विषादी प्रयोगले चरा हराउँदै, यो वर्ष छ प्रजातिका चरा हराए

191 Hits

चितवन, १० माघ ।

चितवन चराका लागि मुख्य वासस्थान हो । चरा पर्यटनका लागि आकर्षक गन्तव्य मानिन्छ, चितवनलाई । तर यहाँ चराको प्रजातिमा उतार–चढाव छ ।

यो वर्ष चरा अनुगमन गर्दा एकाएक छ प्रजातिका चरा हराए । सबै हाँस प्रजातिका छन् । सिमसारमा बस्ने सिन्दूरे हाँस, फुर्के, हरिहाँस, सुनचुरी, सोइरोपुच्छ«े र स्वेताखिभौं हाँस फेला परेन ।

“यी चराले लेउ खान्छन्, विषादीले लेउमा असर गरेको हुनसक्छ, चराविज्ञ टीका गिरी भन्नुहुन्छ, “खोला नदी प्रदूषित भएकाले अन्तै गएको हुनसक्छ ।” उत्तरबाट दक्षिण जाने यी चरा चितवन नाघेर दक्षिण गएको अनुमान उहाँको छ ।

हालैको अनुगमनमा चितवन निकुञ्ज पूर्वको सिमसारमा आश्रित कूल ४८ प्रजातिका चरा भेटिए । संख्याका हिसाबले हेर्दा सिमसार क्षेत्रमा पाइने चरा ११ हजार ७९१ वटा फेला परे । बर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष सरस्वती सेढाइ घना बस्ती जल प्रदूषण, विषादीको प्रयोग, जलवायु परिवर्तनलगायत कारणले चरालाई असर गरिरहेको दाबी गर्नुहुन्छ ।

“चरा बचाउनुपर्छ भन्ने चेतना कम छ, चेतनामूलक कार्यक्रम ल्याउनुपर्ने देखिन्छ” सेढाइले भन्नुभयो, पारिस्थितिक प्रणालीलाई कायम राख्न त चराको पनि महत्वपूर्ण भूमिका हुन्छ नि ।” अहिलेको अनुगमनमा सिलसिले र चखेवा मात्रै बढेको पाइन्छ । २०७३ सालमा अनुगमनमा चितवनमा ५४ प्रजातिका चरा भेटिएका थिए ।

त्यो बेला सिमसार क्षेत्रभरि गरेर कूल १० हजार ३२ चरा अभिलेख गरिएको थियो । २०७२ सालमा पानीमा आश्रित चरा ५० प्रजातिका थिए । उक्त समयमा कूल ११ हजार २६० वटा चरा फेला परेका छन् । २०७१ सालको तथ्यांकमा ४७ प्रजातिका चरा फेला परेका थिए । संख्या घटबढभन्दा पनि प्रजाति नै हराउनु ठूलो संकट हो ।

यो समयमा जाडो छल्न चरा नेपाल आउने गर्छन् । बाहिरबाट झण्डै १५० प्रजातिका चरा जाडो छल्न आउने गरेका छन् । जसमा हाँस प्रजाति मात्रै २२ भन्दा बढीका हुन्छन् । त्यसैले यही समयमा चराको अनुगमन हुन्छ ।

बसाइँ सरेर आउने १५० मध्ये जल क्षेत्रमा बस्ने ५० भन्दा बढी प्रजाति छन् । सगरमाथा नाघेर चरा नेपाल आएका छन् । पछिल्लो चार वर्षको तथ्यांक हेर्दा चरामा उतारचढाव देखिन्छ । चार वर्षदेखि बढ्दो क्रममा रहेको चरा यसपालि ह्वात्तै घटेर पुरानै अवस्थामा पुग्यो । अहिलेको अवस्थाले त्यती नराम्रो नभइसके पनि संकेत भने नराम्रो गरेको बताउनुहुन्छ, सोसाइटीका प्ूर्वअध्यक्ष तथा चराविज्ञ वासु विडारी । मुख्य गरी नदीमा ढल हाल्ने, प्रदूषणलगायत कारणले समस्या परेको उहाँको ठम्याइ छ ।

प्रकृतिसँगै चराको वासस्थान विनास तथा जलवायु परिवर्तनका कारण चराको अवस्थामा वार्षिक उतारचढाव आइरहेको छ । पक्षीविद् संघ नेपालका अध्यक्ष डा हेमसागर बराल पनि चरामा उतारचढाव भइरहेको बताउनुहुन्छ । घट्दो क्रमलाई कसरी रोक्ने भन्नेमा सरकारी ध्यान पुग्न नसकेको उहाँको तर्क छ । उहाँका अनुसार वासस्थान विनास, आहारा प्रजातिमा विभिन्न समस्यालगायत कारणले चरा संरक्षणमा चुनौती थपिँदो छ ।

चितवनमा पाइने चरामध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन् । नेपालमा ८८७ प्रजातिका चरा पाइनेमध्ये अधिकांश चितवनमा पाइन्छ । पछिल्लो तथ्यांकअनुसार चितवनमा ६३३ प्रजातिका चरा छन् ।
चराको संरक्षण र अनुसन्धानमा भने नेपालमा खासै काम हुन नसकेको भन्दै चरा विज्ञको गुनासो छ । यसपालि निर्वाचित सांसदलाई पनि चरा अनुगमनको प्रतिवेदन बुझाउने योजना चरा विज्ञको छ । (रासस

Loading...

Related News

४ महिनामा ११ हजार पर्यटक पुगे मनाङ

मनाङ, २५ जेठ । अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् ।…

भैरहवा विमानस्थललाई ३ अर्ब ३४ कराेड

काठमाडौँ, जेठ ।  सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ ।  हाल…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी