एचआईभी संक्रमितहरुको राष्ट्रिय भेला सम्पन्न, जारी गरे यस्तो घोषणापत्र

469 Hits

चितवन, ८ माघ ।
राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले २ दिने एचआईभी संक्रमितहरुको राष्ट्रिय भेला ११ बुदे घोषणापत्र जारी गर्दै होटल ग्लोबल नारायणघाट चितवनमा सम्पन्न गरेको छ ।देशका ७७ वटै जिल्लाका १०० भन्दा बढी एचआईभी संक्रमितहरुद्वारा स्थापित संस्थाका अध्यक्षहरुको उपस्थिती रहेको थियो । सो भेलामा एड्स हेल्थकेयर फाण्डेशन नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुङ्गेल, सिसिएम नेपालका संयोजक महेश ढुङ्गेल र सेभ द चिल्ड्रेन ईन्टरनेशनल नेपालको तर्फबाट बरिष्ठ कार्यक्रम संयोजक हेम पौड्याल लगायत दातृ निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।एचआईभी संक्रमितहरुको राष्ट्रिय भेलाले चितवनमा जारी गरेको ११ बुँदे घोषणापत्र यस प्रकार रहेको छ ।
१.  एचआईभी संक्रमितहरुले समुदायबाट भोग्नुपरेका लाञ्छना र भेदभाव न्यूनीकरण गरि गुणस्तरीय उपचारमा समान पहुँचको लागि सूनिश्चितता हुनुपर्ने र राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले राज्यले अंगीकार गरेको लक्ष्य प्राप्तीको लागि टेस्ट ट्रिट एण्ड रिटेंसन का लागि पैरवी र नेतृत्व गर्ने । २. ६५ प्रतिशतभन्दा धेरै संक्रमितहरुलाई आफ्नो जीवनकालमा कम्तीमा एकपटक क्षयरोगको संक्रमण हुने गरेको सन्दर्भमा उक्त समस्यालाई समाधान गर्न एकीकृत क्षयरोग एचआईभी कार्यक्रम सबै जिल्लामा लागु गर्ने ।
. महासंघको नेतृत्वमा क्षयरोग–एचआईभी राष्ट्रिय समिती गठन गरी एचआईभी क्षयरोगको सह–संक्रमणलाई रोकथाम तथा उपचार गर्न पहुँच बृद्धिका लागि यस महासंघको राष्ट्रब्यापी सञ्जालद्वारा पहलकदमी लिने । . सुईबाट लागुपदार्थ लिई संक्रमित भएकाहरुमा हेपाटाईटीस सी को संक्रमण दर र सो को कारणले मृत्युदर उच्च देखिएकोले उक्त समस्या निराकरण गर्न गुणस्तरीय उपचार सेवाको पहुँचमा बृद्धि गर्ने ।
. हाल देशभरी रहेका एचआईभी संक्रमितहरुको पृष्ठभूमी हेर्दा ७५ प्रतिशत संक्रमितहरु रोजगारीको सिलसिलामा बसाईँसराई गरि बिदेश जानेहरुमा संक्रमण देखिएको र उनीहरुमा एचआईभी संक्रमण रोक्न र संक्रमितहरुलाई उपचारमा पहुँच पुर्याउन महासंघको नेतृत्वमा राष्ट्रिय समिती गठन गरी राष्ट्रिय निर्देशिका अन्तर्गत उपचार प्रणालीको दायरा भित्र ल्याउने ।
.  बैदेशिक रोजगारमा गएका व्यक्ति र तिनका परिवारहरु संक्रमित हुने मात्र नभई उनीहरुको गरिबीको कारणले दैनिक जीविकोपार्जनमा समस्या देखिएकोले उनीहरुको आर्थिकस्तर उकास्नको लागि विभिन्न सरोकारवाला निकायसंग समन्वय गरि कार्यक्रमहरु दीगो रुपमा सञ्चालन गर्ने । .  खुल्ला सीमानाका कारणले नेपाल र भारतको साझा समस्याको रुपमा रहेको एचआईभी संक्रमण र अन्य रोगहरुको न्युनीकरणको लागि द्विदेशीय सहकार्यको लागि बहुपक्षीय र द्विपक्षीय गोष्ठीहरु सञ्चालन गरि समाधानका लागि पहल गर्ने ।
. संक्रमितहरुमाथि हुने कुनैपनि किसिमका लाञ्छना र भेदभाव हरुलाई अन्त्य गर्न नेपालको संबिधानले मानव अधिकारको लागि प्रदत्त गरेको प्रावधानको कार्यान्वयन सूनिश्चितता गर्ने ।
. एचआईभी संक्रमित र प्रभावित बालबालिकाहरुको आधारभूत आवश्यकताको लागि एड्भोकेसी तथा उनीहरुको लागि उपयूक्त वातावरण तयार गर्ने । १०. निती नियम, स्रोत बाँडफाँड तथा योजना तर्जूमा लगायतका सरोकारवाला सबैखाले निकाय,तहहरुमा संक्रमित समुदायहरुको अर्थपूर्ण सहभागिताको सूनिश्चितता गर्ने । ११. संक्रमितहरुको काममा दक्षता र क्षमता विकास गरि उनीहरुको गरिवी निवारण र आर्थिक स्तर उकास्नको लागि उद्यमशीलता विकास र रोजगारीका अवसरहरु सिर्जना हुने बातावरण तयार गर्ने ।

महासंघका अध्यक्ष अच्युत सिटौलाले चितवन घोषणापत्रलाई सरोकारवाला निकायसँग छलफल गरी सरकारलाई बुझाउने बताउनुभयो । देशभरका झण्डै एक सयजना प्रतिनिधि सहभागी भई दुई दिनसम्म छलफल गरेका थिए । नेपालमा ३३ हजार हाराहारी संक्रमित रहेको अनुमान छ । जसमध्ये २६ हजार दर्ता भएका छन् भने १३ हजारले औषधि सेवन गरिरहेका छन् । कार्यक्रम २०७४ माघ ६ र ७ गते होटल ग्लोबल, नारायणघाट चितवनमा आयोजना गरिएको थियो ।

Loading...

Related News

जमरा जुसबारे नयाँ तथ्य : कसले खाने कसले नखाने ?

काठमाडौं, २६ कात्तिक । जमराको जुस स्वास्थ्यको लािग अत्यन्तै लाभदायक भनेर धेरै प्रचार र प्रसार भएका छन् र यसको व्यवसायीक…

होसियार ! कसिलो ब्रा लगाउँदा ‘क्यान्सर’ हुन्छ

काठमाडौं, १५ कात्तिक । तपाई कस्तो ब्रा लगाउनुहुन्छ ? कत्तिको टाइट वा खुकुलो ब्रा मन पराउनुहुन्छ ? ब्रा ले स्तनलाई…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी