प्रचण्डले गर्ने भए प्रादेशीक महोत्सवको उद्घाटन, महोत्सवमा २६० वटा स्टल

302 Hits

बाँके, ९ माघ ।
प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि प्रदेश सभाको गठन हुँदैछ । भर्खरै प्रदेश सभाको सदस्यहरुले सपथ ग्रहण गरेका छन् । प्रदेश सभाको आयोजना नहुँदै माघ ११ देखि २२ गतेसम्म नेपालगंजमा आयोजना हुन लागेको प्रादेशिक महोत्सव– ०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । उक्त महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको नेपालगंज उद्योग वाणिज्य संघले जनाएको छ। उक्त समारोहमा हेलिकोप्टरबाट पुष्प वर्षा गरिने भएको छ। उद्योग वाणिज्य संघको विशेष आग्रहमा महोत्सव उद्घाटन गर्न प्रचण्ड नेपालगंज आउने नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए।

महोत्सवको तयारीका बारेमा जानकारी दिन मेला परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सव आयोजक मूल समितिका संयोजकसमेत रहेका वैश्यले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। महोत्सवमा २६० वटा व्यावसायिक स्टलका अलावा पाँच कृषि, चार जडिबुटी, १४ अटोमावाइल्स, २२ रेस्टुरेन्ट र १६ विदेशी स्टलसहित कुल ३२१ स्टल रहने आयोजकले जानकारी दिएको छ। महोत्सवमा बाल उद्यान, रोटेपिङ, जादूलगायतको समेत व्यवस्था गरिएको छ। संघीय संरचना कायम भएपछि पहिलो पटक नेपालगंजमा हुन लागेको प्रादेशिक महोत्सवबाट संकलन भएको रकम बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनीस्थल निर्माणमा खर्च गरिने भएको छ।
‘कृषि, जडिबुटी, पर्यटन, सूचना प्रविधि, उद्योग र व्यवसायको प्रवद्र्धन र रोजगारी, प्रादेशिक महोत्सव– २०७४ को चिनारी’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवबाट एक करोड रुपैयाँ बढी रकम बचत गर्ने लक्ष्य लिइएको छ । पाँच लाख बढीले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने बताउँदै टण्डनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनको प्रवद्र्धनमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे। महोत्सवलाई व्यवस्थित बनाउन र दर्शक तथा व्यापारीको सुरक्षाका लागि महोत्सव परिसरमा २४ वटा सीसी क्यामरा जडान गरिएको महासचिव टण्डनले जानकारी दिए। ‘सीसी क्यामराको सहायताबाट महोत्सवमा भइरहेका गतिविधिको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ’, उनले भने।

यस्तो छ तयारी
महोत्सव उद्घाटन समारोहअघि नेपालगंज नगरका विभिन्न क्षेत्रबाट सांस्कृतिक झाँकीसहितको कलश यात्रा निकालिने भएको छ। झाँकीमा हात्तीलाई समेत सहभागी गराइने भएको छ। महोत्सवमा अमेरिकी व्याण्डका कलाकारले समेत विशेष प्रस्तुति देखाउने भएका छन्।
महोतसवले प्रादेशीक अवधारणाको मुर्तिकरण र हुने र त्यसले यस क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास आयोजकले लिएका छन् ।

Loading...

Related News

४ महिनामा ११ हजार पर्यटक पुगे मनाङ

मनाङ, २५ जेठ । अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् ।…

भैरहवा विमानस्थललाई ३ अर्ब ३४ कराेड

काठमाडौँ, जेठ ।  सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ ।  हाल…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी