एमालेले छान्यो प्रदेश ५, ६ र ७ का १३ उम्मेदवारको नाम, को को परे ?

73 Hits

काठमाडौं, ९ पुस ।
नेकपा एमालेले माओवादी केन्द्रसँग तालमेल गर्दा पार्टीको भागमा परेको २९ मध्ये १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ ।

सोमबार अबेरसम्म एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले १३ उम्मेदवारको टुंगो लगाएको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार प्रदेश नम्बर ७ बाट ४ जनाको नाम टुंगो लगाइएको छ । यस्तै प्रदेश नम्बर ५ बाट ५ जना र प्रदेश नम्बर ४ बाट ४ जनाको नाम टुंगो लगाइएको छ । यसअघि प्रतिनिधिसभाको उम्मेदवार दाबी गरेकी चर्चित गायिका कोमल ओलीलाई पनि एमालेले प्रदेश नम्बर ५ बाट राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रदेश नम्बर ५ बाट उनीसहित रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई ९खुला०, रुपन्देही, मीना बुढा (महिला), रोल्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै प्रदेश नम्बर ७ बाट एमालेले कमला ओली (महिला), कैलाली, इन्दु कडेरिया बिष्ट (महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला), अछाम र चक्रप्रसाद स्नेही (दलित), डडेलधुरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै प्रदेश नम्बर ६ बाट कविता बोगटी (महिला), हुम्ला, नन्दा शर्मा ९ महिला०, सुर्खेत, । नरपति लोहार (दलित), कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट र ठगेन्द्र पुरी(खुला) ,पश्चिम रुकुमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बाँकी १६ उम्मेदवार पनि क्रमशः छनोट गरेर १० गते मनोनयन गर्ने एमालेले जनाएको छ।

Loading...

Related News

लाखौँ जनताबीच पार्टी एकता घोषणा गर्ने एमाले–माओवादी तयारी

काठमाडौं, २३ चैत / एमाले–माओवादीले लाखौँ जनताबीच पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् । एकता संयोजन समितिको बिहीबारको बैठकले…

अन्ततः एमाले र माओवादी हुने भए एक : प्रचण्ड अध्यक्ष, ओली प्रधानमन्त्री, यस्तो छ सहमति

काठमाडौं, २ फागुन । अन्ततः नेपालका दुई ठूला वामपंथी पार्टीहरु एक हुने भएका छन् । नेपालको इतिहासमा सबैभन्दा ठूलो ध्रविकरणको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी