कसले फाल्यो होला नवजात शिशुलाई फोहोरको थुप्रोमा ?

120 Hits

गुल्मी, ८ माघ ।
मानिसहरु कतिसम्म निर्दयी हुन थाले भन्ने पछिल्लो उदाहरण गुल्मीमा देखिएको छ । आफैंले जन्म दिएको बच्चालाई बोरामा पोको पारेर फालेपछि यस्तो चरितार्थ भएको हो । गुल्मीको रिडीमा नवजात शिशु मृत अबस्थामा शव फेला परेको छ । रुरु गाउँपालिका १ को फोहोर पाल्ने ठाउँ रिडी खोला किनारमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

आइतवार साँझ सडक बालबालिकाहरुले बोराभित्र रहेको अवस्थामा शिशुको शव फेला पारेका थिए । त्यसपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेको स्थानीय चिरञ्जीवि ज्ञवालीले जानकारी दिए ।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक भिमबहादुर कार्कीका अनुसार बच्चा पूर्णरुप भै जन्मेको र नाल नकाटिएको अवस्थामा रहेको बताए ।

घटनाको अनुसन्धान भइरहेको र जन्माएर फाल्ने व्यक्ति पत्ता लागे कडा कारवाही उनले बताए । शिशुको शव इलाका प्रहरी कार्यालय रिडीमा राखिएको र पोष्टमार्टम गरेर स्थानीय जनप्रतिनिधिको रोहवरमा दाहसंस्कार गरीने प्रहरीले जनाएको छ ।

Loading...

Related News

पाेखरामा फेरि १८ वर्षीय युवतिकाे शव फेला

पोखरा, १२ भदौ । पाेखरामा फेरि १८ वर्षकी युवतिकाे शव फेला परेकाे छ । बेपत्ता भएकी भनिएकी एक किशोरी आज…

साँसद निरु पालको हराएको मोवाइल ७ घण्टासम्म उनकै कोठामा एक्टिभ !

काठमाडौँ, २३ साउन । प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई चल्दाचल्दै उनको पक्षमा कोही व्यक्तिले सांसद निरु पाललाई राती साढे आठ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी