सिलवालको पक्षमा एमाले, प्रतिसोध साध्न डिफ्युजन नोटिस जारी गरेको टिप्पणी

197 Hits

काठमाडौँ , ८ माघ ।
नेकपा एमाले प्रहरीको परार सुचीमा दर्ज भएका सांसद नवराज सिलवालको पक्षमा पुरै खडा भएको छ । सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गरेको समाचारप्रति नेकपा एमालेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गरेको विषय जनताको अभिमतको अपमान भएको एमालेको स्थायी कमिटीले ठहर गरेको हो । बैठकपछि पार्टी सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा सिलवालविरुद्ध पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित भएर गतिविधिहरु भइरहेको पनि पार्टीले आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ,
ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको छ । इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी