कांग्रेस कार्यालयमा कालो झण्डा प्रहरीसँग झडप

927 Hits

डोटी, ४ माघ ।
प्रदेश ७ को अस्थायी मुकाम कैलाली कायम गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कालो झण्डा राखेका छन् ।

कांग्रेस नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेको विरोधमा पार्टी कार्यालयमा कालो झण्डा राखेका हुन् । आक्रोशित कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय कब्जाको घोषणा गरेका छन् ।

सरकारले अस्थायी मुकाम धनगढी तोकेको बिरोधमा बुधवार राति नेपाली कांग्रेसका ३५ जना कार्यकर्ताले राजीनामा दिएका छन् । पार्टी जिल्ला उपसभापति लक्ष्मणबहादुर सिंह, सचिवहरु नारायण जोशी र वीरेन्द्र शाह, कोषाध्यक्ष भरत कठायत, सहसचिव तेजबहादुर लुहार, दिपायल नगरपालिकाका पार्टी नगर सभापति गणेश मलासीसहित ३५ जनाले संयुक्त विज्ञप्ति जारी गरी कांग्रेस परित्यागको घोषणा गरेका हुन् ।

कांग्रेस नेतृत्वको सरकारले डोटेली जनताको भावना विपरीत अस्थायी मुकाम तोकेर दुर्गमका जनतामाथि अन्याय गरेकोले आफूहरुले पार्टी परित्याग गरेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘राजधानी धनगढी सारिनुले डोटी र डोटीबासीको परिचयसंग सामिप्यता गाँसेका सम्पूर्णजनहरुको आज घोर अपमान भएको महसुस भएको छ । सरकारको निर्णयले प्रदेश नं। ७ का पहाडीवासी सबैैलाई अन्याय भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेसको साधारण सदस्य समेत त्याग्नु बाध्यात्मक कदम भएकाले हामी डोटीमा क्रियाशील अन्य राजनीतिक सहयात्रीहरुलाई डोटेली जनताको आन्दोलनमा सहयोग गर्न आग्रह गर्दै जनताको साथमा सडकमा रहने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।’

Loading...

Related News

गच्छदारलाई महासमितिपछि मात्रै जिम्मेवारी : प्रबक्ता शर्मा

काठमाडौं, २७ कात्तिक । उपसभापति विजयकुमार गच्छदारले महासमिति बैठकपछि मात्रै पार्टीमा जिम्मेवारी पाउने भएका छन् । नेपाली कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माका…

कांग्रेसमा देउवा विरुद्ध पुर्व संस्थापन पक्ष एक, सुजाता निवासमा भेला

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा विरुद्धको मोर्चाबन्दी शुरु भएको छ । १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी