कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउने, मधेसीसँग तालमेलको प्रयास

144 Hits

काठमाडौं, ९ माघ ।
नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको नाम टुंगो लगाउँदैछ ।  पार्टीले अघि सार्ने उम्मेदवारको टुंगो मंगलबारसम्म लगाउने तयारी भएको बताइएको छ ।  मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारको अन्तिम निर्णय लिनेछ। उसले मधेशी दलहरुसँग तालमेल गर्ने प्रयास गरिहेको छ ।

कांग्रेसले प्रदेश सातबाट केन्द्रीय सदस्य बद्री पाण्डेसहित तीनजनाको नाम टुंगो लगाएको जनाएको छ । खुला सदस्यमा पाण्डे र महिलामा तारादेवी भट्ट, दलितमा सेरीराम पार्की र अपांगमा छत्रराज जोशीलाई उम्मेदवार बनाउने सहमति जुटेको हो।
उम्मेदवारको टुंगो लगाउन सोमबार पनि पार्टी नेताहरु सक्रिय रहे पनि केही नाममा नेताहरुबीच सहमति जुट्न नसकेपछि मंगलबार पुनः बसेर निर्णणमा पुग्ने सहमति भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । ‘छलफल सुरु भएको छ तर निर्णय हुन बाँकी छ,’ केसीले नागरिकसँग भने, ‘पार्टीभित्र बृहत् सहमतिबाट मंगलबार निर्णयमा पुग्नेछौँ ।’

कांग्रेसले प्रदेश सातबाट केन्द्रीय सदस्य बद्री पाण्डेसहित तीन जनाको नाम टुंगो लगाएको जनाएको छ। खुला सदस्यमा पाण्डे र महिलामा तारादेवी भट्ट, दलितमा सेरीराम पार्की र अपांगमा छत्रराज जोशीलाई उम्मेदवार बनाउने सहमति जुटेको छ । प्रदेश चारबाट केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई अघि सार्ने निश्चित भएको छ।

यद्यपि नेता रामचन्द्र पौडेलले उक्त प्रदेशबाट मगर समुदायबाट उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गर्दै मन्त्रिपरिषद्बाट मनोनीत गर्ने तीनमध्ये एकमा पाण्डेलाई समेट्न सभापतिलाई आग्रह गरेका थिए। तर, सभापति देउवाले त्यसलाई अस्वीकार गरेका छन्।

प्रदेश नम्बर एकबाट केन्द्रीय सदस्य सरिता प्रसाईंलाई उम्मेदवार बनाउन पौडेल प्रस्ताव गरे पनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अर्को नाम प्रस्ताव गरेपछि सहमति जुट्न बाँकी छ। प्रदेश दुईमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तालमेल गरेर अघि बढ्ने कांग्रेसको आन्तरिक तयारी छ।

‘पार्टी केन्द्रीय सदस्य र अवसर नपाएका नेताहरुलाई राष्ट्रियसभा उम्मेदवार बनाउन तयारी छ,’ केसीले भने, ‘अन्य दलसँग पनि छलफल भइरहेकाले सबै एकैसाथ निर्णयमा पुग्छौं।’

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गर्नुपर्नेछ।

Loading...

Related News

हिन्दु राष्ट्रको नारा र एजेण्डा बोक्दैमा कांग्रेस बलियो हुँदैन – सिटौला

काठमाडौं । महामन्त्री शशांक कोइराला, प्रभावशाली केन्द्रीय सदस्य अर्जुननरसिंह केसीदेखि डा.शेखर कोइरालासम्म कांग्रेसले हिन्दू राष्ट्रको एजेण्डा तय गर्नुपर्ने पक्षमा उभिएका…

कांग्रेसमा पार्टी सदस्यका लागि खुला आवेदन माग्ने बहस, के होला ?

काठमाडौं, २१ मंसिर– कांग्रेसमा खुला सदस्यता दिएर पार्टीप्रति आकर्षण बढाउनुपर्ने बहस सुरु भएको छ । विधान मस्यौदामाथिको छलफलमा भाग लिँदै अधिकांश नेताहरूले…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी