धरानमा ९० लाखमा होटल सञ्चालन, गायक कार्कीले गरे उद्घाटन

223 Hits

सुनसरी, १० माघ
धरानमा संगीतमय वातावरणमा सुविधासम्पन्न होटेल फ्रेन्ड्स गार्डेन प्रा. लि सन्चालनमा आएको छ । स्थानीय सुमन श्रेष्ठसहित ६ जना युवाहरूले ९० लाख रुपैयाँको लागतमा सन्चालनमा ल्याएको होटल फ्रेन्ड्सको गायक आनन्द कार्कीले उद्घाटन गरे ।

होटललाई फाउन्टेन, एकोरियम तथा धनकुटाका मुर्तिकार रोजन राईद्धारा निर्मित टेबल स्ट्याच्युले सजाइएको छ । सांगीतिक माहौलमा रमाउँदै बस्ने होटलको आवश्यकता महसुस भएकाले फ्रेन्ड्स होटल सन्चालनमा ल्याएको सन्चालक सुमन श्रेष्ठले बताए ।

उनका अनुसार होटलमा साप्ताहिक रुपमा विभिन्न सांस्कृतिक कार्यक्रम, नाटक, नृत्य, कविता वाचनलगायत सन्चालन गरिने उनले बताए । गायकसमेत रहेका सुमन श्रेष्ठका साथै मणी भुजेल, शम्भु थापा, राजकुमार लिङखा, रोशन राई र प्रज्वल जोशीको लगानी रहेको होटलमा ३० जनाले रोजगारीको अवसर पाएका कोशी अनलाइनमा समाचार छ ।

Loading...

Related News

धुुलिखेलका १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाइ, एक पटकमा १०० ले प्रयोग गर्नसक्ने

काभ्रे, १७ मङ्सिर धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट…

पिच शुरू भयाे भैरहवा विमानस्थल, पर्यटनमन्त्रीले गरे शुरूवात

भैरहवा, १३ कात्तिक  । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे रनवे (धावनमार्ग) अाजबाट पिच गर्न सुरू गरिएकाे छ । चिनियाँ र नेपाली कामदारले…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी