माओवादी बैठकले दियो ३ नेतालाई राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा

56 Hits

काठमाडौं, ९ माघ ।
राष्टिय सभामा आफूले पाउने उम्मेदवारको टुंगो लगाउन बसेको माओवादी बैठकले उक्त जिम्मेवारी अध्यक्षसहितका तीन नेतालाई दिएको छ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई दिएको हो । माओवादी मुख्यालय पेरिसडाँडामा सोमबार बसेको माओवादी प्रदेश ईन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको हो। एमालेसँगको साझेदारीमा माओवादीले राष्ट्रिय सभामा १४ जना उम्मेदवार पाउने सहमति भएको थियो।

-फाइल फोटो-

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार मंगलबार तीन नेता बसेर १४ जना उम्मेदवारको नाम टुंगो लगाउने छन्। सोमबारको बैठकमा प्रदेश ईन्चार्जहरुले एक पदका लागि तीन जनाको नाम सिफारिस गरेका छन्। मंगलबार बस्ने बैठकले प्रदेशबाट सिफारिस भएका नामसहित प्रदेशको सिफारिसमा नपरेका तर केन्द्रीय भूमिकामा रहेका नेताहरुको नाममाथि समेत छलफल गरेर उम्मेदवारको अन्तिम नामावली तयार पार्ने जनाइएको छ।निर्वाचन आयोगले माघ १० गते भित्र उम्मेदवारको टुंगो लगाउने समय सीमा तोकेको छ। माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। माओवादीले बाम गठबन्धनको अर्को दल नेकपा एमालेसँगको सहमतिमा साझा उम्मेदवार बनाउने निर्णय यस अघि नै गरेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी