बाँदरले सताएपछि यसो गर्दैछन् गाउँलेले

144 Hits

विमला अधिकारी, २ माघ

लमजुङको दोर्दी गाउँपालिका २ अर्चलबोटका स्थानियबासी बाँदरको आतंकबाट आजित बनेका छन् । बादरले बाली मात्र होइन घरमा राखेका खानेकुरा समेत नष्ट गर्दिएपछि उनीहरु आजित बनेका हुन् ।

बाँदरका हुलै गाउँमा पसेर खेत तथा पाखो बारीमा लगाएको अन्न बालीमात्रै नभएर घरमा राखेको खानेकुरा समेत घरभित्रै पसेर खानुका साथै बालबालिका तथा बृद्धबृद्धाहरुलाई आक्रमण गर्न थालेपछि स्थानीयहरु थप आंतकित बनेका छन् ।

दिनप्रतिदिन बाँदरको आंतक बढ्दै जान थालेपछि रोकथामका लागि पहल गर्न आफूहरु स्थानीय प्रशासनमा निवेदन दिने तयारीमा रहेको स्थानिय अगुवा रामप्रसाद पौडेलले बताउनुभयो ।

पौडेलले भन्नुभयो, ‘बाँदरले खेत तथा पाखावारीमा लगाएको सबै अन्नपात सखाप पार्नुका साथै, घरभित्र समेत पसेर पाकाएको खाना खाइदिने, बालबच्चा तथा बृद्धबृद्धालाई झम्टने गरेको छ । जसले गर्दा स्थानियहरु त्रसित भएका छन् ।

राजगारीको सिलसिलामा युवा विदेश भासिनु तथा सेवा सुविधिको खोजीमा सहर पसेसँगै बुढाबुढी, केटाकेटी रहेको अधिकांश गाउँमा बाँदरको हुल पसपछि धपाउने समेत मान्छे नभएको र आफूलाई नर्टेने अर्की स्थानिय इमकला अधिकारीले गुनासो पोख्नुभयो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी