पार्टी एकतामा के लिने, के छाड्ने ?

353 Hits

नेपालमा कम्युनिस्टहरूको बलियो केन्द्र, बलियो सरकार बनाउने, आर्थिक विकास र समृद्धिको बाटो हुँदै समाजवादतिर जाने उद्देश्यसाथ अहिले एमाले(माओवादी पार्टी एकताको प्रयास थालिएको हो। एकता प्रयासबाट विश्वका प्रतिक्रियावादी शक्तिकेन्द्रहरू आतंकित भएका छन्। २१औं शताब्दीमा संसारभर कम्युनिस्ट आन्दोलन सिध्याइयो भनेको त फेरि नेपालमा कम्युनिस्टकै हातमा बहुमतसहितको सत्ता उदाउँदो छ भनेर उनीहरूमा बढी छटपटाहट देखिन थालेको छ। देशभित्रै पनि सामन्त, दलाल, नोकरशाहहरू सबैभन्दा बढी छटपटाएका छन्। नांगै आँखाले देख्ने गरी उनीहरूको छटपटाहट देखिएको छ। अर्कोतिर, एउटा यस्तो पंक्ति पनि छ, जसले एकता प्रक्रियामा खुसी मानेको छ। जनताको विशाल पंक्ति र कार्यकर्ता खुसी देखिएका छन्। श्रमजीवीहरू अझ बढी खुसी छन्।

०४६ सालको आन्दोलनभन्दा अगाडि म एउटा सानो समूहको महासचिव थिएँ। त्यतिबेला मोटो मशाल, पातलो मसाल, नेकपा चौम, सर्वहारा( श्रमिक संगठनलगायत माओ मान्नेहरू पनि थुप्रै थिए। त्यसमध्येका पार्टीहरू पनि एकले अर्कोलाई दलाल, गद्दार, दक्षिणपन्थी, मध्यपन्थी, जडसूत्रवादी, अराजकतावादी, सीआईडी आदि(इत्यादि आरोप(प्रत्यारोप गर्थे।

एमाले त अझ हामी माओवाद मान्नेहरूभन्दा धेरै टाढा थियो। माओ, जनवाद, बलप्रयोगको सिद्धान्तको कुरा गर्नेहरूका बीचमै यस्तो अवस्था छ भने कसरी क्रान्ति गर्न सकिन्छ रु यही सोचेर मैले पार्टी एकताको प्रस्ताव राखेँ। माओ त्सेतुङ विचारधारा वा माओवाद मान्ने, नयाँ जनवादी क्रान्ति मान्ने, बलप्रयोगको सिद्धान्त मान्ने, जनवादी केन्द्रीयता मान्ने र आन्दोलन अगाडि बढाउन स्वीकार गर्नेहरू जति एक ठाउँमा आउनुपर्छ भनेर पहलकदमी लिएँ।

त्यतिबेला पनि मलाई साथीहरू भन्ने गर्थे, ‘यस्ता दक्षिणपन्थीसँग एकता गर्ने भयो प्रचण्डले, पार्टी बिगार्ने भयो। काम न काजका मान्छेहरूसँग एकता गरेर कसरी क्रान्ति हुन्छ रु ’ साथीहरूलाई परेकै थियो। तर, त्यो एकताले हामीलाई ०५२ सालमा ‘जनयुद्ध’ गर्ने ठाउँमा पुर्‍यायो। यो तथ्य हो। त्यतिबेला त्यसरी एकता नगरिएको भए जनयुद्ध हुँदैनथ्यो भन्ने मान्यता अहिले पनि छ मेरो। त्यसबेला हामी आफैंले आरोप लगाउँदै आएका जनवादी क्रान्ति गर्न माओ मान्ने हामी आफैंले आरोप लगाउँदै आएका दक्षिणपन्थी, अराजकतावादी, जडसूत्रवादी, मध्यपन्थीहरूसँग पार्टी एकता गरेका थियौं। त्यो एकताले ठूलो बहससहित क्रान्तिको बाटो तय गर्न बल पुग्यो।

माओ त्सेतुङ विचारधारा वा माओवाद मान्ने, नयाँ जनवादी क्रान्ति मान्ने, बलप्रयोगको सिद्धान्त मान्ने, जनवादी केन्द्रीयता मान्ने र आन्दोलन अगाडि बढाउन स्वीकार गर्नेहरू जति एक ठाउँमा आउनुपर्छ भनेर पहलकदमी लिएँ।

अहिले हामी समाजवादी क्रान्तिको तयारीमा जाने भनिरहेका छौं। नेपालमा हामीले भनेजस्तो क्रान्ति सम्पन्न हुन त सकेन तैपनि राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संघीयता, धर्मनिरपेक्षता, समावेशी(समानुपातिकजस्ता एजेन्डा स्थापित गर्ने बिन्दुसम्म पुगेपछि सामन्तवाद आधारभूत रूपले परास्त भयो। समाजवादको दिशातिर जाने बाटो खुल्यो। जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको तयारीलाई बाटो खुल्यो। अहिले पनि अब समाजवादमा जाने बेला त्यही उद्देश्य लिएका पार्टीबीचको एकता गरेर ठूलो घान हाल्नै पर्छ। समाजवादसम्म पुग्ने मिसनसाथ अहिले एमालेसँगको पार्टी एकताको घान हालिएको हो। समाजवादको यात्रा पुरानो तरिकाले हँदैन भन्ने साविति विश्वभरि भइसकेको छ। माक्र्सवाद, लेनिनवाद र माओवादको विकास गर्दै समाजवादी क्रान्तिको मोडेल, त्यसको प्रक्रिया र विधिको विकास गर्नुपर्छ। त्यही कारण एकताको प्रयास अहिले थालिएको छ।

०१९ सालसम्म हामी दुवै पार्टीको मूल जरा एकै थियो। त्यसबेला एउटै कम्युनिस्ट पार्टी थियो। त्यसपछि मात्रै हो( अहिलेको एमाले र हामी माओवादी जन्मिएको पनि। तेस्रो महाधिवेशनबाट हामी विभाजित हुन पुग्यौं। राष्ट्रिय÷अन्तर्राष्ट्रिय अन्तरविरोध पेचिलो भएकै कारण हामीमा विभाजन आयो। राष्ट्रिय रूपमा देखिएका वर्ग अन्तरविरोधहरू पार्टीभित्र प्रतिविम्बित भयो। अझ अन्तर्राष्ट्रिय रूपमा रुस र चीनलाई हेर्ने दृष्टिकोणमा कम्युनिस्टमा देखिएको भिन्नताका कारण एकै ठाउँमा नेपालको कम्युनिस्ट आन्दोलन रहन सकेन। रुस र चीनको बहसले विश्वभरका कम्युनिस्ट पार्टीमा प्रभाव पार्‍यो। नेपाल त झन् चीनको आडैमा रहेको मुलुक भएकाले प्रभावले नछुने कुरै थिएन।

इतिहास अध्ययन गर्ने हो भने हामी माओवादीभन्दा बढी क्रान्तिकारी थिए, एमालेहरू त्यसवेला। उनीहरूले हाम्रो धारलाई दक्षिणपन्थी संशोधनवादी, गद्दार, मिहिन पाराको संशोेधनवादी अथवा डरलाग्दो संशोधनवादी भनेर आरोप लगाउँथे।

नेपालका कम्युनिस्ट आन्दोलनमा स(साना गुट जन्मिए। कोही जिल्ला स्तरमा, कोही प्रान्तीय स्तरमा, कोही कुनै स्तरमा कम्युनिस्टका गुट बने। तीमध्ये धेरैजसो चीनपक्षीय भए, माओ त्सेतुङ पक्षीय भए। माओ विचार मान्नेहरूको अत्यधिक ठूलो समूह, संख्या थियो। माओ मान्नेभित्र दुई वटा धार प्रवल भएर आयो। एउटा केन्द्रीय न्युक्लियस् भन्ने मोहनविक्रम सिंहजीहरूले नेतृत्व गरेको माओ विचारधाराको धार ९हामी माओवादीको धार०, अर्को कोअर्डिनेसन कमिटी ९कोके० भन्ने झापा विद्रोहको धार ९अहिलेको एमालेको धार०। यसरी धुई धारमा छुट्टिएका थियौं, हामी दुई पार्टी।

इतिहास अध्ययन गर्ने हो भने हामी माओवादीभन्दा बढी क्रान्तिकारी थिए, एमालेहरू त्यसवेला। उनीहरूले हाम्रो धारलाई दक्षिणपन्थी संशोधनवादी, गद्दार, मिहिन पाराको संशोेधनवादी अथवा डरलाग्दो संशोधनवादी भनेर आरोप लगाउँथे। हामी फेरि उनीहरूलाई उग्रपन्थी, क्रान्तिकारी रोमान्सवादी, यान्त्रिक अन्धनानुकरण गर्ने पेटी बुर्जुवा, उग्रपन्थीको आरोप लगाउँथ्यौं।

०२८ देखि ०३८ सम्मको अवधिमा यही प्रवृत्ति दोहोरिरह्यो। ०३८ मा पुगेपछि परिस्थिति उल्टियो, उनीहरू दक्षिणपन्थ र हामी उग्रपन्थतिर जान थाल्यौं। त्यसबेलाको मालेको धार विस्तारै सुधारवादतिर गयो। कमरेड मदन भण्डारीले बहुदलीय जनवाद भन्दै त्यो धारलाई संसद्वादको उत्कर्षतिर लैजानुभयो। सोभियत संघ विघटनको अवस्थामा संसारभरका कम्युनिस्ट पराजित हँदै गइरहेका बेला मदनले नेपालमा पनि सिद्धिएला कि भन्ने सोचका साथ कम्युनिस्ट आन्दोलनको रक्षा गर्नुपर्ने ठानेर बहुदलीय जनवादको क्लाइमेक्समा लैजानुभयो।

एमालेको संसदीय संघर्षले माओवादीको रक्षाकवचको काम गरेको थियो। एमालेले संसद्मा आफू भिडेका कारण माओवादीको रक्षा भइरहेको थियो।

हामी भने नेपालमा जनयुद्ध गर्नुपर्छ, दीर्घकालीन जनयुद्धको बाटोबाटै नेपालमा जनवादी सत्ता कायम गर्न सकिन्छ भनेर युद्धको क्लाइमेक्सतिर लाग्यौं। त्यो क्लाइमेक्स पनि १० वर्ष चल्यो। पहिलेको उग्रपन्थी दक्षिणपन्थतिर, पहिलाको दक्षिणपन्थी उग्रपन्थतिर जाने अवस्था आयो। हामी सशस्त्र संघर्षमा गइसकेपछि पनि एकले( अर्कोलाई सिध्याउन निकै प्रयास भए तर नसकिएपछि दुवै पार्टीका नेतामा हामी आपसमा छलफल पो गर्नुपर्ने रहेछ, हामीले मालेलाई सिध्याउन पनि नसकिने, एमालेले माओवादी सिध्याउन पनि नसकिने अवस्था देखियो। एमाले र हामी माओवादीलाई लडाएर प्रतिक्रियावादीले खाने त होइनन् रु भन्ने भएपछि हामी फेरि वार्ता÷छलफलमा बस्न थालेको इतिहास छ। एकता प्रक्रिया चल्दै गर्दा यो तथ्यलाई बुझ्न जरुरी छ।

नेपालका भएभरका वामपन्थीलाई सिलिगुडी बोलाएर दुई दिनसम्म हामीले हाम्रै अध्यक्षतामा बैठक बसेका थियौं। त्यहाँ हामीले प्रस्ताव गरेका थियौं,( संविधानसभामा मिलेर जाऔं। त्यसपछि पनि लखनउमा २ पटक, पटनामा एक पटक, रोल्पामा एक पटक, दिल्लीमा एक पटक, फेरि रोल्पाको ल्योसेवाङमा निर्णायक छलफल भएको थियो एमालेसँग। रोल्पामा एमालेका नेतासँग लिखित सम्झौता भएपछि नै काग्रेससँग पनि छलफल भएर १२ बुँदे समझदारीसम्म आइपुगेको हो। त्यसपछि शान्ति सम्झौता हँदै यो अवस्थासम्म आइपुगेको हो। इतिहास यसरी नै आउनु थियो, आयो।

जनयुद्धको भूमिकालाई कसैले अवमूल्यन गर्न सक्दैन। एमालेले पनि सक्दैन। हाम्रो पछिल्लो कुराकानीमा जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक, महिला, दलित, जनजाति सबैको प्रतिनिधित्वका लागि भूमिका खेलेको मात्र होइन, नेपालको सामाजिक, राजनीतिक जागरणमा ऐतिहासिक भूमिका खेलेको भन्ने कुरा मान्न सबै तयार छन्। ओलीजी पनि यो तथ्यलाई स्विकार्न तयार हुनुभएको छ। यसको नयाँ संश्लेषण अब हामीले गर्न जरुरी छ। मेरो बुझाइमा माओवादी नभएको भए एमाले र एमाले नभएको भए माओवादी सिद्धिन्थ्यो। एमालेले संसदीय संघर्षमार्फत तुरुन्तै बुर्जुवाहरूको भाग खोस्ने लडाइँ नलडेको भए हामी माओवादीले गाउँघरमा खुरुखुरु काम गर्न पाउँदैनथ्यौं।

हामीले युद्ध सुरु गरेको सुरुको ५ वर्ष नेपालको बुर्जुवा र अन्तर्राष्ट्रिय बुर्जुवालाई पनि तुरुन्त आफूहरूको भाग खोस्न माओवादी आउँछन् भन्ने लागेकै थिएन। माओवादी अहिले लडेको छ, पछि सेना लगाएपछि ठीक गर्न सकिन्छ भन्न्ने उनीहरूमा थियो। भागै खोस्न एमाले मात्रै आएको छ भन्ने उनीहरूलाई लागेको थियो। बुर्जुवाले सोचे, (माओवादी बढ्यो भने एमालेलाई ठीक गर्छ। त्यसपछि हामीलाई त्यति महत्व दिएनन्, गतिविधि गर्न छाडिदिए। उनीहरूको मुख्य विरोधी एमाले थियो। बुर्जुवा भनेको अल्पदृष्टिका ‘सर्ट साइटेड’ हुन्छन्। टाढासम्म देख्दैनन्। मदन भण्डारी उनीहरूका लागि खतरा देखिए। हामीले गाउँमा गएर भरुवा बन्दुक चलाएर राजतन्त्र फाल्छौं भनेका कुराबाट उनीहरू डराएका थिएनन्। त्यसकारण एमालेले माओवादीको रक्षा गर्‍यो। नियतले होइन, मनले रक्षा गर्न चाहेर होइन, एमालेले पनि हामीलाई सिध्याउनै चाहेका थिए। अरूको त कुरै छाडौं स्वयं वामदेवले त झन् सबभन्दा कडा कानुन बनाएर माओवादीलाई मारेरै सक्न मन गरेका थिए। तर, वस्तुगत परिणाम के भएको थियो, एमालेको संसदीय संघर्षले माओवादीको रक्षाकवचको काम गरेको थियो। एमालेले संसद्मा आफू भिडेका कारण माओवादीको रक्षा भइरहेको थियो।

एमालेका साथीहरूले यो कुरा थाहा पाइरहेका थिएनन्। अहिले मैले यो संश्लेषण गर्दा मात्रै उहाँहरूले मान्न थाल्नुभएको छ। पछि हामी माओवादीले सेनाको ब्यारेकमा हमला बोल्न थाल्यौं, तब मात्र बुर्जुवालाई लाग्न थाल्यो। एमाले त हाम्रा साथी रहेछन्, माओवादी पो खतरा रहेछ। त्यसपछि एमालेलाई माया गर्न थाले। सबै मिलेर माओवादीलाई सिध्याउने भन्न थाले। त्यो अवस्थामा माओवादीको संघर्षले फेरि एमालेलाई रक्षा गर्‍यो। माओवादीलाई सिध्याउँछु भनेर खनिँदा एमालेको रक्षा भयो। यदि, माओवादीको क्रान्तिकारी संघर्ष हँदैनथ्यो भने संसारभरका सबै बुर्जुवा मिलेर एमालेलाई सिध्याउँथे।

तपाईं हामीलाई हाम्रो सिद्धान्त, विचार, निष्ठा र इमानदारीप्रति गहिरो विश्वास छ। एमालेलाई पनि आफना मूल्य, मान्यताप्रति उत्तिकै विश्वास छ। यस अर्थमा हामी नयाँ ढंगले संश्लेषणमा जान्छौं।

एमालेको रक्षा हामीले र हाम्रो रक्षा एमालेले नगरिदिएको भए जनयुद्धभरि त्यसरी वार्ता (संवाद किन भइरहेको थियो रु रोल्पाको ल्होसेवाङमा किन लिखित सम्झौता हुन्थ्यो रु हामीले एउटै पार्टी बनाउने प्रयास गरिरहँदा यसरी पनि छलफललाई संश्लेषण गर्न जरुरी छ।

अब हामीलाई एमाले(माओवादी दुई वटा पार्टी हौं भनेर सिद्ध गर्न गाह्रो छ। एमाले र हामी दुवैले अबको गन्तव्य समाजवादलाई बनाउने, शान्तिपूर्ण प्रतिस्पर्धामार्फत अबको ८, १० वर्ष अगाडि बढ्ने, हामी पनि सरकार, सदन र सडक भन्ने, एमालेले पनि त्यही भन्ने अनि जनताले कसरी फरक छन् भनेर छुट्ट्याउन सक्छन् ? हामीभन्दा पहिले एमाले नै उग्रपन्थमा थिए, हामी त पछिका उग्रपन्थ। उहाँहरू ९एमाले० त हाम्रा गुरु। पहिला उग्रवादी सिकाएर जानुभयो हामीलाई। सुधारवादी पनि उहाँहरू हामीभन्दा पहिलेका सुधारवादी। हामी पछि/पछि आइयो। तपाईं हामीलाई हाम्रो सिद्धान्त, विचार, निष्ठा र इमानदारीप्रति गहिरो विश्वास छ। एमालेलाई पनि आफना मूल्य, मान्यताप्रति उत्तिकै विश्वास छ। यस अर्थमा हामी नयाँ ढंगले संश्लेषणमा जान्छौं।

पार्टी एकतामा हाम्रा मूल्य/मान्यता केही छाडिँदैन, छाड्ने पनि होइन। बहस गर्ने हो। बहस गर्ने हिम्मत लिएर जानुपर्‍यो, पार्टी एकतामा। मैले यत्रो एकताको पक्षमा बहस गरेको छु तैपनि मनमनमा भने नहुने पो हो कि भन्ने डर पनि उत्तिकै छ। हामी सबै छाड्न त सक्दैनौं, छाडेर एकता गरिँदैन। सबै हाम्रा आदर्श, मूल्य(मान्यता, परिवर्तनका सिद्धान्तका मूलभूत मान्यता छाडेर एकता हुँदैन।

(शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा कार्यकर्तालाई प्रचण्डले दिएको प्रशिक्षणको अंश)-अन्नपुर्णमा प्रकाशीत

Loading...

Related News

अध्यक्ष प्रचण्ड र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता

नयाँ दिल्ली, २२ भदौ । तीनदिने औपचारीक भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र भारत…

सकियो माओवादी र एमाले अध्यक्षको एकता वार्ता, यस्तो भयो सहमति

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड\ले फागुन १ गते नै एकता प्रक्रिया टुंग्याउने उद्घोष गरेपछि…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी