को को लाई पर्यो चिठ्ठा ? यी हुन माओवादीका राष्ट्रिय सभाका उम्मेदवार

146 Hits

काठमाडौं–
नेकपा माओवादी केन्द्रले राष्ट्रय सभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको नामावली टुंग्याएको छ । आज बसेको उम्दवार छनौट समितिको बैठकले माओवादीले एमालेसँग तालमेल गर्दा आफ्नो भागमा परेका १४ मध्ये १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको हो ।

माओवादीले नेता रामबहादुर थापा बादल र दीनानाथ शर्मालाई पनि प्रदेश सभाको उम्मेदवार बनाएको छ । बादल प्रदेश नम्बर ३ बाट खुल्ला तर्फबाट उम्मेदवार बनेका छन् भने दिनानाथ शर्मा प्रदेश नम्बर ४ बाट खुल्लातर्फबाट उम्मेदवार बनेका छन् ।

माओवादीले प्रदेश नम्बर १ बाट बीना पोखरेल (महिला) लाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेश नम्बर २ बाट शशिकला दाहाल (महिला) लाई उम्मेदवार बनाउँदा एक जनाको नाम टुंगो लगाउन बाँकी छ ।
यस्तै प्रदेश नम्बर ३ बाट बादलसहित गंगा पराजुली (महिला) लाई उम्मेदवार बनाइएको छ भने प्रदेश नं ४ बाट दीनानाथ शर्मासहित खीमकुमार बिक (दलित) लाई उम्मेदवार बनाइएको छ ।
प्रदेश नं ५ बाट राजकुमार कुंवर (अल्पसंख्यक–अपांग) र चन्द्र बहादुर खड्का (खुला) लाई उम्मेदवार बनाइँदा प्रदेश नं ६ बाट जीवन बुढा (अपाङ्ग–अल्पसंख्यक), युटुल लामा (महिला), कालीबहादुर मल्ल ९खुल्ला० लाई उम्मेदवार बनाइएको छ ।
यस्तै प्रदेश नम्बर प्रदेश नं ७ बाट लालिराम लोहार (दलित) र हरिराम चौधरी (खुला) लाई उम्मे्दवार बनाइएको छ ।

सोमबार बसेको माओवादी शीर्ष नेता र प्रदेश ईन्चार्जहरुको बैठकले राष्ट्रिय सभाका उम्मेद्वारहरुको नाम टुङ्गाउने जिम्मा शीर्ष तीन नेतालाई प्रदान गरेको थियो ।
बैठकले अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई उम्मेदवार टुंगो लगाउने जिम्मा दिएको थियो ।

Loading...

Related News

देशभरका माओवादी समर्थक शिक्षकहरु राजधानीमा, आज प्रचण्डले सम्मेलन उदघाटन गर्दै, यस्तो छ तयारी

काठमाडौं, ४ फागुन । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलन आज बाट काठमाडौंमा शुरु हुँदैछ । फागुन ४,…

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई सम्पूर्ण मतपरिणाम

काठमाडौं २ फागुन– प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण परिणाम निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी