एकैसाथ १७ महिला सगरमाथा आरोहण गर्दै, विश्व रेकर्ड बनाउने

204 Hits

काठमाडौं, १० माघ ।
यस वर्ष नेपाली १७ महिलाले सगरमाथा आरोहण गर्ने भएका छन्। एकैसाथ यति धेरै संख्यामा एकैपटक सगरमाथा चढर उनीहरुले विश्व रेकर्ड बनाउने भएका हुन् ।

सगरमाथा आरोहण गर्न जुटेका महिलाहरुमा गोरखाकी पूर्णिमा श्रेष्ठ, फुन्जो साङ्मु लामा, सोलुखुम्बुकी डोमा शेर्पा, पासाङ ल्हामु शेर्पा, लाक्पा याङ्जी शेर्पा रहेका छन् । त्यसैगरी सोलखुम्बुकै याङ्दी शेर्पा, दोलखाकी दाबुटी शेर्पा, छोकी शेर्पा, दादिकी शेर्पा, काभ्रेकी शर्मिला तामाङ, लक्मी तामाङ पनि रहेका छन् । सगरमाथा आरोहण गर्ने साहसी युवतिहरुमा संखुवासभाकी दिकी शेर्पा, रोशा बस्नेत, प्रियलक्ष्मी कार्की, कल्पना महर्जन, देउराली चाम्लिङ, रोजिता बज्राचार्य पनि रहेका छन् । उनीहरु सबैजना ले आरोहण तयारी गरेका हुन्।
विश्व रेकर्ड कायम गर्दै ६५ वर्षको इतिहासमा विश्वभरका २६ महिलाले मात्रै शिखर चुमेकोमा यस वर्ष एकैसाथ १७ जनाले आरोहण गर्न लागेका हुन्। उनीहरू २०७५ जेठमा आरोहण गर्ने तयारीमा छन्।

सन् १९५३ देखि हिमालसँग मानिसको प्रत्यक्ष सम्बन्ध जोडिए पनि आजसम्म २६ महिला मात्रै सगरमाथा चढ्न सफल भएका छन्। जापानी महिला जुनको तापेइ सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला हुन् भने सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा पहिलो नेपाली महिला हुन्। २०५० सालमा आरोहण गरेकी पासाङको शिखरबाट ओर्लनेक्रममा निधन भएको थियो। संखुवासभाकी लाक्पा शेर्पाले आठौंपटक सगरमाथा आरोहण गरी महिलामा सबैभन्दा धेरैपटक आरोहणको कीर्तिमान बनाइसकेकी छन्। एसियाकै पहिलो अन्तर्राष्ट्रिय गाइड बन्न सफल दोलखाकी दावायाम्जुङ शेर्पा, ओखलढुंगाकी माया शेर्पालगायतले पनि शिखर चुमिसकेका छन्। नेपालमै रहेको सगरमाथामा एकैपटक १७ जना नेपाली युवातिहरुले सगरमाठा चढ्ने सोच बनाएर आफ्नो नाम गिनिज बुकमा मात्र लेखाउने छैनन नेपालकै नाम र नेपालकै पर्यटनमा समेत भारी मात्रामा विश्वमा फैलाउनेछन् ।

Loading...

Related News

धुुलिखेलका १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाइ, एक पटकमा १०० ले प्रयोग गर्नसक्ने

काभ्रे, १७ मङ्सिर धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट…

पिच शुरू भयाे भैरहवा विमानस्थल, पर्यटनमन्त्रीले गरे शुरूवात

भैरहवा, १३ कात्तिक  । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे रनवे (धावनमार्ग) अाजबाट पिच गर्न सुरू गरिएकाे छ । चिनियाँ र नेपाली कामदारले…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी