बेल्जीयममा शुरु भयो ‘होलीडे फेयर’, नेपाल चिनाउने स्टल (फोटोफिचर)

305 Hits

बेल्जीयम, ११ माघ ।
बेल्जीयममा नेपाल चिनाउन एउटा महोत्सवको आयोजना गरिएको छ । होलिडे फेयर नाम रहेको उत्त महोत्सव आजदेखि बेल्जीयमको आनतोरपीनमा शुरु भएको हो । नेपाली दुतावास बेल्जियम को आयोजना तथा गैर आवासीय नेपाली संघ बेल्जियम को सहयोग आयोजित होलीडे फेयर आन्तोरपीनमा चारदिन सम्म चल्नेआयोजकले जनाएका छन् । गैर आवासिय नेपाली संघ वेल्जीयमका अध्यक्ष लोक प्रसाद दाहालका अनुसार फेयर आन्तोरपीन पछि ब्रसेल्समा पनि आयोजना गरिनेछ । दाहालले आन्तोरपीनमा जनवरी २५ देखी २८ सम्म तथा ब्रसेल्समा फेबर्रीवरी १ देखि ४ सम्म संचालन हुने जानकारी दिनुभयो ।

बेल्जीयमका लागि महामहिम राजदूत तथा मुख्य आयोजक लोक बहादुर थापा र द्वितीय सचिव भोजराज भुषाल विहान ९ बजे नै उपस्थित भई आगन्तुक र अवलेकनकर्ताहरुलाईहरूलाई स्वागत गर्नु भएको थियो तेसै गरी गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय समीतीका उपाधक्ष्य सपीला राज भन्डारी, सचिव जानकी गुरूड, महिला संमयोजक रजनी प्रधान, नेपाल सरकारका पर्यटन दुत तथा युरोप संमयोजक शिव बरूवाल पनि फेयर उद्घाटनका अवसरमा सहभागि हुनुभएको थियो । तेसैगरी काउन्सिल रबीन्द्र मान श्रेष्ठ, युवराज गुरुड, आई सी सी सदस्य पदम गुरूड, नेपाल सरकारका पर्यटन दुत तथा एन आन एन बेल्जियमका सदस्य बीनोद नेउपाने ले पनि फेयरमा सहभागि भई कार्यक्रम आयोजना गरेकोमा बधाई तथा शुभकामना दिंदै हौसला थप्नुभएको थियो ।

फेयरमा रहेका स्टल आकर्षक बनाइएका छन् । विशेष गरेर नेपालमा उत्पादित विभिन्न सामानहरु, मुर्तिहरु, फोटोहरु पेयरका आकष०ा बन्ने गरेका छन् । सो फेयरमा बेल्जीयम नेपाल फ्ण्डसिप एसोसियसनका ४ जना बेल्जीयम नागरिकले स्टलमा आउने अवलोकनकर्ता हरुलार्य नेपालका बारेमा जानकारी गराएका छन् । आयोजक संस्था एनआएनका अध्यक्ष दाहालका अनुसार वेल्जीयममा रहेका विभिन्न देशका नागरिकहरुले सटलमा अएर नेपालको बारेमा अतयन्तै चासो र उत्साहपूर्ण तवरले अवलोकन गर्ने तथा आउने गा्रहकलाई पोस्टर, ब्रोसर झोला फ्री मा दिएको छ र यो नेपाली दुतावासले राखेको स्टल हो ।

फेयरको पहिलो दिन आई सी सी सदस्य सरू चापागाई दिनभर अवलोकनकर्ताहरुको लागी जानकारी उपलव्ध गराउन स्टलमा रहनु भयको थियो भने नेपाली दुतावासका उपनियोगप्रमुख सुधीर भट्टराई सहीतको ४ जना दुतावासका कर्मचारी र अध्यक्ष लोक दाहाल, युरोप सम्योजक शिव बरूवाल पर्यटन दुत बिनोद नेउपाने भने हिजो दिनभर स्टल सजावटको काम गर्नुभएको थियो । त्यसैगरी हनरी काउन्सिल युवराज गुरूड र पत्रकार डिल्लि अमगाई तथा सपि भट्टले स्टल निर्माणमा भुमिका निर्वाह गर्नुभएको थियो ।  त्यसैगरी स्टल व्यवसथापनमा खड्क केसीको भुमिका रहेको थियो भने यस अभियानमा आर्थिक सहयोग गर्नुहुने बेल्जियम स्थित सबै संघ संस्थालाई धन्यबाद दिदै मेला समापन पस्चात सहयोग गर्नहुने संस्थाहरू लाई महामहिम राजदूतद्धारा सम्मान गरीने जानकारी अधक्ष्य दाहालले दिनु भयो ।

फेयरमा रहेका स्टलमा गौतम बुद्ध, पशुपतिनाथ, सगरमाथाका तस्विर र मुर्तिहरु मुख्य आकर्षणको केन्द्र विन्दु हुने गरेको दाहालले बताउनुभयो । त्यसैगरी नेपलाी कला र संस्कृति तथा उत्पादनहरुमा पनि अवलोकनकर्ताको चासो देखिएको छ ।
हेर्नुहोस केही तस्वीरहरु

तस्वीरहरु : लोक प्रसाद दाहाल

Loading...

Related News

एनआएनएले पररास्ट्रमन्त्री ज्ञवालीलाई जुलाई २७ मा बेल्जीयममा सम्मान गर्ने

बेल्जीयम, ९ साउन । गैर आवासिय नेपाली संघ बेल्जीयमले पररास्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई बेल्जीयममा स्वागत तथा सम्मान गर्ने भएको छ ।…

नेपाल महोत्सवसहित यसरी मनाईँदैछ बेल्जीयममा नयाँ वर्ष २०७५

काठमाडौं, ३० चैत । यहि १४ अप्रिल २०१८ का दिन नेपाली नयाँवर्ष तथा नेपाल महोत्सव कार्यक्रम बेल्जियमको केन्द्र लुभेनमा सम्पन्न…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी