सरकाको बजेट घाटा ७१ अरब, बजेट भन्दा खर्च २ खरबले कम

97 Hits

माघ ७, २०७४
काठमाडौं स् गत आर्थिक वर्ष ०७३९७४ मा सरकारले १० खर्ब ४९ अर्बको बजेट प्रस्तुत गरे पनि वास्तविक खर्च भने जम्मा ८ खर्ब ३१ अर्ब मात्रै भएको छ। सरकारले विनियोजन गरेभन्दा २ खर्ब १८ खर्ब रुपैयाँ कम खर्च हुँदा पनि सरकारले खर्चको स्रोत भने जुटाउन सकेन।

गत वर्ष सरकारको ४८ अर्ब रुपैयाँ बजेट घाटा भएको महालेखा नियन्त्रकको कार्यालयका उपमहालेखा नियन्त्रक यदुनाथ भट्टराईले बताए। ‘पुस मसान्तमा अघिल्लो वर्षको बजेटको यथार्थ स्थितिको हिसाब निस्किएको छ,’ भट्टराईले भने, ‘गत वर्षसमेत गरेर सरकारको बजेट घाटा रकम ७१ अर्ब रुपैयाँ पुगेको छ।’

गत आव ०७३९७४ मा ३ खर्ब १२ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा २ खर्ब ८ अर्ब मात्रै खर्च भएको छ। त्यस्तै, ६ खर्ब १७ अर्ब चालू खर्चको विनियोजनमध्ये ५ खर्ब २० खर्ब मात्रै खर्च भएको उपमहालेखानियन्त्रक भट्टराईले बताए।

दुई आर्थिक वर्षमा अत्यन्तै कम खर्च
आर्थिक वर्ष ०७२९७३ र ०७३९७४ मा विनियोजित रकमको तुलनामा खर्च अत्यन्तै कमजोर देखिएको छ। आव ०७२–७३ मा विनियोजित रकमको ७३ प्रतिशत रकम मात्रै खर्च भएको थियो। गत वर्ष ०७३९७४ मा भएको खर्चचाहिँ कुल बजेटको ७९ प्रतिशत हो। त्यसअघिका ०७१–७२, ०७०–७१, ०६९–७० मा क्रमशः ८६, ८४ र ८८ प्रतिशत बजेट खर्च भएको थियो।

अनावश्यक ठूलो बनाइन्छ बजेट
बजेटको सामान्य सिद्धान्तअनुसार अघिल्लो वर्षको बजेटको तुलनामा पछिल्लो वर्षको बजेट १८ प्रतिशतसम्म ठूलो हुन सक्छ। विकसित मुलुकमा भने ५ देखि १० प्रतिशतको बजेट वृद्धिलाई वाञ्छनीय मानिन्छ। तर, नेपालमा ७५ प्रतिशतसम्म बजेट वृद्धि गर्ने गरिएको देखिन्छ।

चालू आर्थिक वर्ष ०७४९७५ को बजेट गत वर्षको वास्तविक बजेट ९कुल खर्च०को तुलनामा ५४ प्रतिशतले ठूलो छ। गत वर्षको वास्तविक खर्च ८ खर्ब ३१ अर्ब भएकोमा त्यसभन्दा ४ खर्ब ४८ अर्ब रुपैयाँ बढाएर तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले बजेट ल्याएका थिए। त्यस्तै, आव ०७२–७३ मा ६ खर्ब १ अर्बको वास्तविक बजेट रहेकोमा ०७३–७४ मा १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएका थिए। सो आर्थिक वर्षमा भएको बजेटको वृद्धि करिब ७५ प्रतिशत थियो।

यसरी सरकारहरूले बजेटको आकार बढाउन तँछाड–मछाड गरेको देखिन्छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी