोकप्रियताका लागि दिर्घकालिन महत्वका निर्णयहरु गरिरहेको छ । देशको ढुकुटीलाई धरासायी पार्नेगरी करोडौं रकम कार्यकर्तालाई बाड्ने , नेपालीको औसत आयु बढिरहँदा बृद्ध भत्ताका लागि ७० वर्षलाई घटाएर ६५ वर्ष बनाउने , निर्वाचनबाट पराजित भएर सरकार छोड्ने संघारमा पनि विभिन्न ठाउँमा कार्यकर्ता नियुक्ति गर्ने, केही व्यक्तिको हितका लागि नयाँ पद सिर्जना गरेर सिंगो संस्थालाई नै धरासायी बनाउने जस्ता दर्जनौं दिर्घकालिन महत्वका निर्णयहरु गरेर देउवा सरकारले लोकतन्त्रमाथिकै उपहास गरेको छ । निर्वाचन भनेको लोकतन्त्रमा जनमत प्राप्त गर्ने एउटा मैदान हो जुन पटक पटक आउँछ । एक पटक जनमत पाइएन भने पनि हार्ने दलले आफ्नो विवेक गुमाउँदैन लोकतन्त्रमा ।

अबका ५वर्ष सत्ताबाट नेपाली कांग्रेस टाढा बस्नु पर्ने कुरा निश्चित हो तर कांग्रेसले ५ वर्षपछि फेरी जनताको मन जित्नका लागि प्रयत्न गर्नुको साटो लोकतन्त्रकै मुल्यमान्यताको धज्जी उडाउने खाल्का निर्णय गर्ने हो भने ५ वर्ष होइन नेपाली कांग्रेस कहिल्यै उठ्न नसक्नेगरि विघटनको बाटोमा जानेछ ।

प्राविधिक कारण वस निर्वाचन सम्पन्न भएको करिब डेढ महिना भन्दा बढि समयसम्म सत्तामा रहेको र करिब अझै एक महिना सम्म सरकारमा नै बस्ने सुविधा पाएको नेपाली कांग्रेसले अहिले जाँदा जाँदै सरकार मार्फत गरेका निर्णय देख्दा लाग्छ राजनीतिमा नैतिकता भन्ने कुनै चिज नै हुदैन । कुनै पनि सरकार अल्पमतमा पर्ने वित्तिकै चाहे त्यो सबैभन्दा ठुलो होस् वा सानो दल, उ कामचलाउ सरकारको रुपमा गएपछि दिर्घकालिन महत्वका निर्णयहरु गर्दैन । यो राजनीतिको सामान्य नैतिकता भित्र पर्ने कुरा हो । कामचलाउ सरकारले केबल नियमित संचालनका काम मात्रै गर्दछ । त्यसमाथि निर्वाचन मार्फत जनमतबाट पाखा लागेको अबस्थामा त झनै कुनै पनि महत्वपूर्ण निर्णय गर्ने नैतिक अधिकार नै रहदैन । यदि आफुलाई प्रजातान्त्रिक वा लोकतान्त्रिक दल भन्नेहरुले जनमतको सामान्य नैतिकतालाई ख्याल गर्ने हो भने अर्को पटकका लागि जनतामा जानका लागि पनि आफ्नो नैतिकता बचाइ राख्नु पर्दछ । तर जनमतबाट पाखा लागेर पनि केहीदिनका लागि प्राविधिक कारण बस सत्तामा रहेको नेपाली कांग्रेसले जाँदा जाँदै आफ्ना मान्छेलाई विभिन्न निकायमा नियुक्ति गर्ने , बृद्धभत्ताका लागि उमेरहद घटाउने ,प्रहरीमा माथिल्लो निकायमा दरबन्दी थप्ने लगायत सयौं विवादास्पद निर्णय गरेको छ । लाग्दो हो जाँदा जाँदै गरेका नियुक्ति र मुलुकको अर्थतन्त्रलाई नै डामाडोल पार्ने निर्णयले नेपाली कांग्रेसले बडो बहादुरीको काम र लोकप्रिय काम गरेको छ ।

देशको ढुकुटीलाई धरासायी पार्नेगरी करोडौं रकम कार्यकर्तालाई बाड्ने , नेपालीको औसत आयु बढिरहँदा बृद्ध भत्ताका लागि ७० वर्षलाई घटाएर ६५ वर्ष बनाउने , निर्वाचनबाट पराजित भएर सरकार छोड्ने संघारमा पनि विभिन्न ठाउँमा कार्यकर्ता नियुक्ति गर्ने, केही व्यक्तिको हितका लागि नयाँ पद सिर्जना गरेर सिंगो संस्थालाई नै धरासायी बनाउने जस्ता दर्जनौं दिर्घकालिन महत्वका निर्णयहरु गरेर देउवा सरकारले लोकतन्त्रमाथिकै उपहास गरेको छ ।

यदि कांग्रेसीजनले यसरी नै सोचेका छन् भने आफुलाई सबैभन्दा पुरानो दल र प्रजातन्त्रको मसिहा ठान्ने दल अब साच्चै पूर्ण रुपमा विघटनको संघारमा पुगेछ भन्नु पर्ने हुन्छ । निर्वाचनमा एकपटक जनमत नपाउनुको अर्थ त्यसपछि कहिल्यै जनमत नपाउनु होइन । तर लोक हास्ने कामलाई तिब्रता दिदै जाने हो भने सत्ता छोडेर जाँदै गर्दा कांग्रेस नेत्तृत्वको सरकारले जुन नैतिकहिन काम गर्दै सत्तालिप्साको चरम नमुना देखाएको छ यो कदमले संभवत जतिले मत दिएका थिए कांगेसलाई त्यति मध्ये धेरैलाई यतिबेला मत हालेकोमा लज्जाबोध हुने अबस्था आएको छ । जसले आफुलाई प्रजातन्त्रको मसिहा दावि गर्छ उसका काम भने सबैभन्दा अलोकतान्त्रिक रहन्छ । जसले सामान्य नैतिकतालाई समेत ख्याल नगरि नयाँ जनमत प्राप्त दललाई सहज रुपमा सत्ता हस्तान्तरण गरेर विदा भएर अर्को निर्वाचनमा जनमत जित्नका लागि आफ्ना कमजोरीलाई सुधारेर अघि बढ्नु त कता हो कता हो यहि अन्तिम मौका सम्झेर देशलाई खोक्रो पार्ने अभियानमा लाग्छ त्यो लज्जाजनक कार्यलाई जनताले भने मुल्याङकन गरिरहेका हुन्छन् ।

२००७ सालको आन्दोलनको नेतृत्व गरेको दलको रुपमा आफ्नो बखान गरेर कहिल्यै नथाक्ने कांग्रेसका पछिल्ला गतिविधिले संभवत इमान्दर कांग्रेसीजनहरु समेत अचम्भित भएको हुनुपर्छ । सरकार हुनुको नाताले देशलाई दिर्घकालिन असरपार्ने खाल्का निर्णयलाई केहीदिन पछि बन्ने नयाँ जनमत प्राप्त वाम गठबन्धनको सरकारले खारेज गर्ने कुरा बाम गठबन्धनका नेताहरुले बताइसकेका छन् भने किन नैतिकता गुमाउने काममा देउवा सरकार कम्मर कसेर अघि बढ्दैछ रु निर्वाचनमा कहिले कुनै दल पहिलो बन्छ त कहिले कुनै दल , अहिले प्रमुख दल भनिएका कांग्रेस ,एमाले र माओवादी पछिल्लो एक दशकमा भएका तिनवटा निर्वाचनमा पहिलो, दोस्रो र तेस्रोको अनुभब सबैले सम्हालेका छन् । अबका ५वर्ष सत्ताबाट नेपाली कांग्रेस टाढा बस्नु पर्ने कुरा निश्चित हो तर कांग्रेसले ५ वर्षपछि फेरी जनताको मन जित्नका लागि प्रयत्न गर्नुको साटो लोकतन्त्रकै मुल्यमान्यताको धज्जी उडाउने खाल्का निर्णय गर्ने हो भने ५ वर्ष होइन नेपाली कांग्रेस कहिल्यै उठ्न नसक्नेगरि विघटनको बाटोमा जानेछ ।

यदि आफुलाई प्रजातान्त्रिक वा लोकतान्त्रिक दल भन्नेहरुले जनमतको सामान्य नैतिकतालाई ख्याल गर्ने हो भने अर्को पटकका लागि जनतामा जानका लागि पनि आफ्नो नैतिकता बचाइ राख्नु पर्दछ ।

जनता धेरै सचेत भईसकेका छन् । आफुले पुरा गर्नु पर्ने होइन भन्ने नाममा देशको अर्थतन्त्रलाई नै धरासायी बनाउने खाल्का निर्णयहरु कुन नियतले गरिएका छन् भन्ने कुरा जनताले सजिलै विष्लेषण गर्न सक्छन् । सरकारमा बसेर कुनै लोकप्रिय काम दिन नसक्ने , भुकम्प पुर्ननिर्माण प्राधिकरण जस्तो महत्वपूर्ण निकाय पटक पटक आफुले सम्हाल्दा पनि सिंको नभाच्ने तर अहिले जाँदा जाँदै नीति तथा कार्यक्रम ल्याए जस्तो गरि कामचलाउ सरकारले निर्णय गर्नुको कुत्सित मनासय नेपाली जनताले सजिलै बुझिसकेका छन् । यस्ता कार्यले जनमत बढ्दैन उल्टो घट्छ भन्ने कुरा कांग्रेसका नेता कार्यकर्ताले बेलैमा बुझेनन् भने भिरबाट लड्नेलाई कसैले रोक्न सक्दैन भन्ने उखान चरितार्थ हुने कुरा सास्वत हुन पुग्ने छ ।

Loading...

Related News

बिप्लवकाे महापतनमा के छ ?

-डा. ऋषिराज बराल-  विषयप्रवेश ‘महापतन’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लिखित पुस्तकको नाम हो । नेपालीमा प्रायः सकारात्मक…

फेरि पनि प्रदेशकाे नाम र राजधानीकै कुरा

– रामनारायण बिडारी – प्रदेशको राजधानी र प्रदेशको नाम प्रदेशसभाबाट तोक्ने गरी सहमति भएर संविधानमा नै प्रदेशसभाको दुई तिहाइ सदस्यको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी