काँग्रेस र मधेशी दलबीच यस्तो भयो तालमेलको सहमति

474 Hits

काठमाडौं, ९ माघ ।
नेपाली काँग्रेस र मधेशवादी दलबीच राष्ट्रियसभा सदस्य निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । कांग्रेस र मधेस केन्द्रित दुई दलबीच आज भएको बैठकमा तालेमल गर्ने सहमति भएको हो ।

वाम गठबन्धनसँग सहमति नभएपछि मधेसी गठबन्धनका नेताहरु कांग्रेससँग वार्ता गर्न बालुवाटार पुगेका थिए, जहाँ राष्ट्रियसभामा तालमेल गर्ने सहमति भएको हो ।

प्रदेश २ का ८ सिट मध्ये तीन दलले २/२ सिट लिनेछन् । प्रदेश २ को मत हेर्दा कांग्रेस र मधेसी दलहरु मिल्दा पनि वाम गठबन्धनलाई कुनै घाटा छैन । तीन दल एक ठाउँमा उभिँदा पनि एमाले र माओवादीले एकएक सिट जित्नेछन् । तर, मधेसी दलहरुको समर्थनले कांग्रेसलाई अन्य प्रदेशमा केही सिटमा सहयोग पुग्नसक्छ ।

राजपा नेता मनिष सुमनले प्रदेश २ मा तालमेल गर्ने सहमति भएको स्वीकार गरे ।
काँग्रेस र मधेशवादी दलबीच सहमति भएपछि देशभरको राष्ट्रिय सभाको निर्वाचनमा कस्तो असर पर्न सक्छ भन्नेबारे ठोस योजना निर्माण नभएको भन्दै कांग्रेसभित्र तालमेलको आलोचना समेत भएको छ ।

Loading...

Related News

हिन्दु राष्ट्रको नारा र एजेण्डा बोक्दैमा कांग्रेस बलियो हुँदैन – सिटौला

काठमाडौं । महामन्त्री शशांक कोइराला, प्रभावशाली केन्द्रीय सदस्य अर्जुननरसिंह केसीदेखि डा.शेखर कोइरालासम्म कांग्रेसले हिन्दू राष्ट्रको एजेण्डा तय गर्नुपर्ने पक्षमा उभिएका…

कांग्रेसमा पार्टी सदस्यका लागि खुला आवेदन माग्ने बहस, के होला ?

काठमाडौं, २१ मंसिर– कांग्रेसमा खुला सदस्यता दिएर पार्टीप्रति आकर्षण बढाउनुपर्ने बहस सुरु भएको छ । विधान मस्यौदामाथिको छलफलमा भाग लिँदै अधिकांश नेताहरूले…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी