बैंकमा खाता भएकालाई आयो यस्तो खुशीको खबर…

122 Hits

काठमाडौं, ८ माघ ।
के तपाई आफ्नो खाता रहेको बैक नजीक नभएर टेन्सनमा हुनुहुन्छ अब चिन्ता नलिनुस् । अब जुनसुकै बैकबाट पनि आफ्नो खतामा रकम राख्न सकिने भएको छ नी । रकम जम्मा गर्दा आफ्नो खातामा भएका बैंकमा नै धाउनुपर्ने भन्झटबाट निक्षेपकर्ता मुक्त भएका छन्।

नेपाल राष्ट्र बैंकले ग्राहकलाई पायक पर्ने जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खातामा रहेका बैंकमा नगद जम्मा गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै निक्षेपकर्ता यस्तो झन्झटबाट मुक्त भएका हुन्।

यसबाट बैंकिङ सेवा तथा कारोबार थप सरल तथा सहज बन्ने विश्वास गरिएको छ। ग्राहकले सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंक, ३९ वटा विकास बैंक र २७ वटा वित्त कम्पनीका करिब ३ हजार २ सय ३० वटा शाखाबाट आफ्नो खाता भएका जुनसुकै बैंक तथा वित्तीय संस्थामा रकम राख्न पाउने छन्।

ग्राहकले यसरी रकम जम्मा गर्न पाए पनि झिक्न भने आफ्नै खाता भएको बैंकका शाखा तथा एटीएमको सहायताबाट मात्र पाउनेछन्। केन्द्रीय बैंकले आइतबार परिपत्र जारी गर्दै यो सुविधा कार्यान्वयनमा ल्याएको आजको अभियानमा खबर छ ।

Loading...

Related News

सिजीले ल्यायो १० वर्षको वारेण्टीसहित अत्याधुनिक वासिङ्ग मेशीन, माग बढ्दो

काठमाडौं, १७ बैसाख । सि.जी.ले आफ्नो ग्राहक महानुभावहरुको बढ्दो आधुनिकरण र व्यस्ततालाई ध्यानमा राखि विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको…

‘पीपीए गरेर काम नगर्नेको लाइसेन्स खारेज गर्छाै।’-उर्जामन्त्री

काठमाडौं–उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले ३ करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाइने बताएका छन्। रसुवामा निर्माणाधिन विभिन्न जलविद्युत आयोजनाको निरीक्षण…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी